बिहीबार, वैशाख १३, २०८१

विश्वको पहिलो हाइड्रोजन रेल बन्यो, अप्रिलबाट फ्रान्समा गुड्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ २२ गते १८:३१

Image Credit-surfeo.eu

विश्वकै पहिलो हाईड्रोजन रेल फ्रान्सले सार्वजनिक गरेको छ ।

अस्ट्रिया रेलवेमा सफल परीक्षण गरिएको तीन महिना पछि फ्रान्सले बिना इन्धनको रेल बाहिर ल्याउन लागेको हो । यो पहिलो,गैर विद्युतीय लाइनहरुमा डीजल नचाहिने उद्देश्यले निर्माण गरिएको हो ।

आल्स्टम हाइड्रोजन रेलहरुमा एक अग्रणी आविस्कारक संस्था हो । यसको प्रविधीको विकास फ्रान्सको रेल वे संयन्त्रले गरेको हो । यसको पहिलो प्रारम्भिक नमुना (प्रोटोटाइप) जर्मनीमा सन् २०१८ मा निर्माण गरिएको थियो । हाल आल्स्टम एक औद्योगिक चरणमा प्रवेश गरेको छ । यस्ता रेल हालसम्म लगभग ४१ वटा माग गरिसकिएको छ ।

जर्मनी, नेदरल्याण्ड र अस्ट्रियामा सफल परीक्षण पछि आल्स्टमको हाइड्रोजन रेल गैर विद्युतीय लाइनहरुको लागि एक अद्वितीय प्रगती मानिएको छ । किनकि यसले शून्य कार्बन उत्सर्जन गर्छ ।

आल्स्टमले यो रेल जर्मनी र फ्रान्सका आफ्ना केन्द्रहरुमा निर्माण गरिरहेको छ । यसको डिजाइनपनि दुबै देशमा गरेको छ । रेलको घर्षण श्रृंखला (ट्र्याक्सन चेन) टार्ब्स भन्ने ठाउँमा डिजाइन गरिएको थियो । रेलको सेट वा बडी जर्मनीको लोअर सक्सोनी भन्ने ठाउँमा रहेको आल्टम्सको आल्जजिटर प्लान्टमा गरिएको हो ।

यि रेलमा डुवल मोड (दुई खाले मोड) हुन्छन् । यि रेलहरु ईन्धन कोषहरुले सुसज्जित हुन्छन् । छतमा हाइड्रोजन हुन्छ । त्यो पानीमा खुल्ला वातावरणमा हुने अक्सिजन मिसिन्छ र बिजुलीमा रूपान्तरण गरिन्छ । तिनमा एउटा ब्याट्री हुन्छ जसले त्यो उर्जालाई संचित वा भण्डार गर्छ । रेल चलेपछि त्यो उर्जा प्रयोग हुन्छ । हाईड्रोजन (पानी) को ट्यांकीमा अक्सिजन मिसिएपछि ताप उत्पन्न गर्छ । त्यसले लिथियम ब्याट्री चार्ज गर्छ र त्यो उर्जा रेल चल्दा प्रयोग हुन्छ ।

कोराडिया इलिन्ट नाम दिईएको यो रेलको मोडेल विशेषगरी बिजुली नचाहियोस् भनेर डिजाइन गरीएको हो । यसमा हाल १६० सिट निर्माण गरिएको छ । यो प्रति घण्टा १६० किमीका दरमा ४०० देखि ६०० किमी सम्म दौडिन्छ ।

यहि वर्ष (सन् २०२१) को अप्रिलसम्म फ्रान्सको एसएनसिएफ रेल कम्पनीले फ्रान्सका ओभेर्न रोन आल्प्स, बुर्गोनिय फ्रंस कँते, ग्रं एस्त, ओसियानिक क्षेत्रमा दौडाउने फ्रान्सेली रेल कम्पनीले उल्लेख गरेको छ । शुरुमा फ्रान्सले १२ वटा हाईड्रोजन रेलहरु चलाउने तयारि गरेको छ । यसको लागत १९ करोड युरो लाग्ने एसएनसिएफ रेल कम्पनीले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया