बिहीबार, वैशाख १३, २०८१

फ्रान्सेली मछुवारको लाईसेन्स अस्विकार गरेपछि फ्रान्स र बेलायतबिच फेरि तनाब

नेपालप्लस संवाददाता / बेलायत र फ्रान्स२०७८ असोज १३ गते २३:२३

फ्रान्स-बेलायतबिचको एटलान्टिक महासागरमा माछा मार्ने लाईसेन्स भएका फ्रान्सेली मछुवारहरुलाई समेत माछा मार्न नदिएपछि दुई देशबिच फेरि तनाब उत्पन्न भएको छ ।

फ्रान्सले फ्रान्सेली डुंगा माछा मार्ने लाइसेन्स अस्वीकार गर्ने बेलायतको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेको छ ।

फ्रान्सले आजै बुधवार ब्रेक्जिट सम्झौता पछि भएको माछा मार्ने अधिकारमा बेलायतले राजनीति खेलेको आरोप लगाएको छ । बेलायतको च्यानल आइल्याण्डमा माछा मार्न गएका दर्जनौं फ्रेन्च मछुवाहरुको डुंगाको लाइसेन्स आफ्नो क्षेत्रीय पानीमा सञ्चालन गर्न अस्वीकार गरेपछि अहिले फ्रान्स र बेलायतबिच फेरि तनाब उत्पन्न भएको हो ।

बेलायतले अस्वीकार गरिएका डुंगाहरुकोलागि थप छलफलको लागि खुला रहेको बताएको छ । उनीहरुले परम्परागतरुपमा उक्त च्यानलमा माछा मार्दै आएको अर्थात् पूर्खौली पेशा रहेको प्रमाण पेश नगरेकाले रोकिएको भनाई बेलायतको छ । ६ देखि १२ समुद्री माईल (नौटिकल माईल) मा माछा मार्न पाउने प्रमाण आवश्यक भएको र त्यो नदेखाएको भनाई बेलायती पक्षको छ ।

फ्रान्सका समुद्री मन्त्री एनीक जेरार्डिनले बेलायतले ब्रेक्जिट सम्झौताको पालना नगरेको बताउँदै एक बक्तब्य मार्फत् भनेकि छन् “बेलायतले एकसाथ गरेका सबै बेक्जिट सम्झौता अनुरुपका शर्तहरु लागू गर्न अस्वीकार गरेको छ” ।

“फ्रान्सेली माछा मार्ने मछुवारहरु बेलायतीहरुद्वारा रचित राजनीतिक स्वार्थको बन्धक हुनु हुँदैन” उनले उल्लेख गरेकि छन् ।

फ्रान्सेली मछुवारहरुलाई माछा मार्न बाट रोक्नु पूर्ण रूपमा अस्वीकार्य निर्णय भएको भन्दै फ्रान्स सरकारका प्रवक्ता गेब्रियल एटलले त्यसको निन्दा गरेका छन् । उनले भने “ब्रेक्जिटको ढाँचामा हस्ताक्षर भएको सम्झौताको उल्लंघन हो यो”।

फ्रान्स र बेलायतबिच पानी र माछामा झगडा : के हो वास्तबिक लडाइँ ? यो जान्न यहाँ क्लिक गर्नुस्

राष्ट्रपति एमानुएल माख्रोंको सरकारले प्रतिशोधात्मक उपाय अपनाउने धम्की दिएको छ ।

उत्तरी फ्रान्सेली बन्दरगाह बोलोग्नेका सांसद जँ पियर पोंले मछुवाहरुले बेलायत जाने च्यानल टनेलमै रोकावट गरेर बेलायती ट्रकहरुलाई रोक्नसक्ने चेतावनी समेत दिएका छन् ।

माछा मार्ने र बेलायती पानीको नियन्त्रण बेलायतमा सन् २०१६ मा ईयु छोड्ने वा रहने भन्ने जनमतका बेला तातो विषय बनेको थियो ।

बेलायती मछुवाहरुले सरकारलाई अरु देशका डुंगाहरुलाई माछा मार्न दिएर उनीहरुलाई खरिद गरेको, आफ्नो अधिकार सुम्पेको आरोप लगाउने गरेका छन् ।

बेलायतले १२ देखि २०० नौटिकल माइल क्षेत्रमा माछा मार्न लगभग १,७०० डुंगाहरुलाई लाइसेन्स दिएको उल्लेख गरेको छ । १०५ वा लाइसेन्स ६ देखि १२ नौटिकल माइल क्षेत्रमा माछा मार्ने डुंगालाई अनुमति दिएको छ । त्यसकोलागि मछुवारहरुले पुरानो प्रमाण देखाउनुपर्छ ।

बेलायत र फ्रान्स दुबैले यस वर्षको शुरूमा जर्सीको पानीमा समुद्री गस्ती जहाजहरु तैनाथ गरेका थिए । पछि फ्रान्सेली मछुवारहरुले च्यानल टापुमै बिरोध प्रदर्शन गरेका थिए । उनीहरुले माछा पाइने क्षेत्रमा जान नदिएको भनेर आरोप लगाउँदै बिरोधमा उत्रिएका थिए ।

पन्टले भने “हाम्रा मछुवाहरु ब्रेक्जिटको समयमा सहमति भएका शर्त अनुसार समुद्री माछा मार्न चाहन्छन्।”

बेलायतले जर्सी च्यानलको पानीमा यस वर्षको शुरुमा लाइसेन्स प्राप्त ६४ पानी जहाजहरुलाई पूर्ण अनुमति र ३१ लाई अस्थायी अनुमति दिएको बताएको छ । यस अघि यस वर्षको शुरुमा ७४ वटालाई लाईसेन्स दिईसकेको दाबिपनि गरेको छ । तर ७५ वटा डुंगालाई भने आबेदन अस्विकार गरेको थियो ।

आबेदन अस्विकार गरिएका डुंगाका मचुवारहरुले अबको ३० दिनभित्र जर्सीको पानीमा माछा मार्न बन्द गर्नुपर्ने छ ।

यो जर्सी क्षेत्र उत्तरी फ्रान्सेली तटबाट १४ माईल (२३ किमी) र बेलायतको किनारबाट ८५ माईल (१४० किमी) दक्षिणमा पर्छ ।

“जर्सीको पानीमा माछा मारेर जिवनयापन गर्ने र माछामै आर्थिक निर्भरता भएका डुंगाहरुलाई लाईसेन्स उपलब्ध गराउने भनाई बेलायती पक्षको छ । तर तिनले पहिलेदेखिनै नियमित माछा मार्ने गरिएको प्रमाणित गर्नुपर्ने भनाई जर्सी च्यानल टापूका वातावरण मन्त्री जोन योङले बताएका छन् ।

यसैसित संवन्धित अघिल्ला समाचार :

फ्रान्स-बेलायत मत्स्य विवाद : एक लाख वासिन्दाको बिजुली काटिदिने फ्रान्सको चेतावनी

बेलायत-फ्रान्स तनाव : माछा मार्ने विवादमा फ्रान्सद्वारा बेलायतलाई चेतावनी

फ्रान्स र बेलायतबिच पानी र माछामा झगडा : के हो वास्तबिक लडाइँ ?

फ्रान्स-बेलायत सिमा समस्या : हजारौं ट्रक रोकिए, औषधी र खाद्य संकट पर्नसक्ने चेतावनी

तपाइँको प्रतिक्रिया