शनिबार, वैशाख ८, २०८१

उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

नेपालप्लस संवाददाता२०७८ असोज १२ गते ११:४०

 

Photo credit-orissapost.com

उत्तर कोरियाले मंगलबार विहान समुद्रमा छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । सियोल र टोकियोका अधिकारीहरुले उत्तर कोरियाले गरेको पछिल्लो हतियार परीक्षणले दक्षिण कोरियासँग वार्ताका लागि हालै दिएको प्रस्तावमाथि इमान्दारिताको प्रश्न उठेको बताएका छन् ।

नेता किम जोङकी बहिनी किम यो जोङले अन्तर कोरियाली शिखर सम्मेलनको संभावनालाई खतरामा पारेको केही दिनपछि मिश्रित सन्देशको एक श्रृंखलाका रुपमा प्रक्षेपण गरिएको बताएकि छिन् ।

तर उनले निष्पक्षता र आपसी सम्मान आवश्यक भएको बताउँदै दक्षिण कोरियालाई बेइमानी टिप्पणी गर्ने क्रम बन्द गर्न आह्वान गरेको फ्रान्सेली मेडियाहरुमा उल्लेख छ ।

उनले उत्तर कोरियाको सैन्य घटनाक्रमलाई दक्षिण कोरिया र अमेरिकाद्वारा गरिएको आलोचना दोहोरो मापदण्ड भन्दै निन्दा गरेकि छन् । दक्षिण कोरियाका सहयोगीहरुले आफ्नो क्षमता बढाएको उनको भनाई छ ।

हालैका दिनहरुमा, दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इनले संयुक्त राष्ट्र संघको महासभामा कोरियाली युद्धको अन्त्यको औपचारिक घोषणाकालागि उनले लामो समयदेखि आव्हान गरेको भन्दै पुन दोहोर्‍याएका थिए ।

उत्तर कोरियाले सन् १९५० मा दक्षिण कोरियामाथि आक्रमण गरेको थियो । त्यसको तिन वर्षपछि युद्धविराम घोषणा गरिएको थियो । त्यसले उनीहरुबिच प्राविधिक रूपमा अझै युद्द हुनसक्ने संभावना छोडेको थियो ।

उत्तर कोरियाले आफ्नो प्रतिबन्धित परमाणु हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रम चलाएबापत धेरै अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको सामना गरिरहेको छ ।

अमेरिकाले यो प्रक्षेपणको निन्दा गरेको छ । तर यसबाट तत्काल कुनै खतरा नरहेको स्पष्ठ पारेको छ ।

अमेरिकी विदेश विभागले उत्तर कोरियाको मिसाइल परीक्षणको निन्दागर्दै त्यसले छिमेकी र अन्तर्राष्ट्रिय समुदायको लागी खतरा भएको उल्लेख गरेको छ । उत्तर कोरियालाई अमेरिकाले परमाणु निशस्त्रीकरण वार्तामा फर्कन आग्रह गरेको छ ।

उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाले आफ्नो देशसित शत्रुता साँधेको आरोप लगाएको छ । बिडेन प्रशासनलाई दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास स्थायी रूपमा समाप्त गर्न आव्हान गरेको छ । दक्षिण कोरियाले हतियार परीक्षणको क्रम जारि राखेको र त्यसको उद्देश्य वाशिंगटन र सियोललाई ढिलो आणविक कूटनीतिमा दबाब दिनको लागी राखिएको बताएको छ ।

संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूतले हतियारको परीक्षण गर्ने आफ्नो अधिकार रहेकोमा जोड दिएका छन् ।

“उत्तर कोरियाको आत्मरक्षाको अधिकारलाई कसैले इन्कार गर्न सक्दैन” किम सोङ्गले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई भने “हामी भर्खरै हाम्रो राष्ट्रिय रक्षा निर्माण गरीरहेका छौं ताकि आफ्नो रक्षा गर्न, भरपर्दो ढंगले देशको सुरक्षा र देशको शान्तिको रक्षा गर्न सकौं।”

तपाइँको प्रतिक्रिया

फेसबुक