शनिबार, वैशाख ८, २०८१

एमसिसी परियोजना खारेजीको माग गर्दै बेल्जियमको नेपाली दुतावासमा ज्ञापनपत्र

नेपालप्लस संवाददाता / ब्रसेल्स, बेल्जियम२०७८ भदौ २५ गते २२:१०

 

ज्ञापनपत्र बुझाउन गएका जनप्रगतिशिल मोर्चाका प्रतिनिधी नेपाली दुतावास ब्रसेल्समा

एमसिसी अमेरिकी परियोजनालाई राष्ट्रघाती भन्दै नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले  ब्रसेल्सस्थित नेपाली दूतावासमा आज शुक्रवार ज्ञापनपत्र बुझाएको छ ।

यस परियोजनालाई ‘आम नेपाली जनताले खारेज गरेको राष्ट्रघाती अमेरिकी परियोजना’ भन्दै यसलाई खारेज गर्नुपर्ने माग रकहेर मोर्चाले नेपाली दूतावास, ब्रसेल्समा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन गएका जनप्रगतिशिल मोर्चाका प्रतिनिधी नेपाली दुतावास ब्रसेल्समा

नेपाल सरकारले संसदबाट एमसीसी पारित गर्ने षडयन्त्र गरेको, राष्ट्रघात र नेपाली जनताको वाक स्वतन्त्रता माथि अंकुश लगाउने धम्की दिएपछी विश्वभरका देशभक्त र क्रान्तिकारीहरु आन्दोलित भएको मोर्चाले उल्लेख गरेको छ ।

नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङको नेत्रित्वमा नेपाली दूतावास, ब्रसेल्स पुगेको प्रतिनिधिमण्डलले ज्ञापन्पत्र बुझाएको हो ।

एमसिसी परियोजना खारेजीको माग गर्दै दुतावासलाई बुझाएको ज्ञापनपत्र

ज्ञापन पत्रमा ‘एमसीसी कुनै एक सामान्य अमेरिकी परियोजना नभएर यो अमेरिकी सैन्य रणनिती इन्डोप्यासिफिक स्ट्रयाटेजीको एक अभिन्न अंग भएको उल्लेख छ । यसले नेपालको सार्वभौम सत्ता माथि हस्तक्षेप गर्ने, नेपालको असंलग्न परराष्ट्र निती माथि प्रभाव पार्दै नेपाललाई द्धन्दमा फसाउने हुनाले यो परियोजनाको खारेजी अनिवार्य भएको ज्ञापनपत्रमा जनाइ एको छ ।

यो परियोजना लगानिको हिसाबले सानो भए पनि अमेरिकाले नेपालको संसदबाट नै पारित गराउनुपर्ने, त्यस अभियानलाई प्रभाव पार्ने उद्धेश्यले परियोजना पुर्वाधारकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणले पनि परियोजनालाई अमेरिकाले दिइरहेको महत्वको बारेमा बुझ्न सकिने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ ‘नेपाली जनताको न्यायीक आवाजलाई दमन गर्ने उद्देश्यका साथ मिती २०७८-०५- १८ गते गृह मन्त्रालयबाट जारी गरिएको उक्त विज्ञप्ती प्रती संगठनको ध्यानाकर्षण भएको छ । नेपाली जनताको संघर्षबाट प्राप्त लोकतन्त्र र अभिव्यक्ती स्वतन्त्रताको सम्मान गर्न पनि नेपाल सरकारलाई आग्रह गर्दछौं।’

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलले ‘नेपाली जनताले खारेज गरेको र भोली देशलाई गम्भीर द्वन्दमा फसाउने षड्यन्त्र भएको यस परियोजनालाई नेपालका नेताहरुले संसदबाटै वैधता दिनु खोज्नु लज्जाको विषय भएको’ बताए ।

उनले भने “देशमा एमसीसी विरुद्ध आन्दोलन र संघर्ष चलेको छ । देशको सार्वभौम सत्ता माथि हस्तक्षेप हुनथाले पछी प्रवासी नेपालीहरुले पनि सशक्त आवाज उठाउनु पर्ने बेला भएको छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक