शनिबार, असोज २, २०७८

‘जति निमोठे पनि हुन्छ, म फेरी उम्रिन्छु’

थानेश्वर सापकोटा२०७८ भदौ १६ गते २३:३६

अबको शुक्रबार देशभरिका वडाहरुबाट नेपाली कांग्रेसले अधिवेशनको शुरुवात गर्दैछ । फेरिएको विधान अनुसार वडाबाट चुनिएर आउने पार्षदहरुले गाविस, नगरपालिका, क्षेत्र र जिल्ला हुँदै केन्द्रसम्म पुगेर मंसिरको दोस्रो साता नेपाली कांग्रेसको नयाँँ कार्य समिती चुन्ने छन् । पछिल्ला अधिवेशनहरुको तुलनामा यो अधिवेशन थोरै भएपनि फरक हुने आँकलन छ । सकृय सदस्यहरुको रफ्तारलाई हेर्दा संरचनागत रुपमै नेतृत्वपंक्तिमा ब्यापक फेरबादल हुने सम्भावना देखिएको छ । सकृय सदस्यहरुको सुचिमामा युवा बोलवाला छ र यसले केहि हदसम्म परम्परा भत्काउने छ ।

त्यसो त, विगतका अधिवेशन भन्दा यो अधिवेशन के कारणले पनि फरक जस्तो देखिंदैछ भने केन्द्रिय नेतृत्वमा दावी गर्ने धेरे आकांक्षीहरुले सम्भवत: पहिलो पटक शिर्ष भनिएका नेताहरुको निर्देशन मान्ने छैनन् । र आफूहरुलाई महाधिवेशनमा जोख्ने छन् । यसले गिरिजा प्रसाद र शेरबहादुर देउवाले अभ्यास गरेको एकल निर्देशनको बाटो अन्तै मोड्ने छ ।

हुन त महाधिवेशनका लागि लगभग ३ महिना बाँकी छ । आकांक्षीहरुसँग आफ्नो उम्मेद्बारी घोषणा गर्ने मनग्य समय पनि छ । र, धेरैले त्यस्तै समय कुरेका छन् । वडाका अधिवेशन सकिएपछी पार्षद्हरुको जमातलाई उनिहरुले केलाउने छन् । र बल्ल उम्मेद्बारी घोषणा गर्ने छन् । तर दुई जना नेताले पार्षदहरुको त्यो कुरेनन । उम्मेद्बारी घोषणा गरे । विमलेन्द्र निधी- जसले एक वर्ष अघि देखि आफूलाई सभापतिमा समर्थन गर्नका लागि शेरबहादुर देउवालाई फकाइरहेका थिए । तर देउवा फकिएनन् । निधिको देउवा प्रतिको आशा मैलियो । पहिले जस्तो सुकिलो हुन सकेन ।

अर्का नेता गगन थापाले दुई दिन अघि महामन्त्री पदमा आफ्नो उम्मेद्बारी घोषणा गरे जसले कांग्रेस जमातमा मात्र होइन देशैभरी रौनक ल्याएको छ । उनका धेरै शुभचिन्तक निरास पनि भए होलान् । धेरैले थापा भित्र लुकेको नेपाली कांग्रेसको सभापति देखेका थिए । तथापी आफूभित्रको सभापतिलाई कहिले प्रकट गराउने भन्ने कुरा गगनलाई भलिभाँती थाहा छ ।

सोलुखुम्बुको खाल्पा गाउँ- गगन थापाका बाउ बाजेले पसीना चुहाएको जमीन । गगन थापा नजन्मिदै त्यहिंबाट उनको अहिलेको यात्रा शुरु भएको थियो । विद्युत प्राधिकरणका जागिरे बुवा मसिना केटाकेटी काखमा बोकेर हरेक सरुवाहरुमा उपस्थिती जनाईरहेका हुन्थे । गगन थापाहरु बाटैमा हुर्के । त्यसैले यिनलाई सिधा देखिने बाटाहरुको बाङ्गो कहानी राम्रो सँग थाहा छ ।

“म कहिलेकाँही सोच्छु मेरो अतृप्त चाहना के होला ? म आँफै दंगदास पर्छु, किन माटोको सुगन्ध मन पर्छ र किन मलाई मेरो देशको माटोको सुगन्धले तृप्ती दिन्छ” ।

सोलुमा आलु उत्पादन गर्ने किसान र महाकाली वारीपट्टी भेंडा चराउने गोठालाका कथा यिनलाई सुनाउनु पर्दैन । यिनले बुझेका छन र देशभित्रकै आम्दानिलाई जोहो गरेर सुलभ रुपमा पसीनाको मुल्य तिर्न सकिन्छ भन्ने कुरा यिनलाई थाहा छ । नेपाली कांग्रेसको नेता बन्नका लागि चालिस वर्ष अगाडि जस्तो ठाउँ अब छैन । अब कि त सशांक कोइराला बनेर जन्मिनु पर्दछ कि गगन थापाले जस्तै सोझा बाटाहरुको बाङ्गो कहानी बुझेको हुनुपर्छ ।

थापाले उम्मेद्बारी घोषणा गरेपछी देशमा एक प्रकारको रौनक आएको छ । खास गरेर युवा जमात निकै उत्साही देखिएको छ । गगनको जीवन त्रि-चन्द्र क्याम्पसबाट नारा लगाउँदै जुलुस लिएर रत्नपार्कमा उम्लिंदै भाषाण गरेजस्तो चर्को पटक्कै छैन । नारा लगाउने जुलुस र भाषाण गर्ने मन्च भन्दा अली पर गगन र उनको पुरै परिवारले बाँचेको शालीन जिन्दगी छ । त्यो जिन्दगी जहाँ गगनका कलीला आँखाले थातथलो छोडेर राजधानी ओरालिएका आफ्नै बाको विलक्षण संघर्ष देखेका छन् ।

एउटा सामान्य सरकारी जागिरको बलमा राजाधानी सँग गाँसिन खोज्नु चानचुने कुरा होइन । यस्तो जीवन बाँच्ने धेरै मान्छेहरु शहर सँग हारेर आफ्नै ठाउँमा फर्केका छन । जसले जित्ने संघर्ष गर्छ हारको पराजय त्यहिंबाट हुन्छ । गगन थापाले त्यहिंबाट जित्न सिके । भर्खरको ‘टिनएज’ केटोले पुस्तक पसलमा काम गरेर अथवा केटाकेटीलाई ट्युशन पढाएर ‘पकेटमनि’ जम्मा गर्दै गर्दा के सोचेको हुन्छ होला ? पक्कै पनि यसरी आर्जन हुने सानो पैसाले देश परिवर्तन हुन्छ भन्ने सोच्दैनन् । समय सँग चल्न सके यसले मान्छेको जीवनमा धेरै कुरा सिकाउँछ । सिक्न खोज्ने र नखोज्ने आफ्नो कुरा हो । अब कसले के सिक्यो या के सिकेन भन्ने अलग्गै छ । जीवनभर केही नसिकेर देश चलाएका पनि छन् कतिले ।

तर, जहाँँसम्म सोचाइको कुरा छ, गगन थापाले पुस्तक पसलमा काम गर्दा होस्, रेडियोमा धार्मीक कार्यक्रम चलाउँदा होस् या डीजे उत्पादन गर्ने अफिस खोलेर बस्दा होस् एउटा कुरा पक्कै पनि सोचे होलान् । दिन रात काम गरेर पढाई धानेको एउटा बिद्यार्थीको डिग्री प्राप्त गरिसकेपछिको गन्तब्य के होला ? वा हजारौं रुपैयाँ खर्च गरेर डीजे क्लास लिने कुनै संगीत प्रेमीले आफ्नो कला कहाँँ पुगेर देखाउने होला ? पक्कै पनि गगन थापाको राजनीतिक चेतना यहिंबाट शुरु भएको हो ।

राजनीतिको मैदान त्यती सजिलो छैन सबैका लागि । कहिलेकाँही यस्तो लाग्छ, नेपालको राजनीति बम्बईको फिल्म नगरि जस्तै हो । बाहिरबाट आउनेहरुका लागि असंख्य तगारा छन् । पराजित गराउनेहरु गौंडा गौंडामा ठडिएका हुन्छन् ।

देशका युवाहरुको ठूलो जमात थापाको यो चेतनाले मुर्तता पाएको हेर्न खोजिरहेको छ । उनले दुई दिन अघि नेपाली कांग्रेसको महामन्त्रीका लागि उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरिरहँदा महामन्त्री पद इत्रुको पुड्को देखियो । गगन थापाको उचाई धेरै बढेको छ । देश कस्तो छ भने मसिना सपनामा समेत झेल गर्नेहरुले सौर्य खोजेका छन् । तिनै सपनाका उद्वेग हुन जो गगनले इमान्दारीपूर्वक सुनाएका छन् । कमसेकम यो त होस् जनताको एउटा मात्र सपना पुरा भएको देखियोस ।

धेरै अघि थापाले भनेका थिए- “म कहिलेकाँही सोच्छु मेरो अतृप्त चाहना के होला ? म आँफै दंगदास पर्छु, किन माटोको सुगन्ध मन पर्छ र किन मलाई मेरो देशको माटोको सुगन्धले तृप्ती दिन्छ” । यस्तो सुनिन्छ, सोलुखुम्बुबाट बाले ओरालेको माटोमा अलाप भएर राजनीतिमा होमिएका हुन गगन ।

राजनीतिको मैदान त्यती सजिलो छैन सबैका लागि । कहिलेकाँही यस्तो लाग्छ, नेपालको राजनीति बम्बईको फिल्म नगरि जस्तै हो । बाहिरबाट आउनेहरुका लागि असंख्य तगारा छन् । पराजित गराउनेहरु गौंडा गौंडामा ठडिएका हुन्छन् । शसांक कोइराला र सुजाता बनेर सबै कहाँँ जन्मिन्छन र !

गगनले पार गरेका खुड्किला गन्ने हो भने अनगिन्ती छन् । गिरिजा प्रसाद कोइराला आफैं ठडिएका थिए गगनलाई निमोठ्न । गगनले कतै भनेका पनि छन्- “म माटोबाट आएको मान्छे हुँँ, जती निमोठे पनि हुन्छ म फेरी उम्रिन्छु” । यदी गगन थापाले हारेको भए, पटक पटक निमोठिएर नउम्रेको भए अहिले हामीले आशा गर्ने ठाउँँ रहने थिएन । अब गगन हार्नु हुँदैन । अब आउने हरेक गगनहरु निमोठिनका लागि तयार भएर आउनु पर्दछ र फेरी उम्रिन सक्ने हुनु पर्दछ । यहाँँ हरेक खुड्किलामा कोपिला चुँड्नेहरुको ताँती छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक