शनिबार, असोज २, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

देवकोटाका सिर्जनाको सर्वेक्षण— ख

डा. गोबिन्द राज भट्टराई२०७८ भदौ २६ गते ५:१३

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

द्वितीय स्तर

महाकविलाई रचना स्रोतहरू प्रदान गर्ने दोस्रो भूमि भारतवर्ष हो । त्यो आजको राजनैतिक भारत नभएर त्यो प्राचीन आर्यभूमि जसलाई ‘भारतवर्ष’ भनिन्थ्यो । जसभित्र दक्षिण एशियाका भूभागहरू बर्मादेखि पाकिस्तानसम्म समाहित थिए । उत्तरमा हिमालयदेखि दक्षिणमा लङ्कसम्मको सीमा–बन्ध थियो । यसमा कुनै आश्चर्य छैन । अठारौँ शताब्दीका जर्मन विद्वान् जोहान गटफ्रिड हर्डडरले पूर्वी जगतको महान अतीतलाई देखेर आश्चर्यचकित हुँदै भनेका थिए : वास्तवमा मानवजातिको उत्पत्ति खोज्दै जाँदा भारतवर्षमा पुगिन्छ । जहाँ मानव जातिले विद्वत्ता सदाचार, सरलता, सौर्य र भव्यताका प्रथम स्वरूपहरू भारतवर्षमै फेलापार्‍यो जसलाई साँच्चै भन्नुपर्दा हाम्रो पश्चिमको दर्शन यो चिसो युरोपेली जगतको छेउछाउसँग पनि तुलना गर्न मिल्दैन (ग्रेट माइण्ड्स् अन इण्डिया पृ। २५) ।

त्यो अतीतको अविभाजित भूमिले धेरै महान् दार्शनिकहरू जन्मायो, चिन्तक रहस्यवादीहरू जन्मायो । सम्पूर्ण पूर्वीय सभ्यता नै यही अनन्त गौरव बोकेको भूमिबाट उत्पत्ति भएको थियो । त्यसकारणले पाश्चात्य जगत्ले सदैव यो पूर्वको महान् गीत गाइरहेको छ । विगतका तीनसय वर्षदेखि भारतवर्ष शोपेन्हावर, भोल्तेयर, हिगेल, योङ्ग, गेटे, म्याक्सम्युलर, काप्रा जस्ता महान् व्यक्तित्वको भूमि बनेको छ । हृदय यस्ता पाश्चात्य दार्शनिक र द्रष्टा देख्ता प्रत्येक पूर्वेलीको कम्पित हुन्छ । यही भारतवर्षको महान्ताले नेपाली महाकविको हृदयलाई पनि हल्लाइदिएको थियो । त्यकारणले महाकविका दोस्रो स्तरका अधिकांश लेखन यही प्राचीन भूमिबाट निश्रित भए उनको दर्शनमा जोडिएर आए । यो यस्तो भूमि हो जो गंगा वारपारका पर्वतमालासँग जोडिन्छ । जुन पर्वतमालाहरू सदैव हिमराशीले आच्छादित हुन्छन् । जहाँबाट निस्केको जल तल गंगाको मैदानतिर प्रवाहित हुन्छन् । त्यो पवित्र जलराशी ब्रह्मपुत्रसँग गएर मिसिन्छ र तल सागरसम्म पुग्दछ । यस स्तरमा आएर महाकवि भारतवर्षको प्राचीन भूमिमा अवतरण गर्दछन् । उनले मंगलाचरणका रूपमा शाकुन्तल महाकाव्यमा यस्ता श्लोक लेखेका छन् :
चम्किन्थे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।
गम्किन्थे सपनासमान घनमा बुट्टाहरु बान्किला ।।
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे ।
त्यो आभा भर भारती, भरतको यो भारताकाशमा ।।

मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो, भारतवर्षको उदयको हैमप्रभासारको ।।
जाडामा पनि कोयली कुसुमका बास्नाहर सम्झिँदै ।
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।

नेपाली साहित्य (र जाति) पछि पर्नुमा तीनवटा कारण छन् : हामीकहाँ अनुवाद कर्महरू हुन नसकेकाले, अन्य साहित्य (साहित्यकार) हरूसँगको आदान–प्रदानको कमीले र नयाँ प्रवृत्ति र चेतनाप्रति हाम्रो अनुराग नदेखिनाले ।

महाकविको सम्पूर्ण हृदय प्राचीन भारतवर्षतर्फ झुकेको छ । उनका शाकुन्तल, भक्त प्रह्लाद, दुश्यन्त सकुन्तला भेट, रावण जटायु युद्ध, सावित्री सत्यवान् जस्ता सृष्टिले आर्यावर्तको विस्तृतभूमि र यहाँका कथाहरूलाई संकेत गर्दछन् । उनले ती कथालाई यसरी पुनः प्रस्तुत गरे कि तिनले पुनः नवजीवन प्राप्त गर्दछन् । तिनमा नेपाली रङ सुवास प्राचीन संरचना जोडिएर आउँछन्, अनि समग्रमा यो विशाल आर्यावर्तको संगीत उत्पन्न गर्दछन् ।

यो स्तरमा आइपुगेपछि भारतीय इतिहासबाट पनि उनले केही महान् व्यक्तिपात्रहरूको चयन गरे, जस्तै— राजपुत रमणी, महाराणा प्रताप र पृथ्वीराज चौहान । यी महान् वंशका नरनारी जसले भारतीय भूमिको सुरक्षार्थ वीरतापूर्वक लडेका थिए । उनीहरूले पश्चिमा जगतको साम्राज्यवादी शक्तिविरुद्ध जाँदा अनेक कठिनाइको सामाना गरे । जुन साम्राज्यवादीहरूले स्थानीय शक्तिलाई कमजोर पार्दै भारतभूमिलाई विस्तारै वशीभूत गर्दै थिए, उपनिवेश बनाउँदै थिए ।

यी सम्पूर्ण कृतिहरूमध्ये एक महत्वपूर्ण कृति हो बापु एण्ड अदर सनेट्स् (बापू र अन्य चतुर्दसपदी कविता) । यो कृति उनले गान्धीजीको पाशविक हत्या हुने बित्तिकै सन् १९४८ मा रचेका थिए । यसमा तीस कविता छन् । यसरी देवकोटा भारतवर्षका अथवा भारतीय मित्रजनका पनि निकटतम मित्र हुन् । उनीहरूका दुःख सुखमा उनी सहभागी छन् । अनादिकालदेखि आजसम्म हामीसँगै भएजस्तै ।

तेस्रोस्तर

फेरि देवकोटाको अवस्थिति अर्थात् सिर्जनाभूमि झन् व्यापक हुँदै गयो । अब आएर उनले नेपालभन्दा टाढा, भारतवर्षभन्दा टाढा व्यापक विश्वतिर आफ्ना दृष्टि लगाउन थाले । अर्थात् उनले पहिलोपल्ट आफ्नै मातृभूमिको गौरव र पीडाको गीत गाए । त्यसपछि उनी व्यापक भारतवर्षतिर फर्के । त्यसपछि उनी प्राचीन पाश्चात्य सभ्यताको केन्द्र ग्रीसतिर फर्के ।

उता फर्केर उनले एउटा महाकाव्य रचे त्यो उनको मास्टरपिसको नाम हो प्रमिथियस । नेपालीमा प्रमिथस नाम राखेर ग्रीसेली महाकाव्यलाई नेपाली परिवेश, नेपालको दशा र भूमिसित जोडेर लामो समय आद्रित अमर परम्परालाई यहाँ उतारे । टाइटान देवको कथालाई यहाँ ल्याए । त्यसपछि उनले मायाबिनी सर्सी र सुन्दरी प्रोजर्पिना नाम गरेका दुईवटा खण्डकाव्यलाई नेपालीमा ल्याए । मायाविनी सर्सीको यहाँ पनि उही नाम रहेको छ तर प्रोजर्पिनालाई सृजामाता पनि भनिएको छ ।

महान् जर्मन विद्वान् जोहान गटफ्रिड हर्डडरले भनेका छन् ‘मैले मानव मस्तिष्कका उपजहरुमा शाकुन्तलम्भन्दा बढी आनन्दकर कुनै कृति पाउन सकिनँ । यो ता पौरस्त्य जगतको एक पुष्प— यो प्रथम औ (यसप्रकारको) सुन्दरतम थुँगा हो । यससँग तुलनीय कृतिहरु सायद दुई हजार वर्षमा एकपल्ट मात्र जन्मिन्छन् होला

सन् १९५७ मा रुसको तास्कन्दमा आयोजित अफ्रो–एशियन सम्मेलनमा महाकविले भागलिन जाँदा उनले नेपाली साहित्यको स्थितिलाई प्रस्तुत गर्ने गहिरो अभिरुची देखाए र त्यस अनुसार प्रस्तुत पनि गरे । नेपाली साहित्य (र जाति) पछि पर्नुमा तीनवटा कारण यसप्रकार छन् :

—हामीकहाँ अनुवाद कर्महरू हुन नसकेकाले,
—अन्य साहित्य (साहित्यकार)हरूसँगको आदान–प्रदानको कमीले र
—नयाँ प्रवृत्ति र चेतनाप्रति हाम्रो अनुराग नदेखिनाले ।
वास्तवमा कृति सिर्जना र पुनःसिर्जनाको निमित्त ग्रीसेली पृष्ठभूमिको साहित्यलाई रोज्नु भनेको आफ्नो भूमिबाट व्यापक विश्वतिर एउटा ठूलो फड्का मार्नु जस्तै हो किनभने प्रमिथस भन्ने महाकाव्य एउटा मिथक मात्र होइन, प्रमिथसको कथामात्रै होइन तर यो ग्रीसेली देवताहरूको प्रतीकात्मक कथा हो । जुन देवताहरू बहुत क्रूूर थिए र निरङ्कुश थिए जसले पृथ्वीका मानव जातिलाई अग्निबाट बञ्चित गराएका थिए । सोही अग्नि पुनर्प्राप्तिको लागि महानायक प्रमिथसले एउटा महायुद्ध लडेको थियो र स्वर्गबाट अग्नि चोरेर धर्तीमा ल्याएको थियो, मानवजाति बचाएको थियो र उक्त कर्मको निमित्त देवताहरूले प्रमिथसलाई अनन्तकालसम्मको दण्ड दिएका थिए । यो एउटा प्रतीकात्मक कथा हो अग्निचोरले जहाँ पनि यसरी दण्डसजाय भोग्नुपरेको छ । नेपालका चार सुपुत्रहरू जसले प्रमिथसले झैँ प्रकाशको निमित्त आह्वान गरे (अर्थात् प्रजातन्त्र मागे) उनीहरू फाँसीमा झुण्डाइएका थिए ।

यसरी यो एउटा प्रतीकात्मक काव्य हो जसले के देखाउँछ भने स्वेच्छाचारी राणा शासकहरूले नेपाली जनताका सम्पूर्ण अधिकारहरूमा प्रतिबन्ध लगाएर हरेक वस्तु र विषयलाई अन्धकारमा राखेका थिए । यसरी यस कृतिले त्यसबेलाको नेपाली जातिको डरलाग्दो स्थितिलाई प्रतीकात्मक रूपले प्रस्तुत गर्दछ ।

नेपाल भारतको सम्बन्धलाई सुदृढ बनाउनेतर्फ महाकविको भूमिका

अनेकौँ कवि चिन्तक द्रष्टाहरूले त्यो भारतवर्षको प्राचीन भूमिमा पाइला राखेका छन् । कवि कालीदास स्वयम्ले कुमार सम्भव नामक काव्यमा यस्तो गीत गाएका छन् :
अस्त्युत्तरश्याम दिशी देवतात्मा
हिमालयो नाम नगाधिराज
पूर्वापरौ तोयनिधि बगाह्य
स्थितः पृथ्वीभ्यां इव मानदण्ड ।।

वास्तवमा यो वर्तमान नेपालकै भूगोल थियो । त्यसै गरी महाकविले पनि यो प्राचीन जगतको एउटा गीत गाए उनका प्रमिथियसले पश्चिमको गौरवगान गर्दछ । जबकि शाकुन्तल महाकाव्य पूर्वी जगतकै जंगल र हिमालय पर्वतको परिवेशमा रचित छ । उनका दुवै महाकाव्यहरू, नेपाली तथा अंग्रेजी दुवै भाषाका शाकुन्तल महाकाव्यहरू यस प्रकारले तुलनीय छन् ।

यसप्रकारले देवकोटाका एक चौथाइ अनुवादहरू अतीतका कथाहरूको पुनर्वाचन जस्तै हो । यी सबै भारतवर्षका कथा हुन् कालीदासको मास्टरपिस अभिज्ञान शाकुन्तलम्लाई एउटा अतुलनीय किसिमको मास्टरपिस (काव्यनाटक) मानिएको छ । महान् जर्मन विद्वान् जोहान गटफ्रिड हर्डडरले भनेका छन् ‘मैले मानव मस्तिष्कका उपजहरुमा शाकुन्तलम्भन्दा बढी आनन्दकर कुनै कृति पाउन सकिनँ । यो ता पौरस्त्य जगतको एक पुष्प— यो प्रथम औ (यसप्रकारको) सुन्दरतम थुँगा हो । यससँग तुलनीय कृतिहरु सायद दुई हजार वर्षमा एकपल्ट मात्र जन्मिन्छन् होला (पूर्वीय सभ्यता पृ। ४४) ।’

त्यसैगरी फ्रेडरिक शिलरले भनेका छन् : सम्पूर्ण ग्रिसेली पुराकालदेखि आजम्ममा अत्यन्तै सुन्दर प्रेमको काव्यात्मक प्रस्तुति गर्नमा शाकुन्तलम्को नजिक पुग्ने कुनै कृति रचिएकै छैन । पुष्प हो । र यो सुन्दर पुष्प यसप्रकारको पहिलो हो । यस्तो कुरा उत्पादित हुन प्रत्येक दुईहजार वर्षमा एउटा मात्र सम्भव छ । (पूर्वीय सभ्यता पृ. ४९)

यो कृति अनन्त सिर्जनाहरूको एउटा अनन्त स्रोत रहेको छ । कालीदासले महाभारतबाट यस्तो कथा निकालेर लेखे । देवकोटाले आफ्नो विलक्षण प्रतिभाको सहायाताले त्यही कथालाई पुनरुउत्पादित गरी एउटा महाकाव्य बनाए । जसलाई समालोचकहरूले “नेपाली साहित्यको प्रथम महाकाव्य” भन्ने दर्जा दिएका छन् । उही शाकुन्तलको नेपाली संस्करणबाट यसको अंग्रेजी संस्करण निकाले । त्यो पनि अनुवाद होइन एउटा मौलिक सिर्जना रहेको छ । वास्तवमा विश्वका अगाडि एक नेपाली प्रतिभाले गीताञ्जलीको सिर्जना गरेर देखाएका थिए ।

अनादिकालदेखि देवकोटाले भ्रमण गर्दै मध्यकालीन भारतसम्म आइपुगे जहाँबाट उनले दुईवटा महान् चरित्रहरू रोजेर लिए— महाराणाप्रताप र पृथ्वीराज चौहान । अनि अनन्त सन्देश दिने दुईवटा महाकाव्य रचे । यी महाकाव्यले नेपाल र भारत दुवै देशलाई गौरवान्वित गराएका छन् । परन्तु भारतीय विद्वानहरू महाकविका यस्ता योगदानसित परिचित छैनन् जस्तो लाग्छ ।

महाराणाप्रताप नामक महाकाव्यमा अत्यन्त वीर भारतीय राजपूतहरूको वीरताको वर्णन गरिएको छ । यो महाकाव्यको देवकोटाले सन् १९३६ तिर छन्दोबद्ध श्लोकमा रचना गरे । त्यस काव्यले महाराणाप्रताप सिंहको पराजय देखाउँछ । सन् १७५६ को हल्दी घाँटीको युद्धमा पराजित भई उनी जंगल पसे अनि फेरि फर्केर दरबारमा आए । तत्पश्चात उनको देहान्त भयो ।

तर भारतभूमिको स्वतन्त्रताको लागि उनले जसरी वीरतापूर्वक लडे त्यो चाहिँ देश भक्तिको भावले ओतप्रोत भएको एक अद्वितीय नमूना हो ।

अनादिकालदेखि देवकोटाले भ्रमण गर्दै मध्यकालीन भारतसम्म आइपुगे जहाँबाट उनले दुईवटा महान् चरित्रहरू रोजेर लिए— महाराणाप्रताप र पृथ्वीराज चौहान । अनि अनन्त सन्देश दिने दुईवटा महाकाव्य रचे । यी महाकाव्यले नेपाल र भारत दुवै देशलाई गौरवान्वित गराएका छन् ।

यो भारतीय राणाहरूको वीरत्वको गाथा हो । उनीहरूको अविजेय बलिदानको कथा हो । महाकविले यसलाई नेपाल र भारत दुवै देशको प्रतीकात्मक कथा बताउन काव्य सिर्जना गरे । तर हेर्दाखेरि भारतको राजस्थानको पृष्ठभूमिमा लेखिएको कथा देखिन्छ । यसले स्वतन्त्रताका निमित्त प्रवल इच्छा देखाउँछ र बहादुरहरूले निसर्त लडेको देखिन्छ ।

व्यापक रूपले भन्दा यस ग्रन्थले ती वीरहरूको जीवन गाथा बताउँछ जसले भारतको एक महायुद्धमा भाग लिएका थिए । महाराणाप्रतापले सँगसँगै दुईवटा कथाको प्रतिनिधित्व गर्दछ । नेपाल भारत दुवैदेशका नागरिकहरू ती दिनमा आआफ्ना देशका क्रूर शासकहरूको विरुद्धमा लडिरहेका थिए । स्वतन्त्रताको पक्षमा वीर योद्धाले भन्दछ म मेरो शत्रुहरूलाई स्वतन्त्रता बेच्ने छैन ।

नेपालको ती दिनको नियतिलाई छद्मरूपले यसले प्रस्तुत गरिएको छ । यो महाकाव्य महाकवि भारतवर्षमा निर्वासित भएको दिनमा लेखिएको थियो । यसर्थ यसमा अविभक्त भारतवर्षको सुरक्षा गर्ने बाचा रहेको छ । यसको कथाले मेलमिलाप र जनताको एकतालाई प्रोत्साहन दिएको छ अनि यसले वीरहरूलाई आफ्नो जीवनको बलिदान दिन प्रोत्साहित गर्दछ । त्यसकारण वीरत्व, स्वतन्त्रता, बलिदान र उन्मुक्ति यस महाकाव्यको केन्द्रिय सार तत्व हो । जुन कुरा चाहिँ ती दिनका नेपाल भारत दुवै ठाउँमा लागू हुन्छ । समालोचकहरूले महाराणा प्रतापलाई साँच्चै नि एक स्वतन्त्रताको महाकाव्य भनेका छन् ।

क्रमश : २५ औं भाग आगामी शनिवार

तपाइँको प्रतिक्रिया

फेसबुक