शनिबार, वैशाख १५, २०८१

नुन अलिकति घटाउँदा हृदयघात र मृत्युको जोखिम कम

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ १५ गते १२:३५

नियमित खाने गरेको नुनलाई अलिकति कम गरेर सोडियमको मात्रा घटाइदिँदा पनि हृदयघात र मृत्युको जोखिमलाईनै कम गरिदिन्छ ।

समुद्री पानीको वाष्पीकरणद्वारा प्राप्त नुनमा सोडियम क्लोराइड ७७।७६ प्रतिशत, म्याग्नेशियम क्लोराइड १०।८८ प्रतिशत, म्याग्नेशियम सल्फेट ४।७४ प्रतिशत, क्याल्सियम सल्फेट ३।६० प्रतिशत, पोटेशियम क्लोराइड २।४६ प्रतिशत, म्याग्नेशियम ब्रोमाइड ०।२२ प्रतिशत हुन्छ ।

हामीले नियमित रुपमा खाने नुनमा भएको सोडियमको मात्रालाई अलिकति कम गरिदिने हो भने त्यसले मुटुको उच्च धड्कनलाई कम गरिदिन्छ । त्यसले गर्दा हृदय रोगहरु जस्तै हृदयघात कम हुन्छ । मृत्युको जोखिमलाईनै कम गरिदिने मेडस्केप रिपोर्टमा उल्लेख छ ।

वैज्ञानिकहरुले चीनमा ६० वर्ष माथिका लगभग १२ हजार मानिसहरुलाई पोटासियम क्लोराईडको मात्रा घटाएर दिए । तिनमा उच्च रक्तचाप थियो । वा हृदयघात भएको इतिहास थियो । तिनलाई ७० प्रतिशत नुनको सट्टा पोटासियम क्लोराईडले प्रतिस्थापन गरिदिए ।

पाँच वर्षपछि नुनको विकल्प उपयोग गर्नेहरुलाई हृदयघातको संभावना १४ प्रतिशत कम देखियो । प्रमुख हृदयघात समस्या देखिने संभावना १३ प्रतिशतले घट्यो । अन्य कुनै कारणले हुनसक्ने मृत्युको संभावनालाई १२ प्रतिशतले घटाइदियो । द न्यु ईगल्याण्ड चिकित्सा जर्नलमा उक्त रिपोर्ट छापिएको छ ।

हामीले नियमित लिने नुनलाई न्युन सोडियमले प्रतिस्थापन गर्दा सस्तोपनि पर्छ । यसरि घटाउँदा मानिसको स्वास्थ्यमा कुनै पनि असर देखा नपरेकोपनि शोधकर्ताहरुले उल्लेख गरेका छन् । त्यसैले उनीहरुले नीति निर्माता र खाद्य उद्योगलाई यो बिकल्प अपनाउन सुझाव दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक