शुक्रबार, वैशाख ७, २०८१

युरोपकै सबैभन्दा अग्लो हिमाल मों ब्लँको उचाई घट्यो

नेपालप्लस संवाददाता२०७८ असोज १४ गते १८:५७

फ्रान्सेली विशेषज्ञहरुले युरोपकै सर्वाधिक अग्लो हिमाल मों ब्लँको उचाई एक मिटर घटेको बताएका छन् ।

भौगोलिक विशेषज्ञहरुका अनुसार मध्य सेप्टेम्बरमा गरिएको एक आरोहणका क्रममा मोंब्लँको उचाई ४,८०७.८१ मिटर मापन गरियो । यस अघि सन् २०१७ मा यो हिमालको उचाई ४,८०८.७२ मिटर थियो ।

भौगोलिक विशेषज्ञहरुले यसरि एक मिटर घट्नुको वास्तविक कारण पत्ता लगाउन मौसमविद, हिमनदी विशेषज्ञ र अन्य वैज्ञानिकहरुले संकलन गरेका सबै डाटा हेरेर यसका सबै सिद्धान्तहरुको ब्याख्या गर्नुपर्ने सँ जेर्भे ले बाँमा पत्रकार सम्मेलन आयोजना गर्दै भनेका छन् ।

हिमनदीहरु पग्लने क्रम विश्वभर जारि रहेको छ । मौसम परिवर्तनका कारण दुनियाँभर वातावरणमाथि खतराका संकेत बढ्दै जाँदा मों ब्लँको आधिकारिक उचाई एक दशक देखि घट्दै गएको भौगोलिकबिदहरुको भनाई छ । मो ब्लँको उचाई सन् २००७ मा ४८१०.९० मिटर थियो । योनै सबैभन्दा उच्च मापन गरिएको वर्ष हो ।

भौगोलिक विज्ञहरुका अनुसार यो हिमालले वार्षिक औशत १३ सेन्टीमिटरको दरले उचाइ गुमाउँदै गएको छ ।

नियमित मापनको उद्देश्य बरफका लप्का वा धाँजाहरुको एक मोडेल बनाउनु र विश्वशनिय तथ्यांक भण्डार बनाएर सबै क्षेत्रका विशेषज्ञलाई जानकारि उपलब्ध गराउनु हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक