शुक्रबार, वैशाख १४, २०८१

चौंरीको गोबरमा जाडो कटाउने खरायो

नेपालप्लस संवाददाता२०७८ भदौ २६ गते २०:०४

Image Credit-wikimedia.com

उच्च हिमाली भेगमा पाइने खरायोहरुले जाडोयाममा चौंरीको गोबर खाएरै बाँच्ने गरेको तथ्य फेला परेको छ ।

प्रोसेडिङ अफ द नेशनल एकाडेमी अफ साईन्सको जर्नलमा उल्लेख भए अनुसार पिका भनिने खरायोकै परिवारमा पर्ने प्रजातिले अत्यधिक जाडोका बेला चौंरीको गोबर खाने गर्छन् ।

नयाँ अनुसन्धानले पत्ता लगाए अनुसार यी साना खरायोका प्रजातिहरु उत्तरी अमेरिका र एशियाको पहाडी क्षेत्रहरुमा पाइन्छन् । तिनले तिब्बती पठारको भागमा जाडोमा बाँच्न चौंरीको मलमा पाईने तर नपचेका पोषक तत्वहरु खाने गरेका छन् । जाडोयाममा हिउँ परेर अन्य आहाराहरु हिउँले ढाकिएको बेला तिनले चौंरीको मलमा रहेका तर गलिनसकेका पोष्गक तत्वलाई आहाराको पुरकको रुपमा खाने गर्छन् । हिउँले ढाकेर अन्य आहारा नपाउँदा तिनले त्यसैले काम चलाउँछन् ।

अनुसन्धानकर्मीहरुले खरायो बिचरण गर्ने संभावित वासस्थानमा भिडियोहरु राखिदिएका थिए । उनीहरुले पिका खरायोहरुले चौंरीको मल खाएको भिडियो फेला पारे । त्यसपछि उनीहरुले करिब ३०० अन्य पिका खरायोहरुको मृत शरिरपनि अनुसन्धान गरेका थिए । तिनले खाने आहाराका बारेमा अनुसन्धान गर्दा त्यो तथ्य प्रमाणित भयो ।

साना स्तनपायी यि जिव शितनिन्द्रा वा शितकालकालागि शुषुप्त अवस्था (हाईबरनेसन) मा बस्दैनन् । यि बाह्रै महिना सक्रिय हुन्छन् । उग्र जाडोका बेला जब खानाको अभाव हुन्छ त्यो बेला आफ्नो शरिरको शक्तिलाई ३० प्रतिशत जोगाउन सक्छन् । अर्थात् ३० प्रतिशत कम शक्ति प्रयोग गरेर वा घटाएरपनि जिउन सक्छन् । खासगरि तिनले खाने विरुवा बनस्पती पाउन दूर्लभ भएपछि तिनले ३० प्रतिशत कम शक्तिमै जिउने गर्छन् ।

तपाइँको प्रतिक्रिया