बिहीबार, वैशाख १३, २०८१

के वाईनले मुटुको रोग घटाउँछ ?

नेपालप्लस संवाददाता२०७८ भदौ २६ गते २१:१५

नयाँ वैज्ञानिक अध्ययनले वाईन पिउने गर्दा मुटुको रोग घटाउने तथ्य फेला पारेको छ । तर यसमा थप अनुसन्धन भैरहेकाले अहिलेनै निष्कर्ष निकाल्न नहुने भनाई अनुसन्धानकर्मीको छ ।

क्लिनिकल इलेक्ट्रोफिजियोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार हप्तामा केहि पटक वाईन पिउनाले अनियमित मुटु धड्कने जोखिमलाई थोरै कम गर्न सक्छ । तर अनुसन्धानकर्मीहरुले मानिसको समग्र स्वास्थ्यकालागि वाईन पिउनु फाईदा वा हानिकारक के हो भन्ने निष्कर्षमा पुगिनसकेको जनाएका छन् । तर उनीहरुले फाईदानै पुग्नेभएपनि जिम्मेवार तरिकाले मात्रा पुर्‍याएर पिनुपर्नेमा जोड दिएका छन् ।

एडिलेड विश्वविद्यालय र फ्लिन्डर युनिभर्सिटीको हालसालै प्रकाशित अध्ययन अनुसार कसरी रक्सीको कम मात्राले धमनी फाइब्रिलेशन (ए एफ) को जोखिमलाई प्रभावित गर्दछ भन्नेमा केन्द्रित थियो । मुटुको धड्कन छिटो हुँदा मुटुको जटिलताहरुलाई निम्त्याउन सक्छ ।

धेरै मात्रामा रक्सी पिउँदा सधैं नकारात्मक नतिजा निस्किने अध्ययनले फेला पारेको छ । धमनी फाईब्रिलेसनको सबैभन्दा कम जोखिम कहिल्यैपनि वाईन नपिउनेलाई भन्दा हप्तामा सात गिलास वाइन नबढाईकन पिउनेलाई हुन्छ ।

“एएफले धड्कन बढाउने, सास फेर्न गाह्रो हुने, थकाई लाग्ने, चक्कर आउने र शारिरिक कसरत गर्न कठिनाई सहितका लक्षणहरु देखिनसक्छन् । यो निरन्तर देखिनसक्छ” एडिलेड विश्वविद्यालय र रोयल एडिलेड अस्पतालका प्रमुख तथा रोपोर्टका मुख्य लेखक शमूएल तू भन्छन् ।

यो अध्ययन भन्दा पहिले रक्सीको खपत एएफको स्तर विकाससित संवन्धित हुन्छ कि हुन्न भनेर राम्रोसित थाह थिएन ।

केहि अध्ययनहरुले रक्सीको कुनै पनि खपत (उदाहरणको लागि, दिनको एक गिलास) एएफको विकासको एक बढ्दो जोखिमसँग सम्बन्धित भएको सुझाव दिएका छन् ।

तर अन्य केहि अध्ययनहरुले रक्सीको मात्रा कम पिउने हो भने एएफको जोखिम कम हुने उल्लेख गरेका छन् ।

यस अनुसन्धानमा ‘अल्कोहलको कम मात्रा’ भन्नाले कति मात्रा, त्यसको सिमा के हो भनेर स्पष्ट गर्न खोजिएको थियो ।

यो पत्ता लगाउनको लागि मध्यम उमेरका चार लाख मानिसहरुमा अध्ययन गरिएको थियो । उनीहरुले ११ वर्षसम्मको तथ्यांक प्रयोग गरेका थिए । ति मानिसले वाईन पिएको अवधिभरिमा कति एएफ बढ्यो र घट्यो भन्ने मूल्यांकन गरेका थिए ।

“हामीले गरेको अध्ययन अनुसार अष्ट्रेलियन मापदण्डमा रहेर हप्ताको ६ गिलास वाईन पिउनेहरुको एएफ जोखिम सबैभन्दा कम देखियो” तु आफ्नो रिपोर्टमा भन्छन् ।

अध्ययनका अनुसार बियर र साइडरको खपतले एएफको मात्रा बढ्ने जोखिम धेरै हुन्छ । रातो र सेतो वाईन पिउनेको तुलनामा । यी नतिजा महिला र पुरुषहरु दुबैमा समान देखियो ।

सबै मादक पदार्थले एएफको स्तर बढ्ने जोखिम देखिएको छ । यो जोखिम ब्यक्तिले कति र कुन रक्सी पिउँछ भन्नेमा भर पर्छ ।

महत्वपूर्ण कुरा के हो भने यो अध्ययनले कसैलाइपनि स्वास्थ्य राम्रो हुन्छ भनेर रक्सी पिउन सिफारिस गर्दैन । बरु एएफबाट बढ्ने जोझिमबाट बच्न कसरि सतर्क रहेर, बिचार पुर्‍याएर पिनुपर्छ भन्ने सुझाव दिन्छ ।

तपाइँको प्रतिक्रिया