शुक्रबार, वैशाख १४, २०८१

सिरियाका शरणार्थी महिलामाथि बलात्कार, यातना र घर फर्किएकाहरु बेपत्ता

नेपालप्लस संवाददाता२०७८ भदौ २२ गते १७:०१

Image credit-UNHCR (file photo)

सिरियाली शरणार्थीहरु सिरियाली सुरक्षा फौजको हातबाट बेपत्ता, बालत्क्रित र यातनाको शिकार भएका छन् । मानव अधिकारका लागि अन्तर्राष्ट्रिय रुपमै अनुगमन गर्ने एम्नेस्टि इन्टरनेशनलका अनुसार सिरियाली महिलाहरु घर फर्किएपछिपनि असुरक्षित छन् ।

एम्नेस्टिद्वारा जारि “तपाइँ आफ्नो मृत्यु तर्फ जाँदै हुनुहुन्छ” नामक एक रिपोर्ट अनुसार अधिकार समूहले सन् २०१७ को मध्य र सन् २०२१ को वसन्तकालबिच १३ बच्चाहरु सहित ६६ जना आफ्नो देश फिर्ता भएका थिए । तिनीहरु विरुद्ध सिरियाली गुप्तचर अधिकारीहरुद्वारा मानव अधिकार उल्लंघन गरिएको थियो । गृहयुद्धले ग्रस्त देश फर्केपछि हिरासतमा कैदीहरुको मृत्यु भएको थियो । जबरजस्ती बेपत्ता भएका १७ जनाको भविष्य अज्ञात छ । किनकि ति कहाँ छन् केहि जानकारि छैन ।

सिरियाका केही भागहरु स्वदेश फिर्ता हुन सुरक्षित रहेको भनिएपनि रिपोर्टले असत्य दाबी गरेको छ । यसले डेनमार्क, स्वीडेन र टर्कीको विशेष गरी सुरक्षामा प्रतिबन्ध लगाउने र सिरियाबाट शरणार्थीहरुलाई घर फर्कन दबाब दिने कामको आलोचना गरेको छ । यसले लेबनान र जोर्डनको पनि आलोचना गरेको छ जसमा प्रति व्यक्ति सिरियाली शरणार्थीहरुको संख्या सबैभन्दा धेरै छ ।

लेबनान र टर्कीमा रहेका धेरै शरणार्थीहरु भयावह जीवन र भेदभावको सामना गरिरहेका छन् । सरकारले सिरियालीहरुलाई फिर्ता आउन दबाब दिईरहेको छ । टर्कीले पछिल्लो दुई वर्षमा धेरै सिरियालीहरुलाई जबरजस्ती देश निकाला गरेको छ । निष्कासनले बढ्दो शरणार्थी विरोधी भावनालाई प्रतिबिम्बित गरिरहेको छ ।

डेनमार्क र स्वीडेनले यस वर्षको शुरूमा केही सिरियाली शरणार्थीहरुको रेसिडेन्सी परमिट रद्द गर्न थालेका थिए । उनीहरुले सिरियाको राजधानी दमास्कस र छिमेकी क्षेत्रहरु अब सुरक्षित रहेको बताएका थिए ।

केहि विशेषज्ञहरु त्यो मूल्यांकनसँग सहमत छन् । जबकि सरकार नियन्त्रित क्षेत्रहरु र मध्य सिरियाको धेरै भागहरुमा पहिले विपक्षी विद्रोहीहरुको नियन्त्रणमा सुरक्षा स्थिति स्थिर देखिएको छ । त्यहाँ जबरजस्ती भर्ती, अन्धाधुन्ध हिरासत र जबरजस्ती बेपत्ता गर्ने रिपोर्ट सार्वजनिक भएको छ ।

सिरियाली सरकार र यसको प्रमुख अन्तर्राष्ट्रिय समर्थक रसियाले शरणार्थीहरुलाई घर फर्कन सार्वजनिक रुपमा आह्वान गरेका छन् । पश्चिमी देशहरुलाई सिरिया अझै असुरक्षित रहेको दाबी गर्दै निराश बनाएको आरोप लगाएका छन् ।

एम्नेस्टी इन्टरनेशनलले आफ्नो प्रतिवेदनमा युरोपेली सरकारहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानिसहरुलाई घर फर्कन बाध्य पार्ने कुनै पनि अभ्यास तत्काल रोक्न आग्रह गरेको छ । यसले छिमेकी देशहरु लेबनान, टर्की र जोर्डनलाई पनि आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया