बुधबार, वैशाख १२, २०८१

एनआरएनए निर्वाचन बिवाद : आफ्नो नाम दुरुपयोग गरेर परराष्ट्रमा पठाएको भन्दै शर्माद्वारा आपत्ती

नेपालप्लस संवाददाता२०७८ भदौ २६ गते १:०७

एनआरएनए केन्द्रले प्रतिनिधी चयनमा बिधान उल्लंघन गरेको लगायतका १९ आरोप लगाउँदै परराष्ट्र मन्त्रालयमा पठाएको उजुरिमा आफ्नो नाम दुरुपयोग गरिएको भन्दै दिपक शर्माले एनआरएनए केन्द्रमा निबेदन दिएका छन् ।

उजुरिकर्ताहरुले लगाएका बिभिन्न आरोपको निरुपण नभएसम्म निर्वाचन प्रक्रिया रोक्न, परराष्ट्र मन्त्रालयद्वारानै अनुगमन गर्न र छानबिन गरिदिनसमेत आग्रह गर्दै पठाएको पत्रमा आफ्नो अनुमतिबिना नाम दिएको भन्दै त्यसका बिरुद्द एनआरएनए केन्द्रमा उजुरि दिएका हुन् ।

नेपालप्लससितको सम्पर्कमा दिपक शर्माले यस अघि भएको विशेष अधिबेशनका बिरुद्द आफूले बिधान बिपरित गरिएको देखेर बिरोध जनाएको तर हाल परराष्ट्र मन्त्रालयमै उजुरि दिनेबारे आफूसित कसैले सल्लाह, सहमतीनै नगरेको बताए ।

“युरोपबाट केहि साथीहरुले फोन गरेर मलाई दिपकजी महाधिवेशन प्रनितिधी छनौटमा मनपरि भएको छ । यस्ता यस्ता समस्या रहेकोले केन्द्रिय समितिमा जानकारि गर्नुपर्‍यो भने । मैले हुन्छ नी आफ्नो संस्थाभित्र छलफल गर्न त के भयो र भनेको थिएँ । केन्द्रिय समितिमा लिखित जानकारि दिने भन्दै कुरा गरेर परराष्ट्र मन्त्रालयमा हालेको उजुरिमा मेरो सहमति बेगर नाम मुछेछन्’ शर्माले नेपालप्लससित भने “निबेदकहरुको नामको सूची भएको ईमेल पठाए । त्यसमा एउटा लिंकपनि रहेछ । त्यो लिंक खोलेर हेरें । भित्र परराष्ट्र मन्त्रालयमा उजुरि हाल्नेको सूचीमा मेरो नामपनि देख्दा त म अचम्म परें । मैले त्यस्तो सहमति गरेकै छैन ।’

आफू बिधी, बिधान, पद्दती र संस्थाको हितकालागि काम गर्ने हुनाले बिधिबिधानको पालना नहुँदा जहिलेपनि सत्यको पक्षमा बोल्ने गरेको, संस्थामा छलफल र बिरोध गर्ने गरेपनि परराष्ट्र मन्त्रालयमा उजुरि हाल्न भने आफ्नो कुनै सहमती नभएको शर्माले नेपालप्लसलाई बताए ।

उनले त्यसका बिरुद्द एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्तलाई निबेदननै दिएर बिरोध जनाएको उल्लेख गर्दै भने ‘सोध्दै नसोधी आर्काको नाम राख्नु भनेको त दुरुपयोग हो नी । मैले मेरो नामको दुरुपयोग गरियो भनेर लेखेको निबेदन अध्यक्ष र आइसिसीहरुलाई पठाइसकेको छु ।’

ओसेयानिक क्षेत्रिय संयोजकमा उम्मेदवारीसमेत घोषणा गरेका शर्माले प्रतिनिधी छनौटमा अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका केहि देशमा बिधिबिधान बिपरित भएको र आफूले त्यसको केन्द्रिय समितिमा बिरोध गरेको समेत उल्लेख गरे ।

शर्माको भनाईमा न्युजिल्याण्डमा ६१ जना प्रतिनिधी भएकोमा हाल बढाएर ९१ जना पुर्‍याइएको छ । अष्ट्रेलियामा २५ प्रतिशत निर्वाचित हुनुपर्ने वैधानिक नियम अनुसार ४५ जनाको निर्वाचन हुनुपर्नेमा ३१ जनाको मात्रै निर्वाचन गरेर १४ जना समितिलेनै छानेको लगायतका कमजोरी रहेको उल्लेख गरे । “तर ति कुरा आफ्नै संस्थामा छलफल, बिरोध गरौं भन्ने हो । केन्द्रमा बिरोध गर्नुपर्‍यो भनेर सोध्दै नसोधी परराष्ट्र मन्त्रालयमा नाम हालेर दुरुपयोग गर्नु त भएन नी” शर्माले थपे ।

यसैसित संवन्धित अघिल्लो समाचार

एनआरएनएको निर्वाचन प्रकृया रोक्न परराष्ट्रसित आदेशात्मक माग : विधान बिपरितका १९ आरोपसहित हस्ताक्षर

तपाइँको प्रतिक्रिया