शुक्रबार, वैशाख ७, २०८१

स्विजरल्याण्डमा रंगभेद बढ्दै

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ भदौ २३ गते १५:१२

स्विजरल्याण्डमा रंगभेद र नस्लवाद बढ्दै गएको छ । कोरोना भाईरस महामारीले गर्दा नस्लवाद, घ्रिणा गर्ने बोली, बार्ता, आरोप र रंगभेद झन बढ्दै गएको सरकारी अध्ययनलेनै देखाएको छ ।

“कोभिड १९ महामारीले नस्लवाद र घृणायुक्त बोलीचालीलाई बढावा दिएको छ । स्विट्जरल्याण्डमा जातीय भेदभावले धेरै भन्दा धेरै युवाहरुलाई प्रभावित पारेको छ” सरकारी रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार १५ देखि २४ वर्षका ४० प्रतिशत ब्यक्तिहरुले आफूहरु विगत पाँच वर्षमा भेदभावको शिकार भएको बताएका छन् । रंगभेद र नस्लवाद बिरुद्द लड्नकालागि बनेको सरकारी सेवाले मंगलवार जारि गरेको रिपोर्ट अनुसार ३२ प्रतिशत जनसंख्या भन्छ ‘हामीहरुले विगत पाँच वर्षमा कुनै न प्रकारको भेदभाव वा हिंसाको अनुभव गरेका छौं ।”

रिपोर्ट गरिएका भेदभावका घटनाहरुको संख्या विशेष गरी युवा पुस्ताबिच बढ्दै गएको देखिएको छ । १५ देखि २४ वर्ष उमेरकाबिच रंगभेद र नस्लवादको मोह दुई प्रतिशत अंकले बढेको छ । २५ देखि ३९ वर्ष उमेरका बीच पाँच प्रतिशत अंक र ४० देखि ५४ उमेर समूहबिच ३० प्रतिशतले बढेको छ ।
रिपोर्टका अनुसार भेदभाव जीवनको सबै क्षेत्रमा हुने गरेको छ । तर सबैभन्दा बढि भेदभाव काममा हुने गरेको छ । जागिरको खोजि गर्दा र दैनिक पेशागत कामको सिलसिलामा बढि भेदभाव हुने गरेको हो । यसमापनि आवाश र शैक्षिक क्षेत्रमा बढि देखिएको छ । जातिवादी टिप्पणी र असमान व्यवहार सबैभन्दा धेरै रिपोर्ट गरिएको छ । शारीरिक हिंसाका कार्यहरु भने कमै देखिएका छन् ।

जातिवाद र घृणायुक्त बचन, आरोप मुख्यतः इन्टरनेट र सामाजिक मिडियाको माध्यमबाट फैलिएको छ । रिपोर्टले स्विस सरकारलाई नस्लवाद र रंगभेद बिरुद्द लड्न सुझाव दिएको छ ।

राज्य र नागरिक समाज, इन्टरनेट प्रयोगकर्ताहरु र प्लेटफर्म अपरेटरहरु मिलेर एक सुरक्षित डिजिटल वातावरण बनाउने, भेदभाव रोक्ने र नस्लवादबाट मुक्त बनाउनुपर्ने सुझाव छ । त्यस्तै, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न मिलेर काम गर्नुपर्ने सुझाव दिइेएको छ ।

स्विजरल्याण्डमा केहि समूहहरुका बिरुद्धपनि पूर्वाग्रह साँध्ने गरिएको छ । उदाहरणको लागि, पूर्वाग्रहलाई पूर्ण रूपले अस्वीकार नगर्ने मानिसहरुमा पाँच मध्ये एक मुस्लिम र यहूदीहरुको बिरुद्ध नकारात्मक पूर्वाग्रह राख्ने गरेका छन् । त्यस्तै, कालो छाला भएका मानिसहरुको बिरुद्ध १० मा एक छ ।

जनसंख्याको एक तिहाई मानिसले काम, उनीहरुको छिमेक वा दैनिक क्रियाकलाप गर्ने वा जिउने क्रममा उनीहरुलाई फरक ठानेर ब्यवहार गर्नेबाट अप्ठेरो महसुस हुने गरेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक