बिहीबार, वैशाख ६, २०८१

नाजीकालको हत्या शिविरका सचिव भाग्न खोजेपछि पक्रेर जर्मनीको हिराशतमा

नेपालप्लस संवाददाता२०७८ असोज १४ गते २३:३०

नाजीहरुको शिविरका एक ९६ वर्षिया सचिवलाई १० हजार भन्दा बढी मानिसको हत्याको आरोपमा लागेको मुद्दा सामना नगरेर भाग्न खोजेपछि जर्मनीका प्रहरीले पक्रेर हिरासतमा राखेका छन् ।

नाजी कालमा हत्याको आरोप लागेकि उनी आफ्नो मुद्दा सामना नगरेर धेरै घण्टादेखि भाग्ने प्रयास गरेपछि हिरासतमा राखिएको एएफपीले जनाएको छ ।

इट्जोहो शहरको अदालतले अभियुक्त इरमगार्ड फर्चनरलाई हिरासतमा राखी १९ अक्टोबरमा मुद्दाको सुनुवाइ गराउन आदेश दिएको हो ।

केहि दशक नाजी युगमा अपराधको लागी मुद्दा चलाउने पहिलो महिला मध्ये एक फर्चनरलाई पोल्याण्डमा रहेको नाजीहरुको म्रित्यु शिविरमा उनको भूमिकाको लागी आरोप लगाइएको छ । त्यहाँ उनी एक किशोरी हुँदा शिविर कमाण्डको सचिव थिइन् ।

तर उनी बिहीवार आफ्नो फाईलको सुनुवाईको उद्घाटनमै उपस्थित भईनन् ।

फर्चनर बन्दरगाह शहरका रुपमा चिनिने हेम्बर्ग नजिकै आफ्नो सेवानिवृत्ति घर छोडी एक मेट्रो स्टेशनमा पुगेर ट्याक्सी लिँदै गरेको बेला सुरक्षा निकायले पक्रेको अदालतका प्रवक्ता फ्रेदेरिक मिलहोफरले एएफपीलाई बताएका छन् ।

उनी अदालयतमा उपस्थित नभएपछि उत्पन्न अराजकताका बीच न्यायाधीश डोमिनिक ग्रसले आगामी सुनुवाई १९ अक्टोबरसम्म स्थगित गरिएको उल्लेख गरेका छन् ।

नाजीकालको अपराध, यातना र खोजिबाट बचेकाहरुका तर्फबाट मुद्दा लड्ने वकिल क्रिस्टोफ रुक्केले फर्नरले करिब तीन हप्ता अघि अदालतलाई पत्र लेखी आफूहरुले मुद्दा बहिष्कार गर्ने योजना बनाएको बताएकि थिईन् । यस्तो मुद्दा आफूहरुका लागी अपमानजनक हुने उनले उल्लेख गरेकि थिईन्।

अन्तर्राष्ट्रिय लयर्स कमिटीका उपाध्यक्ष क्रिस्टोफ ह्युबनरले एएफपीलाई भने “भाग्ने प्रयासले बचेकाहरु र कानूनी शासनको अपमान गरेको देखायो ।”

“यसले न्याय प्रणालीमा सम्भावित कमजोरीहरुलाई पनि प्रकाश पारेको छ “उनले भने “महिला धेरै बूढी भएपनि के सावधानी अपनाउन सकिएन ? फरार हुनबाट रोकिन सकिन्न ? उनी कहाँ पो जान्थिन र ? कसले सहयोग गरेको थियो ?”

(एएफपी, डेली मेल र फ्रँस २४ न्युजको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक