बिहीबार, वैशाख १३, २०८१

मतगणनाले आइसल्याण्डलाई युरोपको पहिलो महिला बहुमत संसदबाट वञ्चित

नेपालप्लस संवाददाता२०७८ असोज ११ गते ११:३२

फोटो- एएफपी

आइसल्याण्डले महिला बहुमतको संसद चुनेको जस्तो देखिएको थियो । तर आइतबार भएको मतगणनाले त्यहाँ अझै पनि महिलाहरु भन्दा पुरुषको संख्या बढी देखाएको राज्य द्वारा सन्चालित आरयूभीले रिपोर्ट गरेको छ ।

शनिबारको चुनावमा ६३ सिटको संसदमा ३० महिलाहरु निर्वाचित भएका थिए जुन अघिल्लो मतदानको तुलनामा २४ बढि थियो। आइतबार ढिलो गरी मतगणना हुनुभन्दा पहिलेको नतिजाले ३३ जना महिला निर्वाचित भएको देखाएको थियो ।

राष्ट्रिय निर्वाचन आयोगले आफ्नो वेबसाइटमा नतिजा प्रकाशित नगरेकाले तुरुन्त टिप्पणी लिन नसकिएको रोयटर्सले जनाएको छ ।

अन्तर संसदीय संघको तथ्यांक अनुसार रुवाण्डा, क्युबा र निकारागुआमा मात्र संसदमा महिलाहरुको संख्या पुरुषहरुको भन्दा बढी छ । मेक्सिको र संयुक्त अरब इमिरेट्स दुबै देशमा महिला र पुरुष दुबैको ५० प्रतिशत प्रतिनिधित्व छ ।

युरोपमा स्वीडेनमा महिलाको ४७ प्रतिशत र फिनल्याण्डको संसदमा ४६ प्रतिशत महिला प्रतिनिधित्व छ ।

तिन लाख ७१ हजार जनसंख्या भएको उत्तरी एटलान्टिक टापु आइसल्याण्ड मार्चमा जारी विश्व आर्थिक मञ्च (डब्लूईएफ) को प्रतिवेदनमा १२ औं वर्षसम्म संसारको सबैभन्दा बढी लैंगिक समानता भएको देशमा परेको थियो ।

यसैसित संवन्धित यस अघिको रिपोर्ट हेर्नुस्

आइसल्याण्डले रच्यो ईतिहास, संसदमा महिला बहुमत निर्वाचित

तपाइँको प्रतिक्रिया

फेसबुक