शुक्रबार, वैशाख ७, २०८१

नयाँ सरकार घोषणाको तयारि गर्दै तालिबान

नेपालप्लस संवाददाता २०७८ भदौ १७ गते १४:१०

फोटो साभार- गेराक मलेशिया डट कम

अफगानिस्तानमा बिजयी हाँसिल गरेका तालिबानहरुले आज बिहीवार आफ्नो नयाँ सरकार घोषणाको तयारि गरेका छन् । उनीहरुले काबुल कब्जा गरेपछि दुई दशकको अराजक युद्ध अन्त्यसँगै पतनको संघारमा पुगेको अर्थतन्त्रलाई पूनर्जिवित गराउन छिटो सरकार गठन गर्नुपर्ने खाँचो देखेका छन् ।

तालिबान अधिकारी अहमदुल्लाह मुत्ताकीले सामाजिक सञ्जालमा काबुलको राष्ट्रपति भवनमा एक समारोहको तयारी भइरहेको बताएका छन् । निजी प्रसारक टोलोले नयाँ सरकारको घोषणा हुनै लागेको उल्लेख गरेको छ ।

तालिबानका एक वरिष्ठ अधिकारीलाई उल्लेख गर्दै इस्लामवादी आन्दोलनका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादालाई एउटा शासकीय परिषदको प्रमुख बनाउने संभावना रहेको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् । उनलाई राष्ट्रपतीलाई भन्दाबढि अधिकार दिईने छ ।

अन्तराष्ट्रिय दाता र लगानीकर्ताहरुको नजरमा नयाँ सरकारको वैधता अर्थव्यवस्थाको लागि महत्वपूर्ण हुनेछ । किनकि अफगानिस्तानले एक भयंकर द्वन्द्वको विनाशसँग लडिरहेको छ । यो द्वन्दले अनुमानित दुई लाख ४० हजार अफगानहरुको ज्यान लिएको छ ।

तालिबानहरु सत्तामा फर्किएपछि अफगानिस्तानको अर्थतन्त्र पतन हुने सम्भावना रहेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक