शुक्रबार, चैत १६, २०८०

अफगानिस्तानबाट २०० अमेरिकीसहित अन्य बिदेशीलाई निस्कन दिन तालिवान सहमत

नेपालप्लस संवाददाता२०७८ भदौ २४ गते १६:५८

Image credit-theprint.in (Twitter screengrab)

अफगानिस्तानमा रहेका दुई सय अमेरिकी र अन्य विदेशीहरुलाई अफगानिस्तान छोडेर बाहिर जान दिन तालिबानहरु समत भएका छन् । आजै बिहीवार तालिबानको नयाँ सरकारले उनीहरुलाई निकाल्ने सहमति गरेपछि काबुलबाट चार्टर उडानमा युद्धग्रस्त देश छोड्ने तयारीमा रहेको अमेरिकी अधिकारीले बताएका छन् ।

तालिबानहरुले अगस्टको मध्यमा राजधानी काबुल कब्जा गरेपछि काबुल विमानस्थलबाट उड्ने अन्तर्राष्ट्रिय उडानहरु मध्ये यो पहिलो प्रस्थान हुनेछ । यस अघि काबुल बिमानस्थल बन्द गरिएको थियो । अहिलेसम्म अमेरिका लगायतका पस्चिमी देशहरुले आफ्ना अनगरिक, तिनका परिवार र जोखिममा परेको मानिएका अफगानी गरि एक लाख २४ हजार नागरिकलाई अफगानिस्तान बाहिर लगिसकेका छन् ।

तालिबानहरुले आन्तरिक सरकार घोषणा गरेको दुई दिनपछि यस्तो निर्णय गरेका हुन् । तालिबानले इस्लामवादी कट्टरपन्थी सहित पश्तुन जातिका त्यसमापनि पुरुषहरुलाई समेटेर एक अन्तरिम सरकारको घोषणा गरेको थियो । उनीहरुको अन्तरिम सरकार देखेर अधिक उदारवादी प्रशासनको आशा राखेका अन्तर्राष्ट्रिय समुदायलाई निराश पारेको बताइएको छ ।

त्यहाँ रहेका अमेरिकी नागरिक र अमेरिकाले चाहेका अफगानीहरुलाई बाहिर जान दिन अमेरिकाले दबाब दिँदै आएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

तालिबानहरुले अफगानिस्तान कब्जा गर्नु अघि प्रजातान्त्रिक, समावेशी र महिलाहरुलाई अधिकार दिने खालको सरकार बनाउने आस्वाशन बाँडेपनि अन्तरिम सरकारको बनोटले त्यस्तो लक्षण नदेखाएको भन्दै पस्चिमी मेडियाले आलोचना गरेका छन् ।

तैपनि विदेशी देशहरूले बुधवार अन्तरिम सरकारलाई सावधानी र निराशाका साथ स्वागत गरेको सार्वजनिक गरेका थिए । बुधवारनै काबुलमा दर्जनौं महिलाहरु आफ्नो अधिकारकालागि भन्दै सडकमा उत्रिएका थिए ।

तालिबानका धेरै आलोचकहरूले नेतृत्वलाई आधारभूत मानव अधिकारको सम्मान गर्न र अर्थव्यवस्थालाई पुनर्जीवित गर्न आह्वान गरेका छन् । अहिले अफगानिस्तानमा तीव्र मुद्रास्फीति भैरहेको छ । खाद्यान्नको अभाव छ । विदेशी सहायताको संभावना घटेको छ । धेरै देशले तालिबानलाई एक्ल्याउन खोजिरहेका छन् ।

अमेरिकी ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले भकि छन् “बिडेन प्रशासनमा कसैलेपनि तालिबानलाई विश्व समुदायको सम्मान र मूल्यवान सदस्यको रुपमा हेर्न सुझाव दिदैन ।”

युरोपेली संघले तालिबानले गठन गरेको अन्तरिम सरकारको छनौटमा अस्वीकृति जनाएपनि मानवीय सहायता भने जारी राख्न तयार रहेको उल्लेख गरेको छ । लामो अवधिको सहायताका लागि भने तालिबानले आधारभूत स्वतन्त्रता कायम गर्ने कुरामा निर्भर गर्ने औंल्याएको छ ।

साउदी अरेबियाले भने अफगानिस्तानको नयाँ सरकारबाट आशा राखेको छ । नयाँ सरकारले अफगानिस्तानलाई सुरक्षा र स्थिरता प्राप्त गर्न, हिंसा र उग्रवादलाई अस्वीकार गर्न मद्दत गर्ने आशा राखेको उल्लेख गरेको छ ।

विश्लेषकहरुले मन्त्रिपरिषदको निर्माण हेर्दा पश्चिमी सरकारहरुद्वारा मान्यता पाउन मुस्किल हुनसक्ने औंल्याएका छन् । यसले अफगानिस्तानको आर्थिक संलग्नता, सहयोगमा बाधा पार्न सक्छ ।

नयाँ कार्यवाहक मन्त्रिपरिषद्मा गुआन्टानामो खाडीमा रहेको अमेरिकी सैन्य कारागारका पूर्व कैदीहरुसमेत सामेल छन् । ग्रिहमन्त्री सिराजुद्दीन हक्कानी आतंकवादको आरोपमा संयुक्त राज्य अमेरिकाको खोजीमा रहेका ब्यक्ति हुन् । उनलाई भेट्टाउनेलाई एक करोड अमेरिकी डलर ईनामको घोषणा गरिएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक