बिहीबार, वैशाख ६, २०८१

नेपाली कांग्रेस स्थानिय अधिवेशन, गैंडाकोटमा बलियो हुँदै खगराज

नेपालप्लस संवाददाता / गैंडाकोट२०७८ भदौ २२ गते ८:४३

नवलपरासी जिल्लाले नेपाली कांग्रेसको राजनीतिमा विशेष महत्व राख्दछ । पंचायत कालमा भूमिगत कांग्रेसहरुका लागि यो जिल्ला निकै नै सुरक्षित मानिन्थ्यो । खासगरेर पुरानो गैंडाकोट अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा, बीपी कोइराला, रामचन्द्र पौडेल, गोविन्दराज जोशी लगायतका धेरै नेताहरुको सेल्टर बनेको थियो । अहिलेपनि गैंडाकोटलाई नेपाली कांग्रेसले आफ्नो सुरक्षित क्षेत्रमा राखेको छ । नेपाली कांग्रेसका अहिलेका महामन्त्री सशांक कोइरालाको राजनीति प्रवेश नवलपरासी जिल्लाको गैंडाकोट क्षेत्रबाट नै भएको थियो । उनले यसै क्षेत्रबाट तीन पटकसम्म चुनाव जितिसकेका छन् । स्व सूर्यभक्त अधिकारी र तिलक प्रसाद सापकोटाले ज्यान जोखिममा राखेर यो क्षेत्रको संगठन गरेका थिए । नेपाली कांग्रेसले सापकोटा र अधिकारीको योगदानको खास कदर नगरे पनि पहुँच हुनेहरुले भने यही क्षेत्रबाट मनग्य सहुलियत पाएका छन ।

गत भदौ १८ गते देखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशन गैंडाकोटमा भने सोमवारबाट मात्र शुरु भएको छ । साविकको गैंडाकोटमा नौं वडा मध्ये ८ वटा वडामा निर्विरोध रुपमा क्षेत्रिय प्रतिनिधि र वडा कार्य समिती चयन भएका छन भने वडा नम्बर ८ मा निर्विरोध समिती गठन गर्ने पहल भइरहेको जनाइएको छ । नगर समितिको अधिवेशन भने भदौं २७ गते हुँदै छ ।

मुख्य आकर्षण रहेको नेका नगर सभापतिमा दुई जना प्रभावशाली युवा सहित एक जना कांग्रेसका पुराना कार्यकर्ता मैदानमा छन । तिनै जना साविक गैंडाकोटका भएकाले पनि गतिलै प्रतिस्पर्धा हुने देखिन्छ । खगराज सापकोटा, खेम सापकोटा र बद्री सापकोटा यि तीन जनाको विचमा प्रतिस्पर्धा हुने छ । खगराज सापकोटा विगत दुई दशक देखी लगातार नेपाली कांग्रेसको राजनीतिमा छन् । उनले नेपाली कांग्रेसले सुम्पिएका अन्य बिभिन्न जिम्मेवारी पनि वहन गरीसकेका छन् । निम्न वर्गिय परिवारबाट आएका यिनको प्रभाव गैंडाकोट नगरमा गतिलै छ । चुनावी मैदानमा यिनीसँग कुनै माथिल्लो तहको नेताको आशिर्वाद छैन । तर भन्छन- मेरो उम्मेद्बारीमा सबै नेताहरुको सहयोग र समर्थन छन ।

अर्का उम्मेद्वार खेमराज सापकोटा दुई दशक अघी नै नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा काम गरिसकेका ब्यक्ति हुन । २०४६ साल पछीका केही वर्ष नेपाली कांग्रेसको राजनीतिमा बिताएका उनले त्यसपछी भने कांग्रेसको राजनीति चटक्कै छोडेर ‘एनजीओ’ हरुमा आवद्ध भए । लगभग साँढे दुई दशक ‘एनजीओ’ कार्यमा बिताएर उनी यो वर्ष देखि पुन: राजनीतिमा फर्केका छन ।

खेम सापकोटालाई कुनैबेला जिल्लामा ब्यापक प्रभाव पार्न सक्ने एक जना नेता महेन्द्र ध्वज जीसीको समर्थन छ । चुनावी रणनितीकै तहमा खेम सापकोटाले जीसीसँग पहिलो पटक साँठगाँठ सुरु गरेका हुन । तर जीसीको प्रभाव भने पहिलेको तुलनामा निकै कमजोर छ । सशांक कोइरालाको परासी प्रवेश पछी जिल्लामा जीसीको प्रभाव सेलाउँदै गएको छ ।

खेम सापकोटा जिल्लाका पुराना नेता तिलक प्रसाद सापकोटाका निकट मानिन्थे । तर तिलक सापकोटाको राजनीतिक सकृयता कम हुँद गए पछी खेम सापकोटा सेल्टरको खोजी गर्दै जीसी कहाँँ पुगेको बाताइन्छ । गैंडाकोट ९ का नेका वडा सदस्य रामचन्द्र सापकोटा भन्छन्- तिलक प्रसाद सापकोटा राजनीतिमा सकृय नभएपनि जिल्लाको राजनीतिमा उनको प्रभाव कत्तिपनि खस्केको छैन । तर सशांक कोइरालाको प्रभाव बढेसँगै महेन्द्रध्वज जीसी भने कमजोर भएका छन् । खेम सापकोटाले तिलक सापकोटालाई छोडेर जीसीको क्याम्पमा लागेको कुरा भने अली अमिल्दो देखियो- उनले भने ।

अर्का उम्मेद्वार बद्री सापकोटा यि दुबै भन्दा अली बढी कुटनितिक छन् । केही वर्ष बेलायत अध्ययन गरेर फर्किएका उनी लामो समय देखि कांग्रेसको स्थानिय राजनीतिमा आवद्द छन । बद्रीलाई प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको समर्थन रहेको बताइन्छ । तथापी उनले सहमति भएको अवस्थामा आफुले छोड्न पनि सक्ने बताउने गरेका छन ।

त्यसो त खेमराज सापकोटालाई साझा उम्मेद्वार बनाउन र अन्य दुईलाई आफ्नो उम्मेद्बारी फिर्ता लिन बिभिन्न पहलहरु पनि भइरहेका छन् । खास गरेर जीसी पक्षले खेम सापकोटालाई सर्वसम्मत बनाउन पहल गरीरहेको छ । तर खगराज सापकोटा भन्छन- बरु म हजार पटक हार्न तयार छु । तर मेरो राजनीतिक दर्शन भनेको चुनावी मैदान नै हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक