शुक्रबार, वैशाख १४, २०८१

न्युयोर्कमा बिशाल बाढी, आपतकाल घोषणा

नेपालप्लस संवाददाता२०७८ भदौ १७ गते १२:१४

फोटो साभार- एएम न्युयोर्क

अमेरिकाको न्यूयोर्क शहरका मेयरले विशाल बाढीका कारण आपतकालिन अवस्था घोषणा गरेका छन् ।

न्यूयोर्कका मेयर बिल डी ब्लासियोले बुधबार राति शहरमा ‘हिस्टोरिक मौसम इभेन्ट (ऐतिहासिक मौसम घटना) को अवस्था स्रिजना भएको भन्दै आपतकालिन स्थिति घोषणा गरेका हुन् । त्यहाँ ठूलो तूफान चलेको छ । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा भारी हावाहुरी, कालो न कालो आँधी चल्नुका साथै बाढी आएको छ ।

मेयरले साँझ ११:३० भन्दा पहिले ट्वीट गर्दै भनेका छन् “हामी आज राती एउटा ऐतिहासिक मौसमी घटना भोग्दैछौं । शहरभरि रेकर्ड तोड्ने वर्षा भएको छ । क्रूर बाढी र हाम्रा सडकहरुमा खतरनाक अवस्था स्रिजना हुने देखिएको छ ।”

मुसलधारे वर्षाले अमेरिकी हुलाक सेवा भवनको छत भत्किएको छ । कार र सडकहरु पानीमुनि देखिएका छन् । न्यूयोर्कको सडकहरुमा फोहोर तैरिएको छ ।

सामाजिक सञ्जाल पोस्ट गरिएका फोटोहरुमा फिलाडेल्फिया बाहिर दक्षिणी न्यूजर्सी काउन्टीमा घरहरु भग्नावशेषमा भत्किएको देखाइएको छ जहाँबाट राष्ट्रिय मौसम सेवाले बुधवार साँझ आँधीबेहरी पुष्टि गरेको थियो । अधिकारीहरुलाई कति ब्यक्ति घाइते भएका छन् भन्ने तत्काल कुनै जानकारी नभएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

अन्य भिडियोमा न्युआर्कक लिबर्टी अन्तर्राष्ट्रिय बिमानस्थलबाट पानी बगिरहेको देखिएको छ ।

न्युयोर्क र न्यू जर्सीको एयरपोर्ट संचालित गर्ने पोर्ट अधिकारीहरुले १०:३० मा ट्वीट गर्दै सबै उडानहरु स्थगित गरिएको उल्लेख गरेका छन् । त्यहाँको सबै पार्किंग स्थलहरु बाढीको कारण बन्द छन् । बिमानस्थलसम्मको सबै रेल सेवा पनि बन्द गरिएको छ ।

नेशनल वेदर सर्भिसले न्यूयोर्कको सेन्ट्रल पार्कमा एक घण्टामा ३।१५ इन्च वर्षा मापन गरेको छ जुन हालसम्म यो पार्कमा रेकर्ड गरिको सबैभन्दा उच्च हो ।

न्युयोर्कको एफडीआर ड्राइभ, म्यानहट्टनको पूर्वीतिर एक प्रमुख सडक बेलुकासम्म पानी मुनि देखिएको थियो । मेट्रो स्टेशनहरु र गल्लीहरुमा यति बाढी आयो कि महानगरीय यातायात प्राधिकरणले ति सबै सेवा बन्द गर्नुपर्‍यो । अनलाइन पोस्ट गरिएका भिडियोहरुमा मेट्रो चढ्नेहरु पानीले भरिएका कारहरुको सिटमा उभिएको देखिएको छ ।

अन्य भिडियोहरुमा शहर र वरपरका प्रमुख सडक मार्ग नजिकका घरमा झ्यालहरुसम्म जलमग्न भएको देखिएको छ ।

न्युजर्सीको केयर्ने स्थित हुलाक सेवा कार्यालयको छत भत्किएको छ । उद्धारकर्मीहरु रातीसम्म घटना स्थलमा थिए । मानिसहरुको क्षती बारे हालसम्म बिवरण उल्लेख छैन ।

तपाइँको प्रतिक्रिया