शनिबार, वैशाख ८, २०८१

भारतीय मूलका अरबपतिहरुबाट साँढे १२ करोड स्विस फ्र्यांक लिनुपर्ने स्विस सरकारको दाबी

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ भदौ १८ गते १८:०२

जेनेभा शहर र प्रान्तले भारतीय मूलका प्रकाश हिन्दुजाबाट साँढे १२ करोड स्विस फ्र्यांक दाबी गरेको छ । उनीहरुले उक्त रकम बराबरको कर नतिरेको दाबी गर्दै सो रकम उठाउनुपर्ने बताएका छन् । प्रकाश हिन्दुजामाथि कर छल्नैकालागि मोनाकोमा झूटा निवासको दाबी गरेको आरोप लागेको छ ।

स्विजरल्याण्डको ट्वान्टिफोर आवर्सले खुलासा गरे अनुसार संघीय अदालतले साँढे १२ करोड स्विस फ्र्यांक भारतीय मूलका स्विस अरबपती ब्यापारी प्रकाश हिन्दुजाले तिर्ने पर्ने भन्दै बुधवार रकम तोकेको थियो ।

७६ वर्षीय ब्यापारीमाथि स्विस कर तिर्नबाट बच्न मोनाकोमा झुटो रूपमा निवासको दाबी गरेको आरोप छ । उनी आफ्नो परिवारसहित जेनेभा उपनगर कोलोनीमा बस्दै आएपनि कर छल्नैकालागि मोनाको बसाई सर्न खोजेको आरोप लागेको छ ।

२४ आवर्स अखबारका अनुसार सन् २०१८ मा घरेलु कर्मचारीहरुलाई दुर्व्यवहार र कम भुक्तानी गरेको आरोप लागेपछि उनमाथि एक अनुसन्धान भएको थियो । उक्त आरोपपछि अभियोजकलाई उनको निवास स्थितिको बारेमा बुझ्न सचेत गराइएको थियो । त्यसपछि उनको घरको खोजी गरी कागजात र कम्प्यूटर जफत गरियो । हिन्दुजाले सन् २००९ देखि २०१७ को बिचमा आम्दानीमा एक करोड ९० लाख स्विस फ्र्यांक र एक अर्ब स्विस फ्र्यांक सम्पत्तिमा कर छली गरेको अनुमान गरिएको छ ।

हिन्दुजा परिवार फोर्ब्समा सूचिक्रित ब्यापारी हुन् । प्रकाश र उनका तीन भाई चन्द, गोपीचन्द र अशोक विश्वका १३३ धनी ब्यक्तिमा पर्छन् । उनीहरु हाल जेनेभामा रहेको हिन्दुजा बैंकको स्वामित्व बारे एक कानूनी विवादमा समेत फँसेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक