शनिबार, असोज २, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

देवकोटाका सिर्जनाको सर्वेक्षण— क

डा. गोबिन्द राज भट्टराई२०७८ भदौ १९ गते ६:०१

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

देवकोटाको उचाइमा पुग्ने अरू कुनै प्रतिभाको आजसम्म नेपालमा जन्म भएको छैन । उनी भविष्य द्रष्टा थिए । प्रकृतिका एक साँच्चै वरद पुत्र थिए । उनी ठूलो शक्ति र तत्क्षणिकता बोकेर एक किसिमको दैवी चेतनासँग सिर्जना गर्दथे । अंग्रेजी रोमान्टिक कविहरूबाट प्रभावित देवकोटाको सिर्जना कुनै एउटा सिपमा, राजनीतिमा वा विधामा बन्धित थिएन । उनको एक मात्र दर्शन थियो मानवतावादको । पूर्वीय चेतनाबाट गहिरोसँग प्रभावित थिए । नेपालका एक ख्यातिलब्ध समालोचक चूडामणि बन्धुले भनेका छन्— विश्व सामु प्रस्तुत गर्न लायकका एक मात्र नेपाली प्रतिभा हुन् महाकवि देवकोटा । उनी यो देशका मात्र होइन सम्पूर्ण एशियाकै एक अतुलनीय प्रतिभा हुन् । तर पनि हाम्रै अज्ञानले गर्दा यतिधेरै समयसम्म छोपिएर बसेका छन् । हामी उनलाई यो देशका चार जना महान् निर्माताहरू (पृथ्वीनारायण शाह, भानुभक्त, जंगबहादुर राणा, वीपी कोइराला र महाकवि देवकोटा) मध्ये एक र एशियाका महान् दार्शनिकहरुमध्ये पनि एक मान्दछौँ ।

४९ वर्षको अल्पायु र ३० वर्ष जतिको अत्यन्तै सक्रिय र सिर्जनात्मक जीवनमा उनले पचासीवटा पुस्तकको रचना गरेछन् । त्यो संख्याको कुरा मात्र होइन । प्रकारको मात्र कुरा होइन । तर गुणात्मकताले हेर्दा ती अद्वितीय कोटीका रचना रहेका छन् । उनी विश्वस्तरीय महाकाव्यलाई तीनवटा भाषामा पुर्‍याउने प्रथम कवि हुन् । उनले नेपाली, अंग्रजी र संस्कृतमा गरी १३ वटा महाकाव्य रचे र त्यसमा कति अधूरा र कति अप्राप्य पनि रहेका छन् । उनी नेपाली साहित्यमा लक्ष्मी निबन्धसंग्रह जस्तो अद्वितीय सिर्जना उपहार गर्ने प्रथम निबन्धकार हुन् । त्यो निबन्ध संग्रहको पनि विद्वान् हेमचन्द्र पोख्रेलद्वारा हिन्दीमा अनुवाद आइसकेको छ । सेलेक्टेड नेपाली एसेज नामक संग्रहभित्र उनका दुईवटा निबन्ध (के नेपाल सानो छ ? र असारको पन्ध्र) अनुवाद गरेर समावेश गर्ने अवसर मलाई पनि प्राप्त भएको थियो ।

देवकोटाले नेपाली कवितालाई शास्त्रीय संरचनाबाट मुक्त गराए । फेरि शास्त्रीय शैलीको पालना पनि गरे । उनले ३१ वटा खण्डकाव्यको रचना गरे । दुईवटा अंग्रेजीमा पनि लेखे । कुनै एक जना नेपाली स्रष्टाले यत्रो धेरै कर्म गर्न सकेको छैन ।

बहुमुखी प्रतिभाका धनी एक बहुकृतिक लेखक उनी संस्कृत भाषाबाट गहिरोसँग प्रभावित थिए । अत्यन्तै शद्ध र परिस्कृत तवरले नेपाली र अंग्रेजीमा सिर्जना गरे । त्यसकारणले उनी आधुनिक नेपाली साहित्यका एक महान् अग्रगामी मानिएका छन् । उनको प्रेरणा र आदर्शको स्रोत भन्नु नै पूर्वीय र पाश्चात्य संस्कृतिका धाराहरू थिए ।

उनका फुटकर कविताका चौध वटा संग्रह छन् । जसमा उनले यो धर्तीको गौरवगान गरेका छन् । यी माताका प्राचीनता, वर्तमानमा उनले भोगेको पीडा र सँगसँगै भावना र संवेगले भरिएको रोमान्टिक एवम् यथार्थवादी साहित्यको पनि ठूलो भण्डार भरेका छन् ।

उनले नेपाली कवितालाई शास्त्रीय संरचनाबाट मुक्त गराए । फेरि शास्त्रीय शैलीको पालना पनि गरे । उनका यस्ता संग्रहहरूमा बाल कविता, गीति (लोक) कविता, गेय कविता पर्दछन् । उनले ३१ वटा खण्डकाव्यको रचना गरे । दुईवटा अंग्रेजीमा पनि लेखे । कुनै एक जना नेपाली स्रष्टाले यत्रो धेरै कर्म गर्न सकेको छैन । उनले छ वटा विभिन्न प्रकृतिका नाटक रचे । एउटा उपन्यास र दुईवटा समालोचनात्मक कर्महरू । उनका कृति सूचीले के देखाउँछ भने एक दर्जन जति रचना अझै अप्रकाशित रहेका छन् । जसका पाण्डुलिपि (वा तिनका अंश) नै हराएका, नष्ट भएका छन् । अरू कति आंशिक रूपमा प्रकाशित पनि छन् ।

प्रस्तुत कार्यपत्रले महाकवि देवकोटाको अद्वितीय प्रतिभा र उनको असीम सिर्जना शक्तिको संक्षिप्त झल्का मात्र दिन सक्दछ । भृकुटी भन्ने पत्रिकाको देवकोटा शताब्दी अङ्क (सन् २००८) मा के कुरा प्रस्ट पारिएको छ भने उनका सिर्जनाको संख्या ८२ पुगेको छ तापनि यो अन्तिम निष्कर्ष होइन । उनका कर्महरूलाई विधा अनुसार काल अनुसार, विषय अनुसार, भाषा अनुसार अनेक प्रकारले वर्गीकृत गर्न सकिन्छ । अर्काे कोणले हेर्दा पनि नेपालीमा मौलिक सिर्जनाका प्रकाशन अंग्रेजीमा मौलिक सिर्जनाका प्रकाशन र त्यसपछि तेस्रो कोटीमा संस्कृतबाट अथवा अंग्रेजीबाट अनुवाद या अनुसिर्जना अर्थात् अनुकूलित सिर्जनाको रूपमा लिनुपर्दछ ।

देवकाटालाई एउटा त्यस्तो प्रथम स्रष्टाको रूपमा आदर गर्नुपर्दछ जसको विशाल चेतना र क्षमता तीनवटा भाषामा सिर्जना गर्न सक्ने थियो । त्यही शक्तिले नेपाली भाषा साहित्यको जग उनैले बसाएका थिए । नेपाली माटोबाट प्रथम महाकाव्य जन्माएका थिए ।

एक दृष्टान्त हेरौँ—

क) नेपालीमा मौलिक सिर्जना— भिखारी, मुनामदन, लुनी, शाकुन्तल, सुनको बिहान, कुञ्जिनी, राजकुमार प्रभाकर, म्हेन्दू, लक्ष्मी निबन्ध संग्रह, लक्ष्मी कविता संग्रह

ख) नेपालीबाट अनुवाद— सावित्री सत्यवान्, लुनी, पागल र अन्यकविता, देवदूत,
(कवितासंग्रह),

ग) अंग्रेजीमा मौलिक सिर्जना— बापु एण्ड अदर सनेट्स, फिफ्टि नाइन पोएम्स, फाइव एस्सेज, टु सर्ट स्टोरिज, वान इपिक अर्थात् शाकुन्तल,

घ) संस्कृतबाट अनुकूलन— रामायण, सीताहरण, रावण जटायु युद्ध, दुष्यन्त सकुन्तला भेट, नेपाली मेघदूत, शाकुन्तल, भक्तप्रह्लाद, पञ्चन्त्र, सावित्री सत्यवान्, भरत मिलाप, हरिश्चन्द्र,

ङ) अंग्रेजीबाट अनूदित— शेक्सपियरको नाटक म्याक्वेथ, सोरवटा अंग्रेजी निबन्धको संकलन प्रसिद्ध प्रवन्ध संग्रह,

च) अंग्रेजीबाट अनुकूलन— प्रमिथिअस, सुन्दरी प्रोसरपिना, मायाविनी सर्सी,

छ) हिन्दी (भारतीय इतिहास र कथा) बाट अनुकूलन— महाराणा प्रताप, पृथ्वीराज चौहान, सिस्टर निवेदिता, राजपुत रमणी,

देवकोटाका त्रि–स्तरित मानसिक भूगोल र उनका सिर्जनामा तिनको प्रतिविम्ब—
महाकवि देवकोटाका सिर्जना र अनुवादको विश्लेषण गर्दा यस्तो विविधतापूर्ण चित्र प्रस्तुत हुन्छ । यसको विश्लेषण प्रयत्नले एउटा जटिल समस्या उत्पन्न गर्दछ । हामीले कुन दृष्टिकोणले उनका कृतिको विश्लेषण गर्दछौँ त्यसमा विश्लेषण भरपर्दछ । सिर्जनात्मक दृष्टिले हेर्दा सात प्रकारका कृतिहरू महाकविको कलमले सिर्जना गरेछन् ।

देवकाटालाई एउटा त्यस्तो प्रथम स्रष्टाको रूपमा आदर गर्नुपर्दछ जसको विशाल चेतना र क्षमता तीनवटा भाषामा सिर्जना गर्न सक्ने थियो । त्यही शक्तिले नेपाली भाषा साहित्यको जग उनैले बसाएका थिए । नेपाली माटोबाट प्रथम महाकाव्य जन्माएका थिए । मनमा यिनै कुरा राखेर देवकोटालाई निम्नानुसार अर्काे दृष्टिले पनि प्रस्तुत गर्न चाहन्छुः

एउटा गम्भीर र विस्तृत विश्लेषणले मात्र महाकवि देवकोटा को थिए भन्ने विषयको ससानो चित्र असली चित्र प्रस्तुत गर्न सकिन्छ । यहाँ समय र स्थानको सीमितताले गर्दा भनेजति गर्न नसकुँला । त्यसकारणले म एउटा त्रि–स्तरित स्थलाकृति (टोपोग्राफी) प्रस्तुत गर्दछु जसले महाकविको सिर्जनात्मक जगतलाई आकृति दिएको छ । जुन चाहिँ महाकविलाई बुझ्ने एउटा छोटो मार्ग हुनेछ । जुन चाहिँ दार्शनिक रूपले उनीसँग पुग्ने मेरो विश्लेषण मार्ग पनि हुनसक्छ किनभने यो कुरा म पहिलो पल्ट यहाँ प्रस्तुत गर्दछु । अघिका समीक्षकबाट यस्तो आएको मलाई थाहा छैन । यो बौद्धिक समाज समक्ष कसरी महाकविलाई चिनाउँ भन्ने चिन्ता गर्दागर्दै छ महीनापछि मेरो मनमा त्रि–स्तरित स्थलाकृति बनिएको हो ।

यसको प्रत्येक स्तरलाई एउटा वतावरणीय वा भौगोलिक परिवेश मान्न सकिन्छ । जसले कविको अवस्थितिको निर्माण गर्दछ । यो अवस्थितिले अर्थात् यस भूमिले लेखकलाई पात्रहरू दिन्छ, कथानक दिन्छ, विषयवस्तु दिन्छ परिवेश र थिमहरू दिन्छ । देवकोटाले आफ्नो सिर्जनात्मक यात्रालाई आफ्नै गाउँठाउँको माटोबाट शुरु गर्दछन् । त्यसपछि दोस्रो श्रृङ्खलामा गएर उनी प्राचीन भारतवर्षमा टेक्न पुग्दछन् । त्यसपछि तेस्रो भूगोलमा पुगेर उनी प्राचीन ग्रीसेली भूमिमा पदार्पण गर्दछन् जुन चाहिँ एक महान् सभ्यताको आधारशीला हो । जसलाई अनेक देवी देवताहरूले रक्षा गरेका थिए । जुन आज रहस्यमा वेष्टित छ । ती त्रि–स्तरित स्थलाकृति विभाजनहरू अत्यन्तै महत्वपूर्ण आँखीझ्यालहरू हुन् । जसबाट महाकवि देवकोटाको दर्शनलाई एक झल्कामा हेर्न सकिन्छ ।

देवकोटाले आफ्नो सिर्जनात्मक यात्रालाई आफ्नै गाउँठाउँको माटोबाट शुरु गर्दछन् ।

प्रथम स्तर

सर्वप्रथम देवकोटालाई एउटा महान् प्रतिभा ठान्ने कारण के छ भने उनका शक्तिशाली शब्दमा जनसामान्यले आफ्नै स्वर सुने । आफ्ना पीडा देखे, आफ्ना चिन्ता र प्रकृतिका कोमल स्वरूप अनि तीबाट निसृत चरम आनन्दहरू त्यहीँ देखे । महाकविले तिनीहरू (जनता) लाई महान् सत्य चिनाए । उनको राष्ट्रप्रेमी भावनाले जनतामा राष्ट्रगौरवको राँको सल्कायो । गरीब दुःखीहरूको दीनहीन स्थिति देखायो र त्यसमा उनको मानवतावादी दृष्टिकोण पनि छर्लङ्ग पार्‍यो । सम्पूर्ण राष्ट्र व्यापक अन्धकारमा छटपटाइरहेको थियो । यहाँका जनता अकल्पनीय रूपले यातना र पीडा खपिरहेका थिए । यसै कारणले पछि शासकहरूका विरुद्धमा विद्रोह भयो । अत्याचारीहरूले अग्रदूतहरूलाई पक्रिए, जेल नेल यातना दिए, देश निर्वासित गरे, अनि अन्त्यमा चार सपूत (गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री र दशरथ चन्द सन् १९४१) को सहादतले गर्दा नेपालमा प्रजातन्त्रको विहान उदायो । यस कालका सम्पूर्ण रचनाहरू सम्पन्न गर्न करीब दुई दशक लाग्यो ।

यी रचनाले सन्त्रास र बन्धन दुवै कुरा देखाउँछन् । यसमा उनले पहाडी पुकार, चम्पा, भिखारी, गाइनेको गीत, मुनामदन, लुनी, सुलोचना, शाकुन्तल जस्ता कृति सिर्जना गरे । यी प्रायशः काव्यात्मक रचना हुन् । यिनीहरूले नेपाली जीवनका गौरव गाथा गाउँछन्, जनताका पीडा र आनन्द देखाउँछन्, यहाँको प्रकृति र सौन्दर्य देखाउँछन् । वास्तवमा यी सिर्जना वास्तविक नोपली सभ्यताका प्रतिविम्बन हुन् । यी रचनाका सबै पात्रहरू नेपाली माटोबाट जन्मेका छन् । यिनले आफ्नै वाणी बोल्दछन् । समाजका दुर्नीतिहरू खोल्दछन् । जुन समाजचाहिँ अज्ञान र अविवेकले निसास्एिको थियो।

तर महाकवि एक महान् मानवतावादी व्यक्तित्व भएकाले गर्दा आफ्ना प्रत्येक रचनामा दर्शनको झिल्का छोडेका छन् । उनका व्यापक सिर्जनाले आधुनिक युगको नेपाली साहित्यलाई आकार दिएका छन् । यसरी उनका रचनाले लेखनाथ पौड्याल जस्ता शास्त्रीय परम्पराका स्रष्टाहरूबाट अलग्गिएको एक प्रस्थान विन्दु देखाउँछन् । उनले आधुनिक विधाका सबै पक्षको विस्तारमा योगदान दिए । यस कालका रचनाहरू नेपाली माटोमा उम्रिएका छन् र तिनीहरूले आधुनिक लेखन शैलीलाई आकार दिन्छन् । त्यसो त उनी वर्डस्वर्थ, शेली, किट्स् जस्ता रोमान्टिकहरूबाट गहिरो गरी प्रभावित थिए ।

मुनामदनको लोकप्रियता अत्यन्तै व्यापक छ । यसमा आधारित सिनेमा बनेको छ । अनेकौँ डकुमेन्ट्रि बनेका छन् । रङ्गमञ्चीय प्रस्तुतिहरू छन्, कलाकृतिहरू छन् र यसमा आधारित उप–कलाहरू निरन्तर आइरहने छन् । यसले नेपालीको वास्तविक जीवन र संस्कृति प्रस्तुत गरेको छ ।

देवकोटाको सिर्जनाको पहिलो स्तर यही नै हो । यस कालको उनको सर्वाधिक महœवको अति प्रिय कृति मुनामदन नै हो । यसमा एक नेपाली युवकले गरीबीको उत्पीडनबाट मुक्त हुन काठमाडौँ छोडेर ल्हसा यात्रा गरेको कथा छ । एक महीनाको बाटो हिँडेर ल्हासा पुगेर कमाएर धेरैपछि फर्किँदा आफ्नी आमाको देहान्त भइसकेको थियो । जसका इच्छा पूरा गर्न सुन र धनसम्पत्ति ल्याउन ऊ ह्लासा गएको थियो । त्यतिमात्र होइन फर्केर आइपुग्दा आफ्नी प्राणप्यारी मुनाको पनि प्राणान्त भइसकेको थियो । मुनाले अघि नै सम्झाउँदै नजानोस् घरैमा बसौँ, दुःख सुख गरौं भनेर एउटा मन्त्र गाएकी थिई :

हातको मैला सुनको थैला के गर्नु धनले
सागर र सिस्नो खाएको बेस आनन्दि मनले ।

तर जसको निमित्त सम्पत्ति आर्जन गर्न गयो नेपाली युवा ती दुवैजनाले प्राण छोडिसकेका थिए । यो एक युगान्तकारी र प्रतीकात्मक कथा हो । आजका नेपालीहरू पनि त्यसैगरी घरको इच्छा पूरा गर्न नयाँ प्रकारका ह्लासाहरू धाइरहेका छन् । त्यस्तै निराशा र पीडा बोकेर आइरहेछन् । यो खण्डकाव्य गीति लयमा झ्याउरे छन्दमा देवकोटाको जीवन दर्शन बोकेर आएकोले गर्दा अत्यन्तै लोकप्रिय भएको छ । यद्यपि यस प्रकारको लोक गाथा काठमाडौँको नेवारी संस्कृतिमा अघि नै भएको कुरा पनि विदितै छ । तर महाकविका कलाले यसमा उच्चता भर्‍यो । उनको जीवन दर्शन हेर्नलाई तलका दुई पंक्ति पर्याप्त हुनेछन् । यीबाट उनको मानवतावाद दर्सिन्छ । उनी त्यसबेलाको विकराल रोग नेपाली समाजको पीडा जातभात, छुवाछुत र अरू प्रकारका भेदभावहरूले, अशिक्षा र अन्धकारले मकाएको समाजलाई त्यसो गर्नु हुँदैन भन्ने दृष्टान्त देखाउन एउटा भोटेको वाणीमा उनी लेख्छन् :

क्षेत्रीको छोरा यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातल हुँदैन

मुनामदनको लोकप्रियता अत्यन्तै व्यापक छ । यसमा आधारित सिनेमा बनेको छ । अनेकौँ डकुमेन्ट्रि बनेका छन् । रङ्गमञ्चीय प्रस्तुतिहरू छन्, कलाकृतिहरू छन् र यसमा आधारित उप–कलाहरू निरन्तर आइरहने छन् । यसले नेपालीको वास्तविक जीवन र संस्कृति प्रस्तुत गरेको छ । त्यसमाथि यसमा रहेको सरल जीवन दर्शन, प्रकृतिको प्रस्तुति र काव्यात्मकता नै मानवहृदयलाई छुने खालको छ । त्यसैले हिन्दी, मैथिली, भोजपुरी, असमिया, तिब्बती, रुसी जस्ता अनेक भाषामा मुनामदन पुगेको छ । अंग्रेजीमा मात्रै आठ अनुवादकले यो कर्म गरेका छन् । फ्रान्सेली भाषामापनि मुनामदन अनुदित हुनै लागेको छ । वास्तवमा महाकविले मेरो सर्वप्रिय कृति यही हो भनेर भनेका पनि थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक