शनिबार, वैशाख ८, २०८१

मार्केलको पार्टीलाई पत्याएनन् जनताले, जर्मनीमा मिलिजुली सरकारको कसरत

नेपालप्लस संवाददाता / जर्मनी२०७८ असोज १३ गते १६:०३

आइतबारको आम चुनावमा चान्सलर एन्जेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) लाई पराजित गरेपछि जर्मनीको सामाजिक डेमोक्र्याट (एसपीडी) का सदस्यहरुले मिलिजुली सरकार बनाउन वार्ता शुरु गरेका छन् । गठबन्धन सरकार बनाउने बारे उनीहरु यस साता ग्रिन र लिबरल फ्री डेमोक्र्याट (एफडीपी) सँग वार्ता शुरू गर्न लागेका हुन् । सत्ता गठबन्धनकालागि दुई साना दलहरुले पहिलेनै एक अर्कासँग वार्ता शुरु गरिसकेका थिए । दुबै पक्षले आफ्ना शर्त स्थापित गराउन कडा वार्ता गरिरहेका छन् ।

चान्सलर बन्नका लागि जर्मनीका दुई ठूला पार्टीहरु एसपिडी र सिडियुबाटबाट एक एक जना उम्मेदवार थिए । एसपिडीबाट ओलाफ स्कोल्ज र सिडियुबाट अर्मिन लासेट । अब जर्मनीको राजनितिक आकर्षणमा ति दुबै केन्द्रमा नरहेको जर्मन मेडियाहरुको भनाई छ ।

त्यो राजनितिक परिद्रिष्य बदलिएर अब केन्द्रमा एफडिपी पार्टीका नेता क्रिस्चियन लिन्डनेर एकातिर छन् भने अर्कोतिर ग्रिन पार्टीका नेता आन्नालेना बायरबोक र रोबर्ट हाबेक छन् । यि तिनै जनालाई सिडियु र एसपिडीले मात्रै सरकार बनाउन सक्दैनन् भन्ने स्पष्ठ छ । ठूला दुई पार्टीलाई यि साना पार्टीको समर्थन आवस्यक छ ।

सीडीयू वा एसपीडीसँग कुनै वार्ता गर्नुभन्दा पहिले यि साना दुई पार्टीले सोमबार वार्ता गरिसकेका छन् । “यो जर्मन इतिहासमा पहिलो र देशको राजनीतिक परम्पराहरुसँग एक ठूलो ब्रेक लागेको संकेत हो” मुन्स्टर विश्वविद्यालयमा राजनीतिक विज्ञानका एक प्राध्यापक क्लाउस शुबर्टले बताएका छन् ।

“पहिले, निर्वाचन हुँदा सधैं माथिल्लो तहमा आउने गरेको एसपिडी पार्टी मतदानपछि सधैं गठबन्धन सरकार बनाउने वार्ताको एजेन्डा तय गर्दछ । र जर्मनहरु सामान्यतया यस प्रकारको राजनीतिक परम्परामा धेरै उत्सुक छन्” उनको थप भनाई छ ।

ग्रिन पार्टी र एफडिपी पार्टीले एक अर्कामा पहिले वार्ता गर्नु भनेको निकै चतुर चाल हो । किनभने यि दुई पार्टीले एकअर्काबिच राम्रो सम्बन्ध स्थापित गर्न सके भने उनीहरुले एसपिडी र सिडियुसित कडा शर्तसहित वार्तालाप गर्न सक्छन् । आफ्ना एजेण्डाहरु, नितिहरु स्थापित गराउन बढि मोलमोलाई गर्न सक्छन् ।

कसको कति सिट

तपाइँको प्रतिक्रिया

फेसबुक