शुक्रबार, वैशाख १४, २०८१

बन्दुक पड्काएर महिला आन्दोलन तोड्ने तालिवानको प्रयास

नेपालप्लस संवाददाता२०७८ भदौ २० गते १५:१६

Image- nhrf.no/norwegian human rights fund (file photo)

समान अधिकारको माग गर्दै सडकमा उत्रिएका महिलाहरुको आन्दोलनलाई तोड्न तालिवानहरुले बन्दुक पड्काएका छन् ।

तालिबानका विशेष सेनाले शनिबार आफ्ना हतियार हावामा पड्काएका थिए । नयाँ शासकहरुबाट समान अधिकारको माग गर्दै अफगानिस्तानका महिलाहरुले राजधानीमा भर्खरै प्रदर्शन गरेको मार्चको अन्त्य गर्न तालिवानहरुले अचानक बन्दुक पड्काएका थिए ।

शनिबार पनि पाकिस्तानको शक्तिशाली खुफिया एजेन्सीका प्रमुखले काबुलको अचानक भ्रमण गरेको फ्रंस २४ न्युजमा उल्लेख छ । तालिबानमाथि पाकिस्तानी खुफिया एजेन्सीको ठूलो प्रभाव परेको छ ।

तालिबान लडाकूहरुले गत महिना अफगानिस्तानको धेरै भाग कब्जा गरेर २० वर्षको युद्ध पछि अन्तिम अमेरिकी सेनाहरुको प्रस्थानको उत्सव मनाएका थिए । विद्रोही समूहले अब युद्धग्रस्त देशलाई शासन गरेर आर्थिक अवस्था सुधार्नुपर्ने छ जुन अन्तर्राष्ट्रिय सहायतामा धेरै निर्भर छ ।

काबुलमा महिलाहरुको मार्च दोस्रो दिनपनि शान्तिपूर्ण रुपमा शुरू भएको थियो । प्रदर्शनकारीहरुले अफगानिस्तानको रक्षा मन्त्रालयको बाहिर राष्ट्रपति भवन पुग्नुअघि तालिबानसँग लडेर ज्यान गुमाएका अफगान सैनिकहरुको सम्मानमा माल्यार्पण गरेका थिए ।

“हामी यहाँ अफगानिस्तानमा मानव अधिकार प्राप्त गर्न लागेका छौं” २० वर्षीया प्रदर्शनकारी मरियम नायबीले भनिन् “म मेरो देशलाई माया गर्छु । म सधैं यहिँ हुनेछु । ”

आन्दोलनकारीहरुको चर्को आवाज बढ्दै जाँदा धेरै तालिबान अधिकारीहरु उनीहरु के भन्न चाहन्छन् भनेर सोध्न भीडमा पसेका थिए ।

प्रदर्शनकारीहरु मध्ये विश्वविद्यालयकि एक छात्रा २४ वर्षीया सुदाबा कबिरीले आफ्नो तालिबान वार्ताकारलाई भनिन् “इस्लामका वक्ताले महिलाहरुलाई अधिकार दिएका छन् र उनीहरु त्यो चाहन्छन् । तालिबान अधिकारीले महिलाहरुलाई उनीहरुको अधिकार दिइने वचन दिए । तर सबै २० वर्षे हाराहारीका महिलाहरु शुरुमा शंकास्पद थिए ।

प्रदर्शनकारीहरु राष्ट्रपति भवनसम्म पुग्नै लाग्दा एक दर्जन तालिबान बिशेष सेनाहरु भीडमा पसेका थिए । तिनले हवाइ फायर गरे र प्रदर्शनकारीहरुलाई भाग्न आदेश दिए । उनीहरुले अश्रु ग्यास पनि प्रहार गरेको एपीलाई बताएका छन् ।

तालिबानले सन् १९९६ देखि २००१ सम्म अन्तिम पटक शासन गरे भन्दा एक समावेशी सरकार र इस्लामी शासनको एक अधिक मध्यम ढाँचाले शासन गर्ने, देश विकास गर्ने, महिला अधिकार सुनिस्चित गर्ने लगायतका अनेकौं आश्वासन दिएको छ ।

विगत दुई हप्तादेखि धेरैजसो तालिबान अधिकारीहरु आपसमा भेटघाट गरिरहेका छन् । उनीहरुका बिचमा मतभेदहरु उब्जिरहेको छ । शनिबार बिहानै छिमेकी पाकिस्तानका शक्तिशाली गुप्तचर प्रमुख जनरल फैज हमीदले काबुलको अचानक भ्रमण गरेका छन्। तालिबान नेतृत्वलाई उनले के भन्न खोजेको हो त्यो स्पष्ठ भएको छैन । तर पाकिस्तानी गुप्तचर सेवाको तालिबानमा बलियो प्रभाव छ ।

तालिबान नेतृत्वको मुख्यालय पाकिस्तानमा थियो । र त्यो पाकिस्तानको शक्तिशाली अन्तर सेवा गुप्तचर एजेन्सीसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताइएको थियो । यद्यपि पाकिस्तानले तालिबानलाई सैन्य सहायता प्रदान गर्न नियमित रूपमा इन्कार गरेको छ । तर यो आरोप अक्सर अफगानिस्तान सरकार र अमेरिकाले लगाएका थिए ।

फैइजको यो भ्रमण त्यस्तो बेला भैरहेको छ जुनबेला विश्वले तालिबानले अन्ततः कस्तो सरकारको घोषणा गर्छ भनेर चनाखोपूर्वक हेरेर बसेको छ । समावेशी, महिला अधिकार र देशका अल्पसंख्यकहरुको सुरक्षा सुनिश्चित गर्ने सरकारको खोजीको प्रतीक्षा विश्वले गरिरहेको छ ।

तालिबानले ब्यापक जनसहभागितामा आधारित सरकारको वचन दिएको छ । पूर्व राष्ट्रपति हमिद कारजाई र सरकारका पूर्व वार्ताकार प्रमुख अब्दुल्ला अब्दुल्लाहसँग वार्ता भएको छ । नयाँ सरकारको रूपरेखा भने अनिश्चित छ । तालिबानबिच कट्टरपन्थीधार हाबी हुन्छ कि खुल्ला हुन चाहेको धार भन्ने प्रस्ट भएको छैन । स्वतन्त्र हुन रुचाउने धार हाबी भएमा महिला अधिकार, मानव अधिकार, अल्पसंख्यक समाबेशि आदि विषयले स्थान पाउने छ ।

तपाइँको प्रतिक्रिया