शुक्रबार, वैशाख १४, २०८१

वर्षको अन्त्यसम्म पाँच लाख अफगानी भाग्न सक्ने

नेपालप्लस संवाददाता२०७८ भदौ १७ गते १६:४९

Image-parstoday.com/file photo

यो वर्षको अन्त्यसम्म करिब पाँच लाख अफगानी नागरिकहरु देश छोडेर भाग्न सक्ने चेतावनी संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले दिएको छ ।

मूल्यांकन एजेन्सी फिच ग्रुपको अनुसन्धान शाखा फिच सोलुसनको एक रिपोर्टमा विश्लेषकहरुले अफगानिस्तानको वास्तविक घरेलु उत्पादन यस आर्थिक वर्षमा नौ दशमलव सात प्रतिशतले संकुचन हुने अपेक्षा गरिएको उल्लेख गरेका छन् । अर्को वर्ष पाँच दशमलव दुई प्रतिशतले गिरावट आउने छ ।

फिचले भनेको छ “अत्यधिक आशावादी दृष्टिकोणलाई समर्थन गर्न विदेशी लगानीको आवश्यकता पर्दछ, जुन परिदृश्यले अर्थत्न्त्र बलियो भएका केही प्रमुख मुलुक अर्थात् चीन र रुसले तालिबानलाई वैध सरकारको रुपमा स्वीकार गर्दछन् ।”

तालिबानद्वारा नियुक्त नयाँ केन्द्रीय बैंक प्रमुखले बैंकहरुलाई आश्वस्त पार्न खोजेका छन्- आफ्नो समूह एक पूर्णरुपमा सञ्चालनमा रहेको वित्तीय प्रणाली चाहन्छ । तर यसको लागि कोष कसरी आपूर्ति गर्ने भन्ने बारे थोरै मात्र विवरण दिएको छ ।

तालिबानले काबुल र प्रान्तीय राजधानीहरुमा नियन्त्रण बलियो बनाइरहेका छन् । उनीहरु विपक्षी समूह र अफगान सेनाका अवशेषहरुसँग राजधानीको उत्तर क्षेत्रमा पर्वतिय भागतिर लडिरहेका छन्।

विपक्षी नेता अहमद मसूद (पूर्व मुजाहिदीन कमाण्डरका छोरा) जसले सन् १९९० को उत्तरार्धमा अफगानिस्तानको उत्तरपूर्वी भागमा तालिबानको बिरुद्ध लडेका थिए । उनले आफ्ना सेनाहरु विकेन्द्रीकृत राज्यको लागि लडिरहेको बताएका छन् । उनीहरु राज्यको शक्ति बिभिन्न जातीय र सांप्रदायिक समूहहरु बिच समान रूपमा बाँडिएको बताउँछन् ।

“दुर्भाग्यवश तालिबान परिवर्तन भएको छैन । उनीहरु अझै पनि देश भरी प्रभुत्व जमाउन सफल छन्” उनले भने।

तपाइँको प्रतिक्रिया