शनिबार, वैशाख ८, २०८१

मेक्सिकोमा कोलम्बसको शालिक हटाएर आदिवासी महिलाको शालिक राखिने

नेपालप्लस संवाददाता२०७८ भदौ २७ गते १४:०१

फोटो- टेलरडेली प्रेस डट नेट

मेक्सिकोको राजधानी मेक्सिको सिटीको मुटुमा १९ औं शताब्दीदेखि राखिएको क्रिष्टोफर कोलम्बसको शालिक हटाएर आदिवासी मेक्सिकन महिलाको शालिक राख्ने सरकारले निर्णय गरेको छ ।

आदिवासी महिला दिवसको अवसरमा बोल्दै मेक्सिको सिटीकी मेयर क्लाउडिया सेनवाडमले भनिन् “गत वर्ष प्रदर्शनकारीहरुले तोडफोड गरेका कारण सुरक्षित तरीकाले राखिएको कोलम्बसको शालिक अब यहाँ फर्कनेछैन । मेक्सिको सभ्यताको शुरुवाती मानिने ओल्मेक आदिवासी जातिकी महिलाको शालिक यहाँ उभ्याइनेछ । शालिक धमाधम बनिरहेकोछ ।

अमेरिका पत्ता लगाएको ५ सय वर्ष पुगेको उपलक्ष्यमा कोलम्बसलाई संसारैभरी चर्चा गरिंदा मेक्सिकोका जनताहरु भने कोलम्बसलाई क्रूर र आततायी भक्षक भन्दै नाराबाजी गरिरहेका थिए । शहरका विभिन्न ठाउँमा राखिएका शालिकहरु त्यस यता तोडिंदै आएका छन् । मेक्सिको पुगेर त्यहाँका हजारौं आदिवासीको हत्या गरेको हुनाले कोलम्बसलाई नरभक्षी डाँकूको रुपमा व्यवहार गरिनुपर्छ भन्ने प्रदर्शनकारीहरुको माग रहँदै आएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक