बिहीबार, वैशाख १३, २०८१

संयुक्त अरब इमिरेट्स र पाकिस्तानले अफगानिस्तानमा व्यावसायिक उडान सुचारु गर्ने

नेपालप्लस संवाददाता२०७८ भदौ २७ गते ११:३३

संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानले अफगानिस्तानमा अव्यावसायिक उडानहरु सुचारु गर्ने भएका छन् ।

तालिबानको कब्जापछि संयुक्त अरब इमिरेट्स (यूएई) ले अफगानिस्तानलाई धेरै टन सामान ओसार्ने सहयोग पुर्‍याउन एउटा हवाई पुल बनाएको छ । काबुल एयरपोर्ट अपरेसन म्यानेजरले शनिबार एएफपीलाई बताएअनुसार पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले सोमबारदेखि अफगानिस्तानको राजधानी काबुलमा व्यावसायिक उडान पुनः सुरु गर्ने भएको छ ।

धनी देश संयुक्त अरब इमिरेट्स एक घनिष्ठ अमेरिकी सहयोगीपनि हो अफगानिस्तानकालागि । अफगानिस्तनमा युएईले कतार, कुवेत र बहराइनसँगै विदेशी र अफगानहरु उद्दार गर्न खाली उडानहरु गर्दै आएको थियो ।

“सेप्टेम्बर ३ बाट युएई सरकारले मानवीय सहायताको लागी एक एयर ब्रिज कोरीडोर सक्रिय गरेको छ” इब्राहिम मोराफीले भने ।

मोराफी महाप्रबन्धक र जिएएसिको क्षेत्रीय निर्देशक हुन् । यो संयुक्त अरब ईमिरेट्समा रहेको एक कम्पनी हो जसले नोभेम्बर २०२० देखि काबुल एयरपोर्ट मा ग्राउन्ड र सुरक्षा ह्यान्डलिंग सेवाहरु प्रदान गरेको छ ।

“सुरक्षा ह्यान्डलिङ सेवा शुरु गरेको दिन देखि अहिलेसम्म हामीले दैनिक लगभग ११ उडानहरु गरिरहेका छौं, त्यसलाई राम्रोसित ब्यवस्थापन गर्न सफल भएका छौं । हामीले २५५ टन चिकित्सा सहायता र खाद्यान्न ब्यवस्थापन गरिसकेका छौं” उनले भने ।

शनिबार संयुक्त अरब इमिरेट्स (युएई) का दुई वटा विमानले रोस्ट गरेको मासु, पाउडर दूध, खाना पकाउने तेल र चिकित्सा सामग्री भएको दर्जनौं सहायता प्याकेजहरू उतारेका थिए ।

अफगानिस्तानबाट बाहिर गएका वा भागेका करिब एक लाख २० हजार अफगान र विदेशीहरुमध्ये दुई तिहाई भन्दा बढी आफ्नो अन्तिम गन्तव्यमा जानु अघि संयुक्त अरब इमिरेट्स र कतारमा अवतरण गरेका थिए ।

कतार यस क्षेत्रको सबैभन्दा ठूलो अमेरिकी वायु सेनाको आधार क्षेत्र (एयर फोर्स) हो । कतारले तालिबान र अन्तर्राष्ट्रिय समुदायको बिचमा मध्यस्थताको भूमिका खेलेको छ ।
अगस्ट १५ मा अफगानिस्तानको राजधानी तालिबानले कब्जा गरेपछि संयुक्त राज्य अमेरिका लगायत धेरै देशहरुले आफ्नो दूतावास काबुलबाट दोहामा सारेका छन् ।

संयुक्त अरब इमिरेट्स सन् १९९६ र २००१ को बीच तालिबान शासनलाई मान्यता दिने तीन देशहरु मध्येको एक थियो । अपदस्थ राष्ट्रपति अशरफ घानीलाई हाल शरण दिईरहेको छ ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि काबुल विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि बन्द गरिएको थियो । त्यसपछि पहिलो अन्तर्राष्ट्रिय उडान भएको छैन । त्यसैले महत्वपूर्ण सुविधासहितका प्राविधिकहरु चौबीसै घन्टा यो विमानस्थलको सुरक्षा र प्राविधिक ब्यवस्था मिलाउन दौडिरहेका छन् ।

पछिल्लो दुई दिनमा कतार एयरवेजले काबुल बाहिर दुई चार्टर उडानहरु सञ्चालन गरेको छ । तिनमा प्रायः विदेशी र अफगानिहरु छन् जो अफगानिस्तानबाट बाहिर निकाल्ने क्रममा पहिले छुटेका थिए ।

अफगान एयरलाईन्सले भने गत सातादेखि आन्तरिक उडान सुचारु गरेको थियो ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले शनिबार एएफपीलाई इस्लामाबादबाट काबुलको उडान अर्को हप्ता पुनः सुरु गर्ने बताएको छ । तालिबानले गत महिना सत्ता कब्जा गरेपछि पिआइेएले गर्ने यो उडान पहिलो विदेशी व्यावसायिक सेवा बन्ने छ ।

हामीले उडान सञ्चालनका लागि सबै प्राविधिक स्वीकृति पाएका छौं” पीआईएका प्रवक्ता अब्दुल्लाह हफीज खानले एएफपीलाई भने “हाम्रो पहिलो ब्यापारिक विमान सेप्टेम्बर १३ मा इस्लामाबादबाट काबुल उड्ने कार्यक्रम छ ।”

तपाइँको प्रतिक्रिया