शनिबार, वैशाख १५, २०८१

‘राजा’ को उद्दार

नेपालप्लस संवाददाता२०७८ भदौ १८ गते ११:२३

मलाई एउटा अवशर जुर्‍यो ‘राजा’ को उद्दार गर्ने । छोरा अभिशेक र म ‘राजा’ को उद्दारमा लाग्यौं । ‘राजा’ सर्प । अर्थात् राजगोमन सर्प (Ophiophagus hannah) । सर्पहरुको राजा भएकाले यसलाई राजगोमन भन्छन् ।

राजा कोबरा (ओफिओफगुस् हन्नह्) संसारको सबैभन्दा ठूलो विषालु सर्प पनि हो । नेपालको एक स्थानिय प्रजाति हो यो । उनीहरुसँग न्यूरोटोक्सिक नामको विष हुन्छ । यो सर्पले टोकेपछि यसको विषले हात्तीलाई मार्ने क्षमता राख्छ । उनीहरु हाम्रो वातावरण र पारिस्थितिकिय प्रणालीमा धेरै महत्त्वपूर्ण छन् । किनकि उनीहरु प्राय अन्य सर्प (विषाक्त र गैर विषाक्त) को शिकार गर्दछन् जसले सर्पदंशलाई कम गर्दछ ।

विषालु भएपनि यि सर्प लज्जालु स्वभावका हुन्छन् । जिव जातिमा यिनलाई बुद्धिमान मानिन्छ । प्राय मानिसहरुबाट टाढा बस्न रुचाउँछन् ।

उनीहरु वर्षादमा हुर्किने वन (रेन फरेस्ट) र बाँसको झाडीमा बस्न रुचाउँछन् । उनीहरु संसारमा गुँड बनाउने एक मात्र सर्प हुन् । मानव गतिविधिहरुको कारण यिनीहरुको जनसंख्या घट्दै छ । त्यसैले उनीहरु अस्तित्वका हिसाबले कमजोर प्रजाति (भलनरेबल) को रूपमा सूचीबद्ध छन् ।

यो सर्पलाई नेपालीमा ठाउँ, समुदाय र भाषिय भिन्नता अनुसार रजगोमन, कालिनाग आदि नामले चिनिन्छ ।

(केशब सापकोटाले अंग्रेजी भाषामा लेखेर फेसबूकमा राखेको सामाग्री नेचर डटकमबाट नेपालप्लसले नेपालीमा भावानुवाद गरेको हो-सं)

तपाइँको प्रतिक्रिया

फेसबुक