शुक्रबार, वैशाख १४, २०८१

फ्रान्सका पूर्व राष्ट्रपती सार्कोजीलाई भ्रस्टाचार मुद्दामा एक वर्षको जेल सजायँ

नेपालप्लस संवाददाता२०७८ असोज १४ गते १३:४६

फ्रान्सका पूर्व राष्ट्रपती निकोला सार्कोजीलाई अदालतले भ्रस्टाचारको मुद्दामा दोषी सावित गर्दै एक वर्षको जेल सजायँ सुनाएको छ ।

फ्रान्सको अदालतले सन् २०१२ को राष्ट्रपतीय निर्वाचनका बेला अनियमित तरिकाले रकम खर्च गरेको, राज्यशक्तिको दुरुपयोग गरेको र भ्रस्टाचार गरेको आरोपमा जेल सुनाएको हो । मुलत राष्ट्रपतीय निर्वाचनका बेला ‘वायरटेपिङ’ लाई आधार मानेर आजै विहिवार दोषी प्रमाणित गरेको हो । उनलाई अब सिधै जेल लगिने फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

उनलाई यो भ्रस्टाचार काण्डमा सामेल भएको भन्दै अडियो टेपिङ सहित सात महिना अघि फ्रान्सेली अदालतमा मुद्दा दायर गरिएको थियो ।

फ्रान्सेली अदालतको ११ औं बेच्चकि अध्यक्ष क्यारोलिन भिगुइरले पूर्व राष्ट्रपति र उनको पक्षमा देखा परेका १३ जना बिरुद्ध सजाय सुनाउनु अघि उनको फैसला सुनाएकि थिईन् । उनले चुनाव अभियानका क्रममा अवैध रकम खर्चमा संलग्नता रहेको भन्दै दोषी साबित गरेकि हुन् ।

फैसलाको अन्त्यमा निकोला सार्कोजीका वकिलले पूर्व राष्ट्रपतिले आफ्नो सजायको बिरुद्द अपील गर्ने बताएका छन् । “राष्ट्रपति सार्कोजी, जससँग मैले भर्खरै फोनमा कुरा गरें, मलाई अपील गर्न आग्रह गर्नुभएको छ, जुन म तुरुन्तै गर्छु” पेरिस अदालतको कोठाबाट बाहिर निस्कँदा उनका वकिल थियरी हर्जोगले घोषणा गरेका छन् ।

अदालतले निर्वाचनका क्रममा लगभग चार करोड २८ लाख बराबर खर्च गरेको उक्त रकम सरकारले तोकेको भन्दा दोब्बर बढी भएको फैसलाका क्रममा न्यायधिशले सुनाएका छन् । सार्कोजीका तर्फबाट निर्वाचनमा १३ जनाभन्दा बढीले आर्थिक पारदर्शिता नाघेको र अनियमितता गरेको आरोप छ ।

मार्च महिनामा निकोला सार्कोजी जेल सजायँ तोकिएका पाँचौं गणतन्त्रका पहिलो पूर्व राष्ट्रपति बनेका थिए । उनलाई तीन वर्ष जेल सुनाइएको थियो र त्यसमा उनले यो सजाय निलम्बन गर्न अपील गरेका थिए । अभियोजन पक्षले उनको विरुद्ध एक बर्ष जेल सजायँ गर्न अनुरोध गरेको थियो ।

तपाइँको प्रतिक्रिया