शुक्रबार, वैशाख ७, २०८१

एनआरएन मेडिया टास्क फोर्समा दुई दर्जन पत्रकार : दर्जन बढि कामको सूची, दुई वर्षमा काम लगभग शुन्य

नेपालप्लस संवाददाता२०७८ भदौ १७ गते १८:०२

यो भएन र त्यो भएन भनेर आलोचना गर्ने, अरुतिर औंलो ठड्याउने पत्रकार आफैंले चाहिँ बोलेको कुरो, जिम्मा लिएको काम कति पुरा गर्छन् त ? गैर आवाशिय नेपाली संघ (एनआरएनए) को सन् २०१९-२०२१ कार्ययोजना हेर्दा प्रष्ट हुन्छ । यो कार्य योजना र यसलाई सफल पार्न एनआरएनए मेडिया टास्क फोर्समा रहेका पत्रकारको सूची हेर्‍यो भने लोभ लाग्दो छ ।

मेडिया टास्कफोर्सले गर्ने भनिएको कामको सूची

एनआरएनए मेडिया टास्क फोर्सका करिब २५ जनाले गर्नुपर्ने कामको सूची क देखि ठ अर्थात् १३ वटा छन् । (फोटोमा हेर्नुस्)। ति मध्ये ‘हरेक तीन महिनामा (त्रैमासिक) न्युजलेटर प्रकाशन गर्ने’ काम केहि भएको छ । नियमितरुपमा भने प्रकाशन भएनन् ।

एनआरएनएमा २६ सदस्यिय मेडिया टास्कफोर्स छ । दुई वर्षमा काम गर्नुपर्ने सूची एक दर्जन थिए । तर दुई वर्षको कार्यकाल पुरा हुनै लाग्दा दुई दर्जन बढि ब्यक्ति संलग्न टास्कफोर्सले दुईवटा कामपनि पुरा नगरि कार्यकाल सक्किन लागेको छ ।

‘वैदेशिक रोजगार र परोपकारी कामहरुको सम्बन्धमा सम्बन्धित विभागीय प्रमुखलाई हरेक तीन–तीन महिनामा रिपोर्टिङ गर्ने’ काम शुन्य जस्तै भयो ।

‘सामाजिक संजाल र विभिन्न माध्यममा आएका जन–गुनासोलाई अध्यक्षसँग छलफल गरी कम्तिमा महिनाको एक–पटक फेसबुक लाइभमार्फत सम्बोधन गर्ने’ भन्ने बुँदामा एउटापनि काम हुन सकेन ।

‘संस्थाका विभिन्न ८ विभागहरुसँग समन्वय गरी सुचना र समाचार प्रकाशित गर्ने’ भन्ने काम केहि हुनै सकेन ।

बुदा नंबर झ असाध्यै आकर्षक छ । ‘गैरआवासीय नेपालीहरुका दोश्रो पुस्तामा रहेको विशेष क्षमता र दक्षतालाई विश्व सामु चिनाउन मिडियामार्फत ‘ट्यालेन्ट हन्ट इन द सेकेन्ड जेनेरेसन’अभियान सञ्चालन गरिनेछ । जसले गर्दा उनीहरुको क्षमता र दक्षतालाई विश्वले चिन्नेछ भने दोस्रो पुस्तालाई थप हौशला मिल्नेछ’ भन्ने उल्लेख छ । यो कामका बारेमा त झन मेडिया टास्कफोर्समा छलफलसम्म हुन सकेन ।

‘विदेशी भूमिमा रहेर पेशागत दक्षता र सफलता हासिल गरेका गैरआवासीय नेपालीहरुका सफलताका कथालाई प्रेरणाको श्रोतको रुपमा आम जनसमुदायमा पुर्‍याउने’ भन्ने उल्लेख भएपनि केहि काम भएन । यसरि उल्लेख गरिका कामहरु केहिपनि पुरा नभैकनै कार्यकाल सक्किन लाग्यो ।

मेडिया टास्कफोर्सको टिममा कोको र कतिजना छन् सूची हेर्नुस्

मेडिया टास्कफोर्सका मेडियाम्यानहरुको नाम हेर्ने हो भने लोभलाग्दो छ । बिभिन्न सन्चार माध्यममा संलग्न, केहि त नाम कमाएका, दक्ष पत्रकारसमेत छन् । तर यति धेरै पत्रकार संलग्न भएपनि मेडिया टास्कफोर्सले काम गरेन । ‘म एनआरएनए मेडिया टास्क फोर्समा छु’, म पत्याईन लायकको हुँ, म अब्बल दर्जाको हुँ भनेर केहिलाई एनआरएनए नेताको निकट पुग्ने, देखाउने र सामाजिक सन्जालमा देखाउने बाहेक केहि काम हुनसकेन ।

तर अचम्म लाग्दो कुरा के छ भने मेडिया टास्कफोर्सको टिममा भएका पत्रकार मध्ये धेरै एनआरएनए अभियानमा कतै न कतै जोडिएका छन् । ति मध्ये धेरै त कुनै न कुनै मेडियामै सक्रियसमेत छन् । मेडिया टास्कफोर्सका चेयरपर्सनपनि एनआरएनए अभियानमै देखिन्छन् । तैपनि आफू बसेको टास्क फोर्समा के कति काम भयो वा आफ्नो समितिमा किन काम भएन भनेर न त टास्क फोर्सका सदस्यहरुलेनै चासो राखेको देखिन्छ न त चेयर पर्सनलेनै काम गर्न चाहेको देखिन्छ ।

किन भएन काम ?

काम हुन नसक्नुको प्रमुख कारण मेडियाका चेयरपर्सननै हुन् । अर्थात् यो मेडिया टास्कफोर्सको मुली भनेको ओ मान निवाशी हाल एनआरएनए केन्द्रिय प्रवक्ता डिबी क्षेत्री हुन् । उनलाई मेडियाको बारेमा नत ज्ञान छ न उनलाई स्वतन्त्र मेडियामा विश्वास, सिप, लगन र चासोनै छ । माओवादीका अध्यक्ष प्रचण्डका बिश्वासपात्र भनेर चिनिएका उनले मेडियाले गर्नुपर्ने काममा कुनै छलफल, ताकेता र मेडिया टास्कफोर्सको नेत्रित्वकिय जिम्मेवारीनै पुरा गरेनन् । उनले त्यसमा खासै चासोपनि दिएनन् ।

मेडियाको काम गर्नुपर्ने बेला एमाले र माओवादी मिलेर बनेको नेकपा बिवादमा उनी स्वयं राजनिति गर्दै थिए । खासगरि एमाले अध्यक्ष केपी ओलीलाई पेल्ने र नेकपा माओवादी अझ त्यसमापनि प्रचण्डको गुणगान गाउन सामाजिक सन्जालमा ब्यस्त थिए उनी ।

मेडियाको ज्ञानै नभेको, कुनै पार्टी र नेताको गुणगान गाउने वा अर्को कुनैलाई आलोचना गर्न खर्चेको देखेका बेला बिजय घिमिरे, मनऋषी धिताल, चन्दा थापा जस्ता पत्रकारले कसरि के काम गरुन् ?

त्यसो त, मेडिया टास्कफोर्स गठन भएको केहि समयमै क्रिष्ण केसी, दिल्ली अम्म्माई जस्ता केहि पत्रकारले यो समितिको कार्य प्रणालीमै आपत्ती जनाएर राजिनामा ठोकिसकेका थिए । तिनले राजिनामा दिएपनि नत बाँकी सदस्य, मेडियाम्यानले चासो दिए । न त चेयरपर्सन डिबी क्षेत्रीलेनै परिचालन गर्न सके । केहि पत्रकारले बटुलेका झिनामसिना एनआरएनए गठन, बाढी पहिरोमा सहयोग, भलिबल प्रतियोगिता, यतिलाई कोभिड लाग्यो जस्ता झिनामसिना न्युज राखेर तयार पारेको बुलेटिनमा सम्पादकको नाम भने डिबी क्षेत्रीले खाए । तर काम भने गरेनन् । दुई वर्षमा मेडिया टास्कफोर्सले गर्नुपर्ने काम जति थियो सग्लै बाँकी राखेर यो कार्यकाल सक्किनै लागेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक