शनिबार, वैशाख १५, २०८१

अफगानिस्तानको पन्जशिरमा तालिबान र अफगान प्रतिरोधी लडाकूबिच भिडन्त

नेपालप्लस संवाददाता २०७८ भदौ १८ गते १६:५३

Image credit- Resistance 2.0 @massoudiyaan via Twitter (file photo)

अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएर सरकार सन्चालन गर्न लागेका तालिबान र अफगान प्रतिरोध लडाकूबिच बिहिवार भिडन्त भएको छ ।

फ्रंस २४ न्युजका अनुसार अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिबानसित भयंकर भिडन्त भएको र त्यस उपत्यकालाई अफगानी प्रतिरोध लडाकूहरुले आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

तर तालिबान लडाकूहरुले भने पन्जशिरमा भिडन्त स्विकार्दै अफगानी प्रतिरोधी लडाकूहरुतर्फ गम्भिर हताहती बनाइदिएको दाबी गरेका छन् । तालिवानहरुको बह्नाईमा पन्जशिरलाई उनीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् ।

बिहिवार पन्जशिरमा लड्नेहरु स्थानीय नेता अहमद मसूदका वफादार तालिबान बिरोधी लडाकूहरु थिए ।

तालिबान विरोधी मिलिशिया लडाकूहरु र पूर्व अफगानिस्तान सुरक्षा बलहरु मिलेर बनेको राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का एक प्रवक्ताले आन्दोलनले पञ्जशिर उपत्यकाका सबै पास र प्रवेशद्वारहरुको पूर्ण नियन्त्रणमा लिएको दाबी गरेको भन्दै फ्रंस २४ ले उल्लेख गरेको छ । शोटुल जिल्ला कब्जा गर्ने तालिबानको प्रयासलाई असफल पारिदिएको दाबीपनि तिनको छ ।

“दुश्मनले जबुल-सराजबाट शतुल प्रवेश गर्ने धेरै प्रयास गरे । प्रत्येक पटक असफल भए” उनले छिमेकी पर्वान प्रान्तको एउटा शहरलाई जनाउँदै भनेका छन् ।

हिउँले ढाकिएका पहाडले घेरिएको उपत्यका पन्जशिर राजधानी काबुलबाट करिब ८० किलोमिटर उत्तरमा पर्छ । लामो लडाईले भग्नावशेष बनेको पञ्जशीर उपत्यका १५ अगस्टमा तालिबानले काबुलमा आक्रमण गरी सत्ता कब्जा गरेपछि प्रतिरोधको गढ बनेको छ ।

तालिवानहरुले भने एनआरएफका लडाकूहरुलाई आफ्ना लडाकूले भारी हताहती गराइदिएको दाबी गरेका छन् ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले स्थानीय सशस्त्र समूहसँगको वार्ता असफल भएपछि आफूहरुले अपरेशन सुरु गरेको बिहीवार बताएका थिए ।

अगस्त १५ देखि अफगानिस्तानको प्रतिरोध लडाकू दलका नायक अहमद शाह मसूदका छोरा मसूदको नेतृत्वमा स्थानीय मिलिशिया र सरकारको सशस्त्र सेनाका पूर्व हजारौं लडाकुहरु पञ्जशीरमा जम्मा भएका छन् ।

अफगानिस्तानको सरकार बिरुद्द पहिलेदेखिनै लड्दै आएका एनआरएफ र तालिबान बिच युद्दबिराम गरि शान्ति संझौताको प्रयास हुँदै आएको थियो । तर पछिल्लो समयमा त्यो शान्तिवार्ता भंग भएको देखिएको छ । एनआरएफ र तालिबान दुबै पक्षले शान्ति संझौता असफल हुनुमा एक अर्को पक्षलाई दोष दिँदै आएका छन् ।

तालिबान विरोधी नेता मसूदले आफूहरु वार्ताको बिरोधी नभएको तर लडाई लड्नपनि तयार रहेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया