शनिबार, वैशाख ८, २०८१

बेलायतका आधा पेट्रोल पम्प सुख्खा, इन्धन संकट कम गर्न सेना परिचालन

नेपालप्लस संवाददाता / बेलायत२०७८ असोज १२ गते १६:१८

फोटो-जोइन्ट फोर्सेस डट कम

बेलायतमा इन्धन संकट गहिरिँदै गएपछि इन्धन आपूर्तिमा मद्दत गर्न सेना परिचालन गरिएको छ । ट्यांकर चालकको अभावले गर्दा देशका धेरै पेट्रोल स्टेसनहरु सुख्खा भई इन्धन नपाएर जनजिवनमा ब्यापक असर पर्ने देखिएपछि सरकारले सेना परिचालन गरेको हो ।

“सीमित संख्यामा सैन्य ट्यांकर चालकहरुलाई तयारी अवस्थामा राखिनेछ र आवश्यक परेको खण्डमा इन्धन आपूर्ति श्रृंखलालाई थप सामान्य बनाउनको लागि तैनाथ गरिनेछ” व्यापार, उर्जा तथा औद्योगिक रणनीति विभागले सोमवार ढिलो गरी जारी गरेको विज्ञप्तिमा भनेको छ ।

ईन्धन नपाएर हताश भएका मोटर चालकहरु बेलायतभर पेट्रोल पम्पहरुमा लामबद्ध छन् । सरकारलाई आपतकालिन शक्तिहरुको उपयोग गरी स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सेवाका कामदारहरुलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

सरकारले इन्धन वितरण गर्न ट्यांकर चालकको अभाव र ईन्धनको अभूतपूर्व माग संकटको कारण रहेको बताएको छ ।

यस्तो प्रतिक्रिया देखाएर सरकारले आफ्नो कमजोरी, असफलतालाई ढाकछोप गर्न खोजेको भन्दै नागरिकहरु आक्रोशित बन्न लागेका छन् ।

यदि आगामी दिनहरुमा संकट कम नभएमा तेल ढुवानी गर्नु अघि सैन्य चालकहरुलाई विशेष प्रशिक्षण प्राप्त दिने तयारि सरकारले गर्न लागेको छ ।

इन्धनको माग आगामी केहि दिनमा सामान्य अवस्थामा फर्किने र सरकारले सावधानीको कदम उठाउने बाणिज्य सचिव क्वासी क्वार्तेङले उल्लेख गरेका छन् ।

उनले आवस्यक परेमा अस्थायी रुपमै भएपनि ईन्धनको माग तत्काल पूर्ती गर्न थप सैनिकहरुलाई छोटो तालिम दिएर इन्धन आपूर्तिकालागि परिचालन गर्न सकिने बताएका छन् । उनले सैनिकहरुलाई स्थानिय स्तरमै परिचालन गरेर तत्कालदेखिएको संकट साम्य पार्न सकिने उल्लेख गरेका छन् ।

सरकारले ब्रेक्जिटपछिको अध्यागमन नीतिमा कडा यू-टर्न गरिसकेको छ । विदेशी ट्रक र लहरी चालकहरुलाई छोटो अवधिको भिसा तत्कालै दिने प्रस्ताव गरिरहेको छ।

शेल, बीपी र एसो सहितका ईन्धन आपूर्तिकर्ताहरुले यूके प्रशोधन केन्द्रहरुमा ईन्धन प्रशस्त भएको र आगामी केहि दिनहरुमा सामान्य स्तरमा फर्कने बताएका छन् । उनीहरुले सामान्य अवस्थामा फर्किन अपेक्षित माग मात्रै गर्नुपर्ने र अनावस्यक दबाव कम गर्न सुझाव दिएका छन् ।

“हामी सबैलाई ईन्धन सामान्य अवस्थामा जसरि जति चाहिने हो उत्तिमात्रै किन्न आग्रह गर्छौं” ईन्धन आपूर्तिकर्ताहरुले संयुक्त बिज्ञप्तीमा भनेका छन् ।

तर ईन्धन स्टेशनहरु बाहिर सोमवारपनि लामो न लामो लाईन देखिएको छ । रातभरि पनि तेल कुरेर बस्नेहरु थिए । तेल नपाएर निराश चालकहरु लाईनमा थिए । ईन्धनको अभावले अर्थतन्त्रमा प्रभाव पार्ने चिन्तापनि बढेको छ ।

“मानिसहरु हताश छन् । यदि मैले अहिले पेट्रोल पाइनँ भने मैले काम गर्न पाउन्न” चालक डेभिड हार्टले एएफपीलाई भने । तेल पाउने आशामा उनी लण्डनको एक पेट्रोल पम्पमा लामबद्ध थिए ।

ब्रिटेनको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको युनियन युनिसनले डाक्टर, नर्स, शिक्षक र प्रहरी निकायसहित मुख्य र अत्यावस्यक कामदारहरुलाई लाईनमा पर्खन लगाउनु भन्दा प्राथमिकतामा राखेर ईन्धनको पहुँच दिनुपर्ने बताएको छ ।

चिकित्सा निकायहरुले पहिलेनै ईन्धनको अभावले केहि स्वास्थ्यकर्मीहरु उचित समयमा कार्यस्थलमा पुग्न नपाएको बताइसकेको छ । त्यसले गर्दा स्वास्थ्य क्षेत्रमा प्रभाव परिरहेको छ । त्यस्तै, शिक्षकहरु ठिक समयमा स्कूल, क्याम्पस पुग्न नपाएमा अनलाईन कक्षा चलाउनुपर्ने चेतावनी स्कूलहरुले दिईसकेका छन् ।

पेट्रोल रिटेलर्स एसोसिएसनले बेलायतका लगभग आठ हजार पेट्रोल पम्पहरु मध्ये आधामा आइतबारनै पेट्रोल सकिएको भन्दै यस समस्या निम्तिनुमा आतंक र अनावस्यक मात्रामा किन्न खोज्नुलाई आरोप लगाएको छ ।

यसैसित संवन्धित तलका न्युज, आलेखपनि हेर्नुस

ब्रेक्जिटको असर तिब्र देखिँदै : पेट्रोलकालागि बेलायतमा घण्टौं लाईन

बेलायतमा कामदारको अभावले ईन्धन र खाध्य वस्तुको संकट : १०,५०० अस्थायि भिसा जारि गरिने

तपाइँको प्रतिक्रिया

फेसबुक