शनिबार, वैशाख १५, २०८१

ब्राजिल र अर्जेन्टिनाबिचको खेल कोरोना बिवादले स्थगित

नेपालप्लस संवाददाता२०७८ भदौ २१ गते ११:४७

अर्जेन्टिना बिरुद्ध ब्राजिलको विश्वकप छनौट भिडन्त कोरोना भाईरस प्रोटोकलको विवादले आइतबार किक-अफ पछि सनसनीपूर्ण ढंगले रोकिएको छ ।

साओ पाउलोको रंगशाला नियो क्विमिका एरिनामा अविश्वसनीय दृश्यहरुबिच दक्षिण अमेरिकी फुटबलका दुई दिग्गजहरुबिचको खेल रोकिएको थियो । ब्राजिलका सार्वजनिक स्वास्थ्य अधिकारीहरुको एक समूह मैदानमा आएपछि बिवाद देखिएलगत्तै खेल रोकिएको थियो । टीम स्टाफ र खेलाडीहरुसँग झगडा भएपछि खेल रद्द गरिएको हो ।

अर्जेन्टिनाका खेलाडीहरुले टिमको शर्ट नलगाई सुरुङबाट बाहिर निस्किएपछि बिवाद फैलिएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

बेलायतमा खेल खेलेका चार खेलाडीहरुलाई कोरोना स्वास्थ्य नियमको उल्लंघन गरेको भन्दै क्वारेन्टाईनमा राख्नुपर्ने भन्ने अर्जेन्टिनाका स्वास्थ्य अधिकारीले बताएपछि हस्तक्षेप गरिएको थियो ।

ब्राजिलको राष्ट्रिय स्वास्थ्य निगरानी एजेन्सी (एनभिआइएसए) का अनुसार प्रिमियर लिगका खेलाडीहरु जियोभानी लो सेल्सो, एमिलियानो मार्तिनेज, एमिलियानो बुयन्डिया र क्रिस्चियन रोमेरोले ब्राजिल प्रवेशमा स्वास्थ्य प्रावधानबारे गलत जानकारी दिएका थिए ।

रोमेरो, लो सेल्सो र मार्टिनेज सबै अर्जेन्टिनाको खेलको शुरूआत लाइनमा थिए जसले आइतबारको खेल शुरू गरेका थिए । त्यसपछि एनभिआइएसएको शर्ट लगाएका अधिकारीहरु मैदानमा प्रवेश गरेर स्वास्थ्य मापदण्ड पालना नगरिएको भन्दै हस्तक्षेप गरेका थिए ।

प्रिमियर लिगका चार खेलाडीहरुलाई उनीहरुले आफ्नो आगमन भन्दा १४ दिन अघि बेलायतमा समय बिताएको जानकारि नदिएको वा लुकाएको आरोप लगाइएको थियो ।

“हामी यो बिन्दुमा पुग्यौं किनकि ब्राजिलको स्वास्थ्य मापदण्ड अनुसार दिएको निर्देशन ति खेलाडीले पुरा गरेका थिएनन्” एएनभिआइएस एकानिर्देशक एन्टोनियो बारारा टोरेसले ब्राजिलियन टेलिभिजनमा भनेका छन् ।

“चार खेलाडीहरुलाई बेलायततिरै फिर्ता पठाउन पर्खिनुपर्ने भनेर अलग्गै रहन निर्देशन दिइएको थियो । तर उनीहरुले पालना गरेनन् । उनीहरु रंगशालातिर गएर मैदानमा प्रवेश गरे” एक स्वास्थ्य अधिअकरीले भनेका छन् ।

२३ जूनदेखि जारी एउटा सरकारी आदेशले कोरोना भाइरसको विभिन्न प्रकारको फैलावट रोक्न युनाइटेड किंगडम, भारत वा दक्षिण अफ्रिकाबाट आएका कुनैपनि विदेशी व्यक्तिलाई ब्राजिलमा प्रवेश गर्न निषेध गरेको छ ।

तपाइँको प्रतिक्रिया