शनिबार, असोज २, २०७८

बुढीको रिस (दोस्रो भाग)

निल थापा / कोपेनहेगन, डेनमार्क२०७८ भदौ १९ गते १५:४९

(यसको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस)

औषधि खायौ ?
झ्यालमा टोलाएर हेरिरहेको बुढालाई बुढीले प्रश्न गरी । टाउको हल्लाउँदै खाएँ भन्ने संकेत गर्छ बुढा ।

भनेकै थिएँ नि राजनीति -राजनीति भन्दै यो विदेशमा नदौड । अरुको बारेमा धेरै चिन्ता नगर । ईर्स्या नगर भनेर ।

आखिरमा यो विदेशमा पनि खाई न पाईको राजनीतिले तिमीलाई छाडेन । डिप्रेसनको ओषधि खानुपर्यो बेकारमा तिमीले । बुढा प्रति हेर्दै बुढी दु:खि हुन्छे।

बुढी फेरि भन्छे ‘जे भयो भयो अब धेरै टोलाएर नबस । अघिल्लो महिना म धेरै रिसाएँ’ माईन्ड नगर है !

हुनत नरिसानउनु पनि कसरी तिमी काम नै त्यस्तै गर्छौ ?

अरुहरु व्यापार गर्या छन् । काम गर्या छन् । फुर्सदमा परिवारसँग घरघरमा बस्या छन् । रमाईलो गर्या छन् । तिमीलाई भने सधैंको दौडधुप चाकडीबाज ।
कसलाई जिताउने ? कसलाई हराउने ? कसलाई कारबाही गर्ने ? कोसँग पैसा माग्ने ? कसको खाने ? यस्तो मात्रै चिन्ता छ । अनि रोग लागि हाल्छ नि ।

आज तिम्रो लागि म बाहेक अरु को नै काम लाग्यो र ? बुढी निरास देखिन्छे । महाभारतमा भिष्मले “कोहीपनि कसैको साथी हुँदैनन् कोहिपनि कसैको हितचिन्तक हुँदैनन्, व्यक्ति केवल रुचिको अभिप्रायबाट मित्र वा शत्रु बन्छ” भनेर त्यसै भनेका छन् र ?

साँच्चै भन्दा सबैका घरमा पोथी बास्नै पर्दो रहेछ । ताकि सबैका घरका भालेलाई नि थाहाहोस् कि मेरो बराबरको हैसियतको बास्ने यो घरमा अरुपनि कोहि छ भनेर ।

अनि तिमीलाई चैं आफ्ना खराब साथीहरुले जे भन्यो त्यसरी नै उचालिनुपर्ने ?
बुढी महाभारतको एक अध्यायको केही अंश वर्णन गरेर सुनाउँछे ।

अनि सबैले तिम्रै कुरा सुन्छन् भन्ने के छ र ? सबैले आफ्नो आफ्नो फाईदा हेर्छन् ।

त्यही हाम्रै घरमा बस्ने केटोले त फलानो दाईलाई त चुनावमा मैले पैसा हाल्देको । नेपाल जाँदा टिकट किन्देको । त्यही भएर मलाई मनोनितमा ल्याएको भन्न भ्याए छ जाँड खाएर अरुसँग । अझ गाडिमा तेल नि हाल्दिन्छु बेलाबेलामा भन्दै थियो रे ।
कुनदिन त्यसको बुढीले लाको सारी नि मैले किन्देको भन्छ अनि बढ्छ ईज्जत तिम्रो।
तिमीलाई ठिक्क पार्छ अनि अन्त अरुसंग पिउने जाँडरक्सी खाँदा मनलाग्दी बोल्छ त्यो पनि ।

सबै त्यस्तै हो तिम्रा अरु साथीहरु पनि ।

बुढा बुढीको कुरा सुनी राख्छ केही प्रतिक्रिया जनाउँदैन ।

बुढी कुरा थप्छे – अब सुर्ती चुरोट नखाऊ नि । फेरि लुकिलुकि खाऊला नि । तिम्रै स्वास्थ्यको लागि भन्या मैले ।

साथीहरु नै उस्तै छन् तिम्रा । सबै तिम्रो मुर्खताको फाईदा लिने । त्यति नि बुज्दैनौ । फलानो त यस्तो उस्तो भनेर तिमीलाई ठूलो पारेर उचालेर फाईदा लिन खोज्दैछन् ती चतुरेखालका साथीहरुले। तिमीभने सधैं मुर्खको मूर्ख ।

तिमीले चुनावै जितेर ठूलो पद पाए जस्तो गरेपनि खै के पायौ त ? यो समाजमा तिमीलाई लुतो आको कुकुरजस्त‌ै गर्छन् । घृणा मात्र गर्छन मान्छेहरुले । तिमीलाई देख्यो भने मुन्टो अन्त फर्काउँछन् । अनि कति सहनु मैले । बुढी हुँ म तिम्रो । मन दुख्छ नि मेरो । समाजमा तिमीलाई सबैले छि:छि गर्दा ।

बुढी सार्है निरस हुन्छे ।

यस्ता खुराफाती काम गरेर ईज्जत् बढ्छ होला त तिम्रो ? भोट एउटालाई माग्छौ आत्मिय मित्र भन्दै बधाई चैं अरुलाई ?

अब अस्ति त्यो के जाति को चुनावमा नि त्यसै गर्यौ ? मैले घरमै बस कहिं जानुपर्दैन भन्दा भन्दै साथीहरुले बोलाए भनेर दौड्यौ ।

हुँदाहुँदै क्षेत्रिय राजनीति भन्दै चियादोकान खोलेर बस्यौं । चुनाव हो लागेपछि कि खुलेर लाग्नु नि जसले जिते नी हारे पनि । दुईतिर नै ठिक्क चै किन पार्नु ? चुनावमा भोट अरुलाई माग्ने अनि भोलिपल्ट जितेकालाई ‘आत्मिय मित्र’ भन्दै बधाई दिन नि भ्यायौ होईन ।

तिम्रो आत्मियमित्र भए । मलाई चैं किन भोट चैं त्यो अर्कोलाई हाम्रो क्षेत्रको भाई हो उसलाई हाल है भनेर त्यो गोबरलाई भोट हाल्न लायौ ? यस्ता खुराफाती काम गरेर ईज्जत् बढ्छ होला त तिम्रो ? भोट एउटालाई माग्छौ आत्मिय मित्र भन्दै बधाई चैं अरुलाई ? तिम्रो आत्मीय मित्र भए किन बधाई दिए जसरी चुनावको दिन भोट नमाग्या त ? फेसबुकमा मेरो आत्मीय मित्रलाई भोट दिनु भनेर लेख्यौ त ?

जितिसके पछि फेसुबुकमा जात्रा देखाएर हुन्छ ? तिम्रो चरित्र कस्तो छ ? सबैलाई थाहा नै छ त यो समाजमा ।

तिम्रो त्यो गँजेडि साथी त झन सदस्य नबने पनि भोलिपल्ट मंचमा आसन ग्रहणमा पुग्या थियो रे । कालो कोट लाउँदै ।

मान्छे भन्द‌ै थिए रे । पूर्व अध्यक्ष भएर सदस्य नहुने अहिले सम्मान खान आउने भनेर । मान्छे कालो, मन कालो हुदाँहुँदा कोट नि कालो भन्द‌ै मान्छेले मजाक बनाए रे ।

हेर “मान्छेका ईच्छा आंकाक्षा, आशा उत्कन्ठा, विश्वास अविश्वास, ईर्श्या प्रेम, घृणा र सदभावना समय अनुसार बदलिन्छ ।” अब सधैं एउटा कुरामा अल्झेर नबस । अब त सुध्र बिन्ति छ मेरो । बुढी बुढालाई बिनम्र गर्छे ।

हिजो नेपालका दु:ख सम्झ त, नेपाल छाडेर आका दिनहरु सम्झ त । नेपाल छाड्दा तिमी विदेशमा राजनीति गर्न आका थियौ ? के तिमीले समाजमा गरेका कार्यहरु ठिक छन् त । सम्झत एक पटक।

मान्छेको विचार फरक फरक होला । तर हामी नेपाली सानो भएपनि यहि विदेशी समाजमा जोडिएको होईन । मान्छेले त क्षमता,खुबी र प्रतिस्पर्धाबाट पो माथि पुग्ने हो त । राजनीति भन्ने वितिकै छलकपपट, जालझेल नै गर्नुपर्ने ?

मान्छे समय अनुसार आफ्नै परिवारसँग त बस्दैन । अनि तिमीले भनेको ठिक भनेर को पछि लाग्ला सधैं । बिन्ति अब धेरै यस्तो काम नगर । छोराछोरीहरु नि बुझ्ने भईसके ।

बुढी बुढालाई बदलिन अनुरोध गर्छे।

हेर “मान्छेका ईच्छा आंकाक्षा, आशा उत्कन्ठा, विश्वास अविश्वास, ईर्श्या प्रेम, घृणा र सदभावना समय अनुसार बदलिन्छ ।”

बूढो बिस्तारै बोल्छ – भो चिन्ता नगर । जे भयो भयो बिर्सि दे सबै । अब म यो सबै छाडिदिन्छु । गल्ति मेरै हो । मैले काम परिवार भन्दा नि अरु कुरालाई नै महत्व दिएँ । म महत्वकांक्षी भएँ । राजनीतिको नसाले मलाई अन्धो बनायो ।
विदेशी भुमिमा पनि म अंहकारी भएँ । म नै ठूलो । म नै जान्ने । मैले भनेको नै ठिक जस्तो लाग्थ्यो । यो भ्रम रहेछ बुढी । आजबाट म सबै छाडिदिन्छु । काम गर्छु । पैसा कमाउँछु । तिमीहरूलाई खुसि राख्छु । ईज्जतको जिन्दगी बाँच्छु । राजनीति गरेपनि विचारले, स्वच्छ प्रतिष्पर्धाले, निष्ठा र ईमानदारीका साथ गर्छु ।
बुढा बदलिने संकल्प गर्छ ।

बेकारमा “पोथी बास्या” लेख्यो भनेर छिमेकिसँग झगडा गरे । कारबाही गर्छु भने । सबै बेकार रहेछ ।

साँच्चै भन्दा सबैका घरमा पोथी बास्नै पर्दो रहेछ । ताकि सबैका घरका भालेलाई नि थाहाहोस् कि मेरो बराबरको हैसियतको बास्ने यो घरमा अरुपनि कोहि छ भनेर । जसरी तँ बासेर मेरो आँखा खोलिदिईस ।

बूढो बुढीतिर हेर्दै हाँस्छ ।

यसपाली यस्तै भयो । कोरोनाले नि दु:ख दियो । काम नि राम्रोसँग गर्न पाईएन । अब बिस्तारै काम बढ्दै छ । म यो वर्ष दुई ठाउँ फुल टाईम काम गरेर भएपनि पैसा कमाउँछु । अनि यो अपार्टमेन्ट बेचेर नयाँ ठाऊँमा भिल्ला लिऊँला । चिन्ता नगर ।

बुढा बुढीलाई ढुक्क बनाउँछ ।

अनि साँच्चै गहना भएन गहना भएन भन्दै थिईस नि पोहोर देखि । यसपाली चाँदीको पाउजु दुईटा, एक तोलाको सुनको झुम्का, दुई तोलाको तीनवटा आौंठी, दुई तोलाको शिरविन्दु अनि आठ तोलाको रानीहार मगाइदेको छु सालो केटोसँग ।
तिजमा दर खान जाँदा लाऊन पाउँछेस् ।

बुढी- बुढातिर हेर्दै मुसुक्क हाँस्छे ।

पहिलो भाग हेर्न तलको लिंक क्लिक गर्नुहोला

बुढीको रिस

(आलेखमा ब्यक्त सामाग्रिका पात्र काल्पनिक हुन् । कसैको कथासित मिल्न गएमा संयोग मात्रै हुने छ-नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक