बिहीबार, चैत १५, २०८०

अफ्रिकाका ११ देश जोड्ने हरियो पर्खाल

नेपालप्लस संवाददाता २०७८ भदौ २० गते २०:०२

Image credit-desertification.wordpress.com

ग्रेट हरियो पर्खाल आधिकारिक रूपमा २००७ मा अफ्रिकी संघद्वारा शुरू गरिएको थियो । यसको उद्देश्य पश्चिममा डाकार देखि पूर्वमा जिबूतीसम्म अफ्रिकाभर जोड्ने हो । वनस्पतिको एक विशाल पट्टी बनाएर मरुभूमिसँग लड्न भनेर घोषणा गरिएएको थियो, यो पर्खाल । पर्खाल अन्तत : ८,००० किलोमिटर भन्दा लामो बनाउने घोषणा गरिएको थियो । यसले ११ अफ्रिकी देशहरुलाई पार गर्छ । २००७ देखि परियोजना विकसित भएको हो । यो परियोजनाको लक्ष्य लाखौं रोजगारी सिर्जना गर्ने छ । तर आलोचकहरुका अनुसार अहिले प्रगति रोकिएको छ ।

सेप्टेम्बर २०२० मा जारी संयुक्त राष्ट्र संघको रिपोर्टलाई उत्साहजनक भन्न सकिन्छ । सन् २०३० मा पुरा गर्ने भनिएक योइ ग्रेट ग्रीन पर्खालको उद्देश्य मात्र ४ प्रतिशत हासिल भएको छ । एक करोडको लक्ष्य मध्ये मात्र ४० लाख हेक्टर पुनर्स्थापित गरिएको छ ।

त्यसको पूर्ण भाग मध्ये आधा एउटा देशमा मात्रै अवस्थित छ, इथियोपिया । यहाँको वनलाई पूनर्स्थापित, फेरि जगाउने कार्यक्रम छ ।

जनवरी २०२१ मा पेरिसमा एक शिखर सम्मेलन (वान प्लानेट समिट) मा दाताहरुले यो परियोजनाको लागि अर्को पाँच वर्षमा १४ अरब ३० करोड डलर उठाउने वाचा गरिएको थियो । फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले यो प्रोजेक्ट बन्नुपर्ने भन्ने पक्षमा आफ्ना तर्कहरु दिएका थिए । यो महात्वाकांक्षी योजना अन्तरराष्ट्रिय समुदायाकालागि पनि प्रथमिकताको विषय बनेको छा ।

तपाइँको प्रतिक्रिया

फेसबुक