बिहीबार, वैशाख १३, २०८१

माओवादको खोलमा उदाउँदो साम्राज्यवाद ।

उमेश सापकोटा२०७८ भदौ १५ गते १५:३२

नेपाल एक सम्बेदनसिल भुराजनैतिक अवस्थितिको रुपमा छ । एकातिर बिश्वको दोस्रो ठूलो आर्थतन्त्र भएको र उदाउँदो शक्ति चिन छ । अर्कोतिर दोस्रो ठूलो जनसंख्या भएको भारत । त्यसैले यो क्षेत्र पश्चिमा शक्तिको लागि सन् १९९० भन्दा अगाडिको इजरायल र अफगानिस्तान जस्तो रणनैतिक केन्द्रको रुपमा छ । त्यसैले नेपालमा भएका भनिएका कथित परिवर्तनहरु पस्चिमा र हाम्रा छिमेकि बिचको शितयुद्दको रुपमा गुज्रिएको छ ।

अहिलेको हाम्रो अवस्था हेर्ने हो भने अफगानिस्ता भन्दा कुनै अर्थमा फरक छैन । सोभियत सत्ताको उदयपछि अमेरिका र सोभियत बिचको सितयुद्धमा त्यहाँका राजा जाहिर साहालाइ उनकै ज्वाइ प्रयोग गरेर बिस्थापित गरियो । त्यसपछि अफगानिस्तानलाइ अस्थिरताको खाडलमा हालियो । त्यसपछिको चरण त्यहाँ सोभियतले आफ्ना दलालहरु खडा गरेर सोभियतबाट निर्देशित आफ्नो सत्ता खडा गरे । सोभियत निर्देशित सत्ता बिस्थापन गर्नेका लागि अमेरिकिहरुले तालिवानन खडा गरे । र त्यहि तालेवानि इस्लामिक कट्टरता र अमेरिकि स्वार्थको टकरावबिच अमेरिकासँग द्वन्दमा पुग्यो । अहिले अफगानिस्तानको रुप हामी सबैले देखेकै छौं ।

नेपाल सन्दर्भ ! अहिले हाम्रो स्थिति हेर्ने हो भने ठिक अफगानिस्तानको अवस्था जस्तो छ कथित २०५२ सालको माओवादी युद्द र २०५८ जेष्ठ १९ मा राजा बिरेन्द्रको हत्याको योजना एकै पटक भएको देखिन्छ । त्यसैले तत्कालीन माओवादि युद्धलाइ चिनियाँहरुले खुलेरै साम्राज्यवादको मिसन भनेका थिए ।

अफगानिस्तानमा इस्लामको नारा बिक्री हुन्थ्यो । त्यसकारण त्यहाँ तालिवानको उदय गराइयो । नेपालमा कम्युनिटको नाम बिक्थ्यो । सर्बहारा बर्गको अधिनायकत्वको नारा बिक्थ्यो । त्यसकारण माओवादको नारा भित्र अमेरिकि साम्राज्यवाद हतियार बोकेर आयो । सत्तामा बसेकालाइ माओवादि दबाउने नाउँमा हतियार बिक्री गर्ने अवशर मिल्यो । दुबैको असलि नाभि बिदेसिसँग नै जोडिएको थियो । जसका प्रमाणहरु आज दिन यत्रतत्र असरल्ल छरिएका छन् ।

अफगानिस्तानमा तालिवानहरुले १,८०० वर्ष पुरानो बुद्दको मुर्ति तोडे । नेपालमा माओवादी नामधारिहरुले ४५० वर्ष पुरानो महेन्द्र संस्कृत बिध्यालयको संस्कृत ग्रन्थहरु जलाए । भारतको मुख्य शहरहरुमा भारतीय सुरक्षामा तारे होटलमा बसेका प्रचण्ड बाबुराम वर्गयुद्दको नाममा एक गरिब नेपालीले अर्को गरिब नेपालीलाइ मार्न लगाए । संस्कृत शिक्षक मुक्तिनाथ अधिकारी र पण्डित नारायण पोख्रेल प्रतिनिधि पात्र मात्र हुन् । यद्दपी माओवादि बिद्रोहमा लागेका तल्लो वर्गका मानिसहरु परिवर्तनका लागि भनेर लागे र तिनैलाइ अन्ततः खाडिमा भेडा चराउन पठाइयो । ओसामा बिन लादेनको नेतृत्वमा तालिवानको पछि लाग्नेपनि इस्लामको रक्षाकै लागि भनेर लागेका थिए । प्रश्न नेतृत्वको हो ।

अफगानिस्तानमा इस्लामको नारा बिक्री हुन्थ्यो । त्यसकारण त्यहाँ तालिवानको उदय गराइयो । नेपालमा कम्युनिटको नाम बिक्थ्यो । नेपालमा सर्बहारा बर्गको अधिनायकत्वको नारा बिक्थ्यो । त्यसकारण माओबादको नारा भित्र अमेरिकि साम्राज्यवाद हतियार बोकेर आयो ।

जातिय मुद्दालाइ वर्गसंघर्षसँग जोडेर लैजानुपर्छ भन्ने कम्युनिष्ट मान्यतालाइ टेकेर नेपालमा कथित माओवादका मसियाहरुले वर्गिय मुद्दा पुर्णतया त्याग गरे । र जातिय र पृथकतावादी आन्दोलन सुरु गर्न थाले । त्यो सरासर साम्राज्यवादी मिसन थियो । त्यसकैरुपमा जातिय राज्यका अवधारणा, एक मधेश एक प्रदेश, नागरिकता बिधयेक ल्याई बिदेशीलाइ नागरिकता चोक चोकमा चिया भन्दा सस्तो दाममा बेचियो । यसरि पृथकतावादी आन्दोलनको जग मधेश बनाउने कोसिस गरियो ।

माओवादीहरुले बिगतमा पनि बिदेशमा हुँदै आएको यस्तै पृथकतावादी आन्दोलनलाइ राष्टिय मुक्ति आन्दोलन भन्दै कुप्रचार गर्दै हिंडे जसको एउटा राम्रो नमुना श्रीलङ्काको लिट्टे थियो । त्यसको नेतृत्व प्रभाकरणले गरेका थिए । त्यस्तै अर्को नेपाल एकिकरण गर्नेका प्रतिकहरु ध्वस्त बनाउने मिसनमा राजा नेपालको सबैभन्दा ठुलो शत्रु भनेर हल्ला पिटाए । जबकि नेपालको राजतन्त्रको इतिहास हेर्ने हो भने यो साम्राज्यवादको खिलाप एक सशक्त शक्तिकेन्द्र थियो । त्यसैले यसलाइ समाप्त गर्ने साम्राज्यवादी शक्तिले पुरै जोडबलले माओवादीहरु परिचालित गरेकै हुन ।

गणतन्त्र त सिक्किममा पनि थियो । कास्मिरमा पनि थियो । र अफगानिस्तानमा पनि थियो । त्यसैले गणतन्त्र र राजतन्त्रको प्रश्न होइन, शासन ब्यवस्था जुनसुकै हुनसक्छ । प्रश्न राष्टिय स्वाधिनताको एजेन्डा सहितको शासन ब्यवस्थाको हो । धर्मनिरपेक्षता नेपालको मौलिक मुल्य मान्यता समाप्त पारी इसाइकरणको मिसनमा आएको देखिन्छ ।

यहाँ धर्म अफिम भनेर पश्चिमाले चलाएको एनजिओ, आइएनजिओको कुत खाएर कथित कम्युनिष्ट हुँ भन्ने पादरिका जगेडा शक्तिको समाजवाद अझ बैज्ञानिक समाजवादको गफ कासि जानु कुत्तीको बाटो जस्तै हो ।

मार्क्सको ‘धर्म अफिम हो’ भन्ने शब्द सापटि लिएर नेपालका कम्युनिष्ट भनिनेहरुले गरेको अर्को भ्रमको प्रचार कस्तो छ भने देशमा भएका सम्पुर्ण कुसंस्कार कुसंस्कृति, अन्याय अत्याचारलाइ धर्मको नाममा लगेर जोड्ने । धर्मलाइ अफिम भन्ने र चर्चको पैसा खाने । यो नेपालका कम्युनिष्टहरुको असली चरित्र हो । यि पादरी र इसाइका दलालहरुले अहिले चिनियाँ कम्युनिष्ट पार्टीले लिएको निति हेरुन् । देङको उदयपछि मात्र हैन २०११ मैं हु जिन्ताव राष्ट प्रमुख भएपछि पनि चिनियाँ जनकङ्रेसले के निर्णय गरेको छ भने पश्चिमा धर्म संस्कृतिलाइ नियन्त्रण गर्दै आफ्नो धर्म संस्कृतिलाइ अगाडि बढाउन चिनमा ५ कक्षासम्म त्यहाँको इस्थानिय धर्म संस्कृतिको अध्ययन गराउने निर्णय गरेको छ ।

चिनियाँ राष्टपति सि जिङ पिङले नेपाल भ्रमणको क्रममा ‘चीनको इस्थानिय धर्म बौद्द हो’ भन्नुको रहस्य यहाँका दलालहरुले कतिको बुझे बुझेनन् । यहाँ धर्म अफिम भनेर पश्चिमाले चलाएको एनजिओ, आइएनजिओको कुत खाएर कथित कम्युनिष्ट हुँ भन्ने पादरिका जगेडा शक्तिको समाजवाद अझ बैज्ञानिक समाजवादको गफ कासि जानु कुत्तीको बाटो जस्तै हो ।

वास्तवमा यिनिहरु मार्क्सवादको आवरणमा मार्क्स्वादको घाँटी निमोठ्न खोज्ने रातो झन्डामा लुकेका बिषालु सर्प हुन । दलालहरु हुन् । त्यसैकारण यि दलालहरु जनतामाझ अति बदनाम भएका हुन् । अहिलेसम्म अमेरिकि साम्राज्यवादले यिनिहरुलाइ टिकाइराखेको छ । साम्राज्यवाद संकटमा परेको भोलिपल्ट यिनिहरुको अन्त्य निश्चित छ ।

लेखकको अघिल्लो लेखपनि हेर्ने कि ?

कोरोना पछि चीनमा अध्ययनरत के छ विध्यार्थीको अवस्था ?

(उमेश चीनको युनान विश्वविध्यालयमा इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका विध्यार्थी हुन्)

तपाइँको प्रतिक्रिया