बिहीबार, चैत १५, २०८०

एन्जेला मार्केलको पार्टीलाई ठूलो धक्का : संसदिय परिणाम

नेपालप्लस संवाददाता२०७८ असोज १२ गते ०:५८

ओलाफ स्कोल्जको नेतृत्वमा रहेको केन्द्रीय वामपन्थी तथा सामाजिक डेमोक्रेट्स पार्टी (एस पिडी) ले आइतबार भएको मतदानमा चान्सलर एन्जेला मर्केलको रूढिवादी पार्टी (सिडियु) लाई पराजित गरेको छ । एन्जेला मार्केलको पार्टीलाई पछि पार्दै उनको उत्तराधिकारीलाई निराश पारेको प्रारम्भिक नतिजाले देखाएको छ ।

युरोपेली युनियनलाई बलियो बनाउन र जर्मनीको अर्थतन्त्रलाईनै उकास्न सक्षम मार्केलको पार्टी पछि पर्नुलाइ सहज मानिएको छैन । बरु युरोपमा पछिल्ला केहि दशकमा भएको निर्वाचन परिणामको ईतिहास हेर्दा अप्रत्याशित मानिएको छ ।

नतिजाले सिडियुको लागी ऐतिहासिकरुपमा सोचेभन्दा कम सफलता हात परेको हो । युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको जर्मनीमा भएको निर्वाचनलाई हालैका दशकहरुकै सबैभन्दा अप्रत्याशित चुनाव मध्ये एक मानिएको छ ।

निर्वाचनमा केहि ठाउँमा ग्रिन पार्टीले जितेका छन् । निर्वाचनको पुरा बिवरण आउन बाँकि छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक