बिहीबार, असोज ७, २०७८

नेपाल के पर्खिरहेको छ ?

सन्जय घिमिरे२०७८ भदौ १९ गते १८:०५

आज भन्दा २० वर्षअघि कुनै दिन सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिश विश्वनाथ उपाध्यायसँग ज्ञानेश्वरस्थित उनकै घरमा सम्वाद गरिरहेको थिएँ । तत्कालीन समयको अनिश्चयमा उपाध्याय पटक पटक प्रश्न गरिरहेका थिए –
“के हुने हो ? नेपाल के पर्खिइरहेको छ ?”

करिब तीन घण्टाको सम्वादका केही प्रकाशीत अंशहरु केही दिन अघि फेरि खोजेर पढें । यही वाक्यमा गएर म टक्क रोकिएँ । दोहोर्‍याइ तेहेर्‍याइ पढें । नेपालमा यी बितेका २०, २२ बर्षलाइ हेरें । यी २०, २२ वर्षमा भएका ठुला साना राजनैतीक परिवर्तनलाइ सम्झें । नेता र दलका चालहरुलाइ सम्झें । नेता र दलका सोच र तिकडमहरुलाइ सम्झें । उनका बोली र व्यबहारहरुलाइ सम्झें । उनीहले भनेका र गरेका कुराहरु सम्झें । नेताहरुका अनुहारहरु त एक एक सम्झें, श्राद्धमा पित्तृहरुलाइ सम्झेझैं गरी, नछुटाइ ।

सबै सम्झेपछि उबेला विश्वनाथ उपाध्यायले गरेकै शैलीमा चिच्याएर मलाइ पनि सोध्न मन लाग्यो – साँच्ची नेपाल के पर्खिरहेको छ ?

लामो समयको अनिश्चय, अनिष्टको संकेत हो । लामो समयको घाउ अनिष्टको संकेत हो । घाउ जती लामो भयो त्यति बढी क्यान्सरको खतरा हुन्छ । नेपालमा राजनितीक घाउ लागेको र बिसेक नभएको धेरै भयो । लामो समय भयो । घाउ बिसेक हुने अझै कतै छेकछन्नै छैन । बरु बिग्रँदो छ ।

फुटेको एमाले, रंग हराएको कांग्रेस, थलिएको माओवादी, दाउ छोप्न बसेका मधेशवादी, झर्ला र खाउँला भनेर बोटमुनी बसिरहेका भुरे टाकुरे दलहरु, आफ्नो अस्तित्व बचाउन नसकेको नागरिक समाज र रावणका भन्दा धेरै टाउका भएको पत्रकारिता । त्यसमाथि बुझिनसक्नुको नेपाली मनोविज्ञान ।

यसो गरे बिसेक हुन्छ कि भनियो, त्यसै गरियो । उसो गरे बिसेक हुन्छ कि भनियो, उसै गरियो । औषधीहरु पनि धेरै चलाइयो । अब त बरु औषधीहरुका ‘साइड एफेक्ट’ हरु देखिन थाले, घाउ बिसेक हुने छेकछन्नै छैन । बरु घाऊ अरु बिग्रने र क्यान्सरको खतरा पो बढदो छ ।

भगवान छन् भने उनले हेरुन् – नेपालको राजनीतीक घाउ, क्यान्सरको कारण नबनोस् । तर लक्षणहरु राम्रा छैनन् । पटक्कै राम्रा छैनन् ।

फुटेको एमाले, रंग हराएको कांग्रेस, थलिएको माओवादी, दाउ छोप्न बसेका मधेशवादी, झर्ला र खाउँला भनेर बोटमुनी बसिरहेका भुरे टाकुरे दलहरु, आफ्नो अस्तित्व बचाउन नसकेको नागरिक समाज र रावणका भन्दा धेरै टाउका भएको पत्रकारिता । त्यसमाथि बुझिनसक्नुको नेपाली मनोविज्ञान । यस्तो मनोबिज्ञान, जो विश्व पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जागीर पाएकोमा हर्ष बर्ढाइ गर्छ । शेरबहदुर देउवा सरकारको राजनीतीक नियुक्ति खाएका पौडेलले कुनै ठुलो माछो मार्न सक्दैनन भन्ने जान्दा जान्दै त्यसैको हर्ष बढाइ गर्छ ।

यस्तो मनोविज्ञान, जो प्रियंकाको पेट ‘पोज’लाइ मातृत्व ‘सेलेब्रेशन’ भन्छ र त्यसैमा तर्क वितर्क गर्न रमाइलो मान्छ । तर रविन्द्र मिश्रबाट जनमत संग्रहको प्रस्ताव सुन्ने बिीत्तकै बुर्लुक्क उफ्रन्छ । यस्तो मनोविज्ञान, जो बलीऊडका सिद्धार्थ शुक्लाको मृत्यले बिथोलिन्छ तर निशा घिमिरेको मृत्युमा कुनै दुख मनाउ गर्न जान्दैन ।

यस्तो मनोविज्ञान जो सलमान खानको दबंगमा दंग पर्छ, तर जयसिंह धामीलाइ टाढाको मान्छे ठान्छ । यस्तो मनोविज्ञान, जो आफ्नाका डरलाग्दा अपराधलाइ पनि क्रान्ती ठान्छ र अर्काका सही क्रान्तीलाइपनि अपराध मान्छ ।

यस्तो मनोविज्ञान, जो आफ्नी केटीसाथीलाइ ‘गर्लफ्रेन्ड’ भन्छ र अर्काकी उस्तै साथीलाइ ‘रखैल’ भन्नमा स्वाद मान्छ । यस्तो मनोविज्ञान, जसलाइ आफ्ना मूर्खहरुपनि बिद्धान लाग्छ र अर्काका बिद्धानहरुपनि मूर्ख लाग्छ ।

यस्तो मनोबिज्ञान, जो नेपालको अर्थतन्त्र धान्ने बिदेशीएका नेपालीलाइ ‘भगौडा’ भन्छ र मातृभुमिमा बसेर मातामाथी नै अत्याचार गर्नेहरुलाइ ‘सच्चा मातृभक्त’ ठान्छ । यस्तो मनोविज्ञान जो आफुले जोडेको सम्पत्तीलाइ ‘कमाएको’ भन्छ र अर्कोले कमाएको सम्पत्तीलाइ ‘भ्रष्टाचार’ भन्छ ।

यस्तो मनोविज्ञान, जो आफ्नी केटीसाथीलाइ ‘गर्लफ्रेन्ड’ भन्छ र अर्काकी उस्तै साथीलाइ ‘रखैल’ भन्नमा स्वाद मान्छ । यस्तो मनोविज्ञान, जसलाइ आफ्ना मूर्खहरुपनि बिद्धान लाग्छ र अर्काका बिद्धानहरुपनि मूर्ख लाग्छ ।

यस्ता बिचीत्रका मनोविज्ञानहरु लिएर बसेको नेपालले साँच्ची के पर्खिरहेको छ ? साँच्ची यी शेरबहादुर देउवा किन केका लागी पटक पटक प्रधानमन्त्री भैरहेका छन् ? र यीनले के माछो मार्छन् ?

साँच्ची दलहरु र तीनका नेताहरु किन पटक पटक फेल भएका छन ? किन पटक पटकका महँगा परिवर्तनहरुपनि सस्ता राजनैतीक चलखेलका विषय मात्र भएका छन ? किन ठुला परिवर्तनहरुले पनि नराम्रा परिणामहरु मात्र ल्याइरहेका छन ?

औषधी (व्यवस्था) नक्कली परेको हो कि डाक्टरहरु (नेताहरु) खराब भएका हुन वा बिरामी (जनता) मानै समस्या छ ? गहिरा बहसहरुको जरुरी छ । तर यस्ता गहिरा बहसहरुको छेकछन्नै छैन । नेपालको भाग्यमा के लेखेको छ कुन्नी ?

साँच्ची दलहरु र तीनका नेताहरु किन पटक पटक फेल भएका छन ? किन पटक पटकका महँगा परिवर्तनहरुपनि सस्ता राजनैतीक चलखेलका विषय मात्र भएका छन ?

यसो हेर्दा, नेपाल र नेपालीको भाग्यमा हरिदेवी कोइरालाले गाएको एउटा पछिल्लो तीज गितमा भने झैं ‘चुहने ढुंग्रो र हतुवा भैसी’ कहिले नटुटने लेखेको जस्तै लाग्छ ।

बिचरा बा, भैंसी दुहेको दुहेइ छन्, ढुंग्रो चुहिएको चुहियै छ । यसो हेर्दा नेपाल र नेपालीको भाग्यमा उनै कोइरालाले भनेजस्तै ‘रुझेका दाउरा र चुहने तसला’ कहिले नटुटने लेखेको जस्तै लाग्छ ।

बिचरा आमा आगोको फुकेको फुक्यै छन्, आगो बल्दैन । बलोस पनि कसरी ? रुझेका दाउरा छन् । त्यसमापनि माथिबाट पानी चुहिएको छ ।

यसैले मलाइ आज फेरि विश्वनाथ उपाध्यायलाइ सम्झेर उनकै शब्दमा सोध्न मन लागीरहेको छ – नेपाल के पर्खिरहेको छ ?

तपाइँको प्रतिक्रिया

फेसबुक