बिहीबार, असोज ७, २०७८

सनातन देखि चिहानबाद सम्म !

उमेश सापकोटा२०७८ भदौ २४ गते ११:४२

सभ्यताको बिकासक्रममा हामी नेपाली प्रकृतिपूजक थियौं । यस तपोभुमिमा फलेको फुलेको सभ्यता भनेको सनातन सभ्यता हो जसमा हिन्दु (मुख्यत सैब्य मार्ग) बौद्ध, किराँत र जैन आदि थिए । भुमि पूजा, सुर्य पूजा, जलपूजा प्राकृतिक बनस्पति देखि हरेक जिवहरुमा समभाव राख्ने । यो प्रकृति उनिहरुको पनि हो भन्ने चेत हामीमा सनातनकाल देखिनै थियो । पुर्बजहरुलाइ चढाएर मात्र भोजन गर्ने, भोजनको केहि हिस्सा दानको रुपमा प्रकृतिमा रम्ने चराचुरुङ्गीलाइ राख्ने र ज्ञानको प्रचार गर्न हिंडेका गुरुहरुलाइ भोजन गराउँदा खुसि मान्ने हाम्रो सनातन परम्परामा चल्दै आएको पाइन्छ ।

प्रकृतिमा भएको अन्नत सम्पदाहरुको खोज र त्यसको प्रमाणिकिकरण नै बिज्ञान हो । त्यो भौतिक, आध्यात्मिक, सामाजिक र साँस्कृतिक हुन सक्दछ । ऋषिहरुको यस तपोभूमीमै लेखिएका थिए चार बेदहरु । यो शिबको घर र बुद्धको देश हो । त्यसैले आद्यात्मिक चेतना प्रचुर मात्रामा फैलियो । मानिसको लक्ष्य नै ब्रम्हतत्वको अनुभव गर्ने वा निर्माणलाइ प्राप्त गर्ने भयो । यसै बिचमा छुटे हाम्रो भौतिक बिकास जसले राजाका छोरा बुद्ध हुने अवसर त पाए तर प्रजालाइ दिनहिनताले छोडेन ।

परनिर्भर अर्थतन्त्रले परनिर्भर राजनिति र त्यसको संस्कृतिलाइ निमन्त्रणा दिने कुरामा दुइमत थिएन । पहाडको चरम अभावलाइ कम गर्ने मानिसहरु दक्षिण यात्रामा लाग्ने क्रम ब्यापक भएर गयो । अलिअलि टाठाबाठा भने अध्ययन (शास्त्रिय कर्मकाण्डी) सिलसिलामा दक्षिण छिरेका ब्रह्माण्ड र लाहुरेका भरियाहरुले दक्षिणको संस्कृति बोकेर नेपाल घुसे । त्यसको परिणाम साँस्कृतिक अपब्याख्या हुन थाले । बसन्तोत्सब -फागु नेपालको मौलिक परम्परा थियो जो सृजनासँग, प्रगतिसँग जोडिएको पर्बलाइ होली देबासुर युद्धसँग अर्थात् बिनास र द्वन्दसँग जोडिन थालियो । फागु हाम्रो हो । होली हैन जसलाइ मनाउने परम्परा आदिबासि थारु समुदायको चलन दक्षिणको भन्दा फरक छ ।

नेपाल जस्तो सभ्यताको विकास भएको तर आर्थिकरुपले अबिकसित मुलुकहरुमा चर्च मार्फत एनजिओ आइएनजिओ हुँदै राजनैतिक तहका बिकाउ नेता र कार्यकर्तालाइ धर्मान्तरण गराउने मिसनमा पश्चिमाको सुट बुट लगाएर सुलीमा लट्किएको चिहानबाद नेपाल भ्रमण गर्दै छ ।

बेदले अवतारको कुरै गर्दैन । त्यसैले अवतारबाद हाम्रो हैन । हाम्रो त सिद्धिको परम्परा हो । अर्थात हाम्रा लागि स्वर्ग र नर्क यहि हो । हाम्रो परम्परा देवता पुजा भन्दा आफ्ना पितृ, कुललाइ मान्ने परम्परा हो । हाम्रो जन्मदिनमा दियो बालिन्छ । बलिरहेको बत्ति निभाउने हाम्रो चलन हाम्रो होइन । बसुधैब कुटुमबकम भन्ने दर्शनले गर्दा हामी बा आमा, दाजु भाइ, दिदि बहिनि नाता लगाएर कुरा गर्छौ । दुइ हात जोडेर नमस्कार गर्ने बिनम्रता हाम्रो परम्परा हो । मुठ्ठि बटारेर हिंसालाइ प्रश्रय दिने हैन । हाम्रो समाज अहिले सिर्श आसन गरेर दैडिन खोज्दैछ ।

मनुस्म्रितिवादी बर्ण ब्यवस्था हाम्रो नभै दक्षिणबाट आएको हो । किनकि त्यसबखत बैश्य पहाडि समाजमा पाइदैन थियो । जातप्रथा, छुवाछुत प्रथा, दासप्रथा दाइजो नपाइ महिला कुट्ने जलाउने र जुवाको अवधारणा हाम्रो हैन । ‘जुवा नखेल, कृषिमा जोड देउ’ बेदमै भनिएको छ । त्यसैले महिलालाइ समेत दाउमा हाल्ने न पासा हाम्रो हो न कौडा बटुल्ने समुन्द्रको छेउमा हामी छौं । यस्तै खालका कुरुति कुसंस्कारले हाम्रो समाजमा जरा गाड्दै गयो । प्रकृतिमा सबैको अस्तित्व समान मान्ने हामी मानिसलाइ दास भन्दा पनि तल्लो उँचो निचो गरेरर भेदभावको संस्कृतिले जरा गाड्न थाल्यो । समाज बिभाजनमा गयो । समाजमा दरार र छिद्रताहरु देखिंदै गए । यस्तै छिद्रतालाइ देखेर चिहानबादले एक हातमा बाइबल र आर्को हातमा मार्क्सबाद बोकेर आयो ।

जसले यो देशको एकतामा आँच आउने कुरा गर्छ नेपाली हुनुमा पछुतो गर्छ त्यो कसरि नेपाली रगत हुन्छ ? साम्प्रदायिकताको कुरा गर्नेका पुर्खाको यो देश निर्माणमा कुनै भुमिका छैन भन्ने हामीले बुझ्नुपर्छ ।

मार्क्सबाद बारे

मार्क्सवादले पुँजि सबै राजनैतिक सामाजिक रोगको जड मान्छ । जुन तर्क ‘पानी र आगो मानिस मार्ने हतियार हो’ भनेको जस्तो छ । प्रश्न यसको प्रयोगको हो । मार्क्सवादको तर्क अनुसार निर्माण श्रमिकहरुले मात्र गर्छन् । त्यसो हो भने अहिलेका सबै बिज्ञानका आबिस्कार देखि साइबर प्रविधी, डाटा साइन्स, अन्तरिक्ष यात्रा कुन श्रमिकले पाता कुटेर बनायो ? यि सबै अनुत्तरित छन् । बिज्ञान र प्रबिधिको बिकासले यसको बर्गिय मुल्यांकन त झन रद्दिमा फाल्ने भएको छ । पहिले डाक्टर, इन्जिनियर, ब्यापारि अलि अलि जग्गा जमिन भएकालाइ सामन्त देख्ने मार्क्सवाद अहिले यो बेरोजगारीका फौजलाइ देख्दा कुन बर्गमा राख्छ ? बेजिङ बसेर ठमेलमा ब्यापार गर्ने चिनीया कुन बर्गमा पर्छ ? द्वन्दले समाजको बिकास हुनेभए कम्युनिजम निरन्तरताको अशान्ति हो ।

मार्क्सबादका ठूला ठूला ठेली पढेको दाबि गर्ने डलरेहरुले रुस र चिनको उदाहारण दिएको पनि सुन्ने गरिन्छ । त्यहाँको महिमाको बडो खुलेर भक्तिभाव गरेको सुनिन्छ । वास्तबमा त्यो मार्क्सबादले नभइ निरन्तरको एकतन्त्रिय शासनले भएको थियो । मार्क्सवादि भन्नेहरुलाइ आफूजस्तो जान्ने सुन्ने कोहि छैन भन्ने एकखाले भ्रमले गाँजेको हुन्छ । त्यसकारण उनिहरु अरुको आलोचना सुन्नै नसक्ने पूर्वाग्रहि हुन्छन् । मार्क्सवादले मानिसलाइ पुर्वाग्रहि, बोधो, अभाबको कुन्ठाले ग्रस्त र अवसरवादि बनाँउछ । त्यसैले ब्यक्तिलाइ निर्जिब र पत्थर हृदयको बनाउँछ । मार्क्सवादले ब्यक्त्तिपूजा गर्न सिकाउँछ । गल्ति सबै अरुमै देख्छ । वास्तवमा यो अन्धभक्तहरुको जमात हो जसलाइ चतुर नेताले शब्दजालमा घुमाइघुमाइ नचाउँछन् ।

मार्क्सवादले नेपालमा दिएको भनेको १७ हजार भन्दा बढी ब्यक्तिको रगतको आहालमा बनेको पश्चिमा सम्बिधान हो जो चर्च र पोपहरुबाट निर्देशित छ । जुन नेपालको भौगोलिक अखण्डता, इतिहास, सभ्यता र नेपाललाइ धर्मान्तरण र बाइबलको माध्यमबाट अघोशित गुलाम बनाउन ल्याइएको हो । आफूसँग नभएका कुरालाइ सदाको लागि नामेट पार्न इस्लाम जस्ता कट्टरपन्थहरु छन् जसको जनसङ्ख्या दिन प्रतिदिन बढ्दो छ । पश्चिमाहरुको प्रजनन् दर शुन्यतिर जाँदै छ । त्यसकारण धर्मान्तरणको माध्यमबाट आफ्नो मत सधैं उच्च राख्न भाडाका सैनिकहरु तयार गरि आफू अनन्त कालदेखि मालिक र अरुलाइ दास बनाउने उद्देश्यका साथ आएको हो । नेपाल जस्तो सभ्यताको विकास भएको तर आर्थिकरुपले अबिकसित मुलुकहरुमा चर्च मार्फत एनजिओ आइएनजिओ हुँदै राजनैतिक तहका बिकाउ नेता र कार्यकर्तालाइ धर्मान्तरण गराउने मिसनमा पश्चिमाको सुट बुट लगाएर सुलीमा लट्किएको चिहानबाद नेपाल भ्रमण गर्दै छ ।

समस्याको हल

सबैलाइ आफ्नो देश चाहिएको छ । जापानीलाइ जापान । भारतीयलाइ भारत । चाइनिजलाइ चीन । तर नेपालीलाइ नेपाल चाहिएको छैन । जुन देशले आफ्नो देशको सभ्यता, परम्परा, मुल्य मान्यता भुल्छ, आफ्नो भाषा साहित्य भुल्छ अन्तत त्यो देश गुलामीको दिशामा जान्छ जान्छ । यसमा दुइमत नै छैन । आयातित बिचारहरुले हामीलाइ पराइ बनाएको छ । आफन्तबाट अलग बनाएको छ । समाज फुटाएको छ । टुक्रा टुक्रा पारेको छ । हामी सबैभन्दा पहिला नेपाली हौं । त्यसपछि मात्र हाम्रा अन्य सम्बन्धहरु आउँछन् । जसले यो देशको एकतामा आँच आउने कुरा गर्छ नेपाली हुनुमा पछुतो गर्छ त्यो कसरि नेपाली रगत हुन्छ ? साम्प्रदायिकताको कुरा गर्नेका पुर्खाको यो देश निर्माणमा कुनै भुमिका छैन भन्ने हामीले बुझ्नुपर्छ । देश कमजोर हुँदा गिद्धहरु कसरि मडारिन्छन् हामीले बुझ्नुपर्ने हुन्छ ।

हामीकहाँ बार्दलिबाट चिच्चाउने, नैतिक पतन, मान्छे काट्ने इतिहास बोकेकाहरुले देश चलाएको जगजाहेर नै छ । चेलोले गुरु छान्ने हाम्रो परम्परा हो !

दक्षिण बाट छिरेका कुरुतिहरुको समुल अन्तको जरुरि छ । यो युगपरिबर्तनको प्रश्न हो । समय लाग्छ । तर हामी त्यश दिशामा हिंड्नु अत्यन्त जरुरि छ । हाम्रा सिमाहरु दक्षिणतिर बन्द नगरि हामी पुर्ण स्वाधिन हुनै सक्दैनौं । देशद्रोही दलाल र हरियो डलरमा भन्किएका कथित बुद्धिजिबिलाइ सिमा नकटाइ हुँदै हुन्न । ऋकबेद निरन्तर शान्तिको कामना गर्छ । तर यहि धर्तिका कुनाकान्ला मानब रगतले डुबेको छ । यजुर्वेद सबैको भलोको कामना गर्छ । तर यहि मानिस मानिस चरम भेदभाब छ। बलात्कार, हत्या, फटाइ, यहिं बढि छन् । साँगितिक आद्यात्म हामीले कता फाल्यौं फाल्यौं । पानी को पूजा गर्ने हामी तर हाम्रै नदीको हाल के छ ? अझ बेदमा प्रकृतिसँग अन्न मागिन्छ । तर नेपालमा खेति नगर्नेको जमात बिदेश भासिएको छ । खाध्यान्न बाहिरबाट आयात गर्छ ।

सनातन परम्परामा बृद्धकालमा मातापितालाइ हेर्ने चलन छ । अब पश्चिमाको बृद्धाश्रमले भिरबाट खसाल्छ । कर्तब्य र अधिकार एक सिक्काका दुइ पाटा भन्ने हाम्रो सभ्यता हो । तर कर्तव्यको मामिलामा हाम्रो संबिधान नै मौन छ । सनातन धर्मले त्यागलाइ सबैभन्दा महत्वपूर्ण मान्छ । तर अहिले त्याग गर्नेलाइ मानसिक सन्तुलन गुमेको जस्तो गरिन्छ । अनन्तकालदेखि सुरु भएकाले यसमा तिब्र सहिष्णुता छ । राजनैतिक उच्च तहका बक्ति सहिष्णु हुनैपर्छ भन्ने यसको मान्यता छ । तर हामीकहाँ बार्दलिबाट चिच्चाउने, नैतिक पतन, मान्छे काट्ने इतिहास बोकेकाहरुले देश चलाएको जगजाहेर नै छ । चेलोले गुरु छान्ने हाम्रो परम्परा हो ! अहिले भट्टिमा रल्लिएका मास्टरलाइ मान पुगेको छैन । अपमान भएको छ । यि सफेत नर्कलाइ परित्याग गरि हामीले आफ्नो सनातन परम्परालाइ पूनर्जागरण गर्नुको बिकल्पै छैन ।

सनातन परम्परामा दर्शनको बेजोड आयामहरु छन् जसलाइ हामीले खोज्न सकेर बैज्ञानिक प्रयोगमा ल्याउन सकेको भए आज यो पृथ्वी यति अशान्त, अवसरवादि र उपभोक्ताबादि हुँदैनथियो ।

अन्तमा, दक्षिणबाट भित्रिएका सबै कुरुति, कुसंस्कार (सामाजिक-राजनैतिक -सांसकृतिक) लाइ चिहानमा गाड्दै चिहानबादको अन्तको लागि हामी आफ्नो मौलिकतामा फर्किनै पर्छ । हामी पुनर्जागरणको दिशामा जानैपर्छ । होइन भने चिहानबादले पृथ्वीलाइ नै चिहान बनाउने दिन त्यति पर छैन ।

लेखकको अघिल्ला लेखपनि हेर्ने कि ?

माओवादको खोलमा उदाउँदो साम्राज्यवाद ।

कोरोना पछि चीनमा अध्ययनरत के छ विध्यार्थीको अवस्था ?

(उमेश चीनको युनान विश्वविध्यालयमा इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका विध्यार्थी हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक