शुक्रबार, वैशाख ७, २०८१

युरोपका ७० प्रतिशत वयस्कले लगाए कोरोनाको पूर्ण खोप

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ १५ गते १९:०४

credit-yahoonews.uk

युरोपका ७० प्रतिशत वयस्कहरुलाई कोरोना भाईरस बिरुद्दको पूर्ण खोप (दुबै मात्रा) दिईसकिएको युरोपेली आयोगले जनाएको छ ।

युरोपेली आयोगकि अध्यक्ष उर्सुला भोन देर लेयेनले आजै मंगलवार १८ वर्ष माथिका ७० प्रतिशत युरोपेली वयस्क नागरिकलाई खोपको दुबै मात्रा लगाउने काम पुरा गरिएको सार्वजनिक गरेकि हुन् ।

उर्सुला भोन देर लेयनले आफ्नो ट्विटरमा भनेकि छन् “ईयू गर्मीयाम अन्त्य भन्दा पहिले १८ वर्ष भन्दा माथिका ७० प्रतिशत नागरिकलाई खोप लगाउन चाहन्थ्यो । तर हामी अझै अगाडी बढ्नु पर्छ ! धेरै युरोपेलीहरुलाई खोप लगाउनु पर्छ ।”

उनले इयु साझेदारहरुसँग मिलेर बाँकी संसारमा खोपलाई समर्थन गर्नुपर्ने र ईयूले विशेषगरी कोभ्याक्स संयन्त्रमा भाग लिनुपर्ने बताएकि छन् । कोभ्याक्स संयन्त्र संयुक्त राष्ट्र संघद्वारा संचालित कोरोना खोप बितरण कार्यक्रम हो । यसको उद्देश्य गरीब देशहरुलाई खोप निशुल्क वा अनुदानमा प्रदान गर्नु हो ।

युरोपेली औषधि एजेन्सी (ईएमए) द्वारा ईयूमा चार भ्याक्सिन अधिकृत गरिएको छ । तिनमा फाइजर बायोटेक, मोडेर्ना, एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक