बिहीबार, वैशाख ६, २०८१

जर्मनीमा रेल हडतालले छिमेकी देशका यात्रुसमेत मारमा

नेपालप्लस संवाददाता / फ्र्यांकफर्ट, जर्मनी२०७८ भदौ १८ गते १७:२९

जर्मनीको ‘जिडिएल ट्रेन ड्राइभर युनियन’ द्वारा सप्ताहव्यापी हड्तालको कारण स्विजरल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम लगायतका देशमासमेत यात्रुहरु मारमा परेका छन् ।

डोइच बाहन भनिने त्यहाँका रेलहरु बिहीवार सेप्टेम्बर २ विहान २ बजे देखि मंगलबार सेप्टेम्बर ७ विहान २ बजे सम्म रद्द गरिएको छ । रेल सन्चालक कम्पनीसित आफ्नो तलब वा ज्याला, सेवा र सुविधा बढाउन भएको वार्ता सकारात्म नभएपछि रेल चालकहरुले हडताल गरेका हुन् ।

रेल यात्रुहरुले जर्मनी लगायत अन्य युरोपेली मुलुकमा समेत लामो दूरी र क्षेत्रीय सेवाहरुको लागी समस्या भोग्नुपरेको छ । रेल कम्पनीले लामा दूरीका चार मध्ये एक रेल रद्द गर्ने बताएको छ । क्षेत्रीय र उपनगरीय रेल सेवाहरु भने ४० प्रतिशत मात्रै गुड्ने बताइएको छ ।

यो हडतालले गर्दा स्विजरल्याण्ड, फ्रान्स, नेदरल्याण्ड्स, बेल्जियम, ईटाली लगायतका अन्य देशले समेत जर्मनीसित जोडिएका रेल सेवाहरु रद्द गरेका छन् । कतिपयले भने बिच बाटोमा अर्को रेलसेवा बदलि गरेर जानुपर्ने गरि सुबिधा दिएका छन् । तर त्यसरि दिने सुविधापनि कटौति भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक