बिहीबार, वैशाख १३, २०८१

अमेरिकालाई ईयुले सुरक्षित यात्रा सूचीबाट हटायो, फेरि प्रतिबन्ध लगाईने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ १६ गते ९:३०

कोरोना भाईरसका नयाँ स्वरुपहरु विकास भएसँगै युरोपेली परिषदले अमेरिकालाई सुरक्षित यात्रा सूचीबाट निकालेको छ र फेरि प्रतिबन्ध लगाउने सिफारिस गरेको छ ।

युरोपियन युनियन (ईयु) ले अमेरिकामा कोरोना भाईरसको संक्रमण बढिरहेको भन्दै अमेरिकाबाट आउने २७ देशका पर्यटकलाई फेरि प्रतिबन्ध लगाउन सिफारिस गरेको हो ।

युरोपेली काउन्सिलले अमेरिकालाई अनावश्यक यात्राको लागी देशहरुको सुरक्षित सूचीबाट हटाउने निर्णय जूनमा दिएको थियो । हाल त्यसलाई उल्ट्याएको छ । ईयुले ग्रीष्मकालीन पर्यटन सिजन भन्दा पहिले अमेरिकी यात्रीहरुलाई प्रतिबन्ध हटाउने सिफारिश गरेको थियो ।

काउन्सिलले विज्ञप्तिमा भनेको छ “सूचीबद्ध नगरिएका देशहरु वा संस्थाहरु ईयूको अनावश्यक यात्रामा पर्छन् । तिमाथि अस्थायी यात्रा प्रतिबन्धको अधीनमा राखिने छ । यो ईयु सदस्य राष्ट्रका नागरिक जसले ईयुको नियम अनुसार पूर्ण खोप लगाएका हुन्छन् तिनकोलागि अनावश्यक यात्रामा अस्थायी प्रतिबन्ध हटाउन गरिएको पूर्वाग्रह होइन ।”

ईयूले इजरायल, कोसोभो, लेबनान, मोन्टेनेग्रो र उत्तरी म्यासेडोनियालाई पनि सुरक्षित सूचीबाट हटाएको छ ।

ईयुको कुनै एकीकृत कोभिड – १९ पर्यटन नीति छैन र राष्ट्रिय ईयु सरकारहरुलाई आफ्नो सिमानाहरु अमेरिकी पर्यटकहरुको लागी खुला राख्न सक्ने अधिकार छ । सम्भावित प्रतिबन्धहरुमा क्वारेन्टाइन, आगमन पछि थप परीक्षण वा अमेरिकाबाट सबै अनावश्यक यात्रामा पूर्ण प्रतिबन्ध लगाउन सक्ने अधिकार ईयु राष्ट्रहरुलाई रहेकोपनि बिज्ञप्तीमा उल्लेख छ ।

कोरोनाभाइरस संकट हुनुभन्दा पहिले १५ लाख भन्दा बढी अमेरिकिहरु हरेक वर्ष युरोपको भ्रमण गर्थे । नयाँ यात्रा प्रतिबन्धहरु लगाएपछि युरोपलाई अरबौं घाटा पर्न सक्ने छ ।

यो सिफारिश बेलायतकालागि लागू हुँदैन जसले औपचारिक रूपमा वर्षको शुरुमा ईयू छोडेको थियो । यस महिनाको सुरुमा अमेरिकाबाट पूर्णरुपमा खोप लगाइएका यात्रीहरुका लागि आफ्नो सिमाना खोलेको थियो।

संयुक्त राज्य अमेरिका ब्रिटेनको “एम्बर” यात्रा सूची (संयुक्त राज्य बेलायतका सदस्य राष्ट्र स्कटल्याण्ड, वेल्स, उत्तरी आयरल्याण्डका नागरिक सरह यात्रा गर्न दिने सूची ) मा रहेको छ । यसको मतलब अमेरिकाबाट यूकेसम्म आइपुग्ने पूर्णतया खोप लगाएका वयस्कहरु आइसोलेसनमा बस्नु पर्दैन । बेलायत आईपुग्नु तिन दिन अघि कोरोना भाईरस परिक्षणको नेगेटिभ प्रमाण हुनु पर्छ तर अर्को परीक्षण आइपुगेको दुई दिन पछि हुनुपर्छ ।

यसै बिच अमेरिकाले इयु पर्यटककालागि आफ्नो सिमाना अझै खोलेको छैन । इयुले बिडेन प्रशासनलाई इयु पर्यटककालागि अमेरिकाको सिमा खोल्न आग्रह गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया