बिहीबार, वैशाख १३, २०८१

कोरोना भाईरसको नयाँ स्वरुप देखियो ‘मु’, डब्लूएचओद्वारा निगरानी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ १८ गते १:२८

‘मु’ भनेर चिनिने कोरोना भाईरसको नयाँ स्वरुप (भेरियन्ट) देखिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हाल त्यसको निगरानी गरिरहेको उल्लेख गरेको छ ।

डब्ल्युएचओका अनुसार एक नयाँ कोरोना भाइरस “मु” देखा परेको र यो कोलम्बियामा जनवरी २०२१ मा पहिचान गरिएको थियो ।

बोलिचालीको भाषामा मु भनिएपनि यसलाई बैज्ञानिक भाषामा बि.१.६२१ को रूपमा परिचित गरिएको छ । यसलाई कोरोना भाईरसकै उत्परिवर्तित (भेरियन्टà) को रूपमा वर्गीकृत गरिएको विश्व स्वास्थ्य संगठनको बुलेटिनमा उल्लेख छ ।

“मु भेरियन्टमा उत्परिवर्तनको एक मात्रा छ जुन प्रतिरक्षाबाट बच्नको लागि सम्भावित गुणहरु भएको संकेत गर्दछ” बुलेटिनमा भनिएको छ।

डब्ल्यूएचओले हाल चिन्ताजनक भनेर चार कोभिड भेरियन्टको पहिचान गरेको छ । तिनको उपस्थिति १९३ देशमा छ । डेल्टा भएरियन्ट १७० देशमा फेला परिसकेकोपनि डब्ल्यु एचओको बुलेतिनमा उल्लेख छ ।

एएफपीका अनुसार मु सहित कोरोनाका पाँच रूपहरु निगरानी गर्नुपर्ने छ । कोलम्बियामा पत्ता लगाएपछि मु अन्य दक्षिण अमेरिकी देशहरु र यूरोपमा समेत रिपोर्ट गरिएको छ।

डब्लूएचओका अनुसार यसको विश्वव्यापी प्रसारको दर शुन्य दशमलव एक प्रतिशत मात्रै छ । तर कोलम्बियामा भने ३९ प्रतिशत छ ।

तपाइँको प्रतिक्रिया