बुधबार, वैशाख १९, २०८१

महिलाहरु एक जुट नहुनाले एनआरएनएमा महिला नेतृत्व कमजोर

नेपालप्लस संवाददाता २०७८ भदौ २७ गते २२:०४

गैर आवाशिय नेपाली संघ (एनआरएनए) को नेत्रित्व छनौटका क्रममा महिलाहरु एक अर्कामा एकजुट नभएकाले महिला नेत्रित्व पछि परेको अभियन्ताहरुले बताएका छन् । नेपालप्लस डटकमले ‘एनआरएनएमा महिला नेत्रित्व’ विषयमा आइतवार आयोजना गरेको प्रत्यक्ष छलफल कार्यक्रममा एनआरएनए अभियन्ताहरुले महिला नेत्रित्व छनौट गर्दा महिलाहरुको एकता, समझदारी, ऐक्यबद्द्ता र साझा मुद्दामा एक जुट नभएकाले पछि परेको बताएका हुन् ।

एनआरएनएको केन्द्रिय समितिमा प्रथम महिला उपाध्यक्ष अ मेरिका निवाशी डा विष्णुमाया परियारले एनआरएनए शुरुमा गठन हुँदा निकै स्वच्छ, सुन्दर र सफा रहेपनि हाल गुटबन्दी हुँदै गएको, राजनितिक पार्टीको हस्तक्षेप बढ्दै गएको, बिभिन्न देशका एनसिसीमा प्रवाशीमन्ञ्च, जनसम्पर्क समिति लगायत अन्य राजनितिक संस्थाको हस्तक्षेप र बिभिन्न पार्टीको मारामार हुन थालेको बताईन् । “एनआरएनए भनेको झगडा गर्ने, गुटबन्धि गर्ने थलो हो भनेर प्रचार भएको छ । एनआरएनए नकारात्मक संस्था भनेर फैलिएको छ” उनले भनिन् “मलाई त यो सबै नकारात्मकता देख्दाएनआरएनएनै त्यागौं जस्तो महसुस हुन्छ “।

नकारात्मक कुरालाई हटाउने, राजनितिक पार्टीको हस्तक्षेप र गुटबन्दि त्याग्ने, नेपाल र नेपालीको लागि केहि गर्नुपर्छ भनेर लाग्ने, लिने भन्दा दिनकालागि हो भन्ने सोची एक भएर लाग्ने हो भने यो संस्था अति सुन्दर बन्ने सुझाव उनको थियो ।

एनआरएनएको केन्द्रिय अध्यक्ष पदमा एक जना महिलापनि हुनै पर्छ । यसकोलागि अब लड्नुपर्छ । अमेरिका जस्तो देशमापनि आरक्षणको ब्यवस्था छ । त्यसैले एनआरएनएमापनि महिला अध्यक्ष हुनुपर्छ भनेर लागौं ।”

एनआरएनए महाधिवेशन र निर्वाचनकालागि प्रतिनिधी छनौट विषयमा असन्तुष्टि स्रिजना भएपनि दाबि बिरोध गर्न पाइने प्रावधान राखिएको अस्ट्रेलिया क्षेत्रको महिला संयोजक जानकि रिमाल पौडेलले बताइन् । एनआरएनएको अधिवेशनमा धाँधली नहोस् भनेर ६५, २५ र १० प्रतिशत प्रावधान राखी प्रतिनिधी छनौट प्रक्रियालाई बिधानमै उल्लेख गरिएकोपनि उनले उल्लेख गरिन् । “कतिपय देशमा ढिलो निर्वाचन भएकाले ६५, २५ र १० प्रतिशत बिधान अनुसार नछानेर नयाँ समिति जो बिजयी भएको छ उसैले प्रतिनिधी छान्न दिनुपर्ने भन्ने परेको र यो बिस्तारै हट्दै जाने” भनाई रिमालको छ । एनआरएनएमा राजनितिक गन्जागोल र दुषित वातावरण स्रिजना भएको भन्ने गुनासो साँचो भएकोपनि उनले खुलेरै बताइन् ।

महिलाहरुपनि नेतृत्वमा आउँदै गर्दा पदको जिम्मेवारीलाई वहन गर्न हरेक तरिकाले तयार हुनुपर्ने भनाई उनको छ ।

एनआरएनए शुरु गर्दा महिला सहभागिता धेरै भएको र त्यो संलग्नता बढ्दै जानुमा हाल झन घटेको अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा संयोजक बिमला सापकोटाले बताउँदै भनिन् “कुनै कुनै एनसिसीमा त एक जना महिलापनि छैनन् ।” सापकोटाले हाल एनआरएनएको केन्द्रिय निर्वाचनमा युवा संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकि छन् ।

‘महिला आरक्षण कोटामा किन जाने यति धेरै महिला हुँदाहुँदै ?’ भन्ने प्रश्नमा उनले भनिन् “म त प्रतिस्पर्धी कोटामै जाउँ भन्ने लाग्यो । किनकि म एक युवा महिला भएपनि म प्रतिस्पर्धा भएरै काम गर्नसक्छु र दोस्रो पुस्तालाई प्रेरित गर्छु भनेर लागेकि हुँ ।”

एनआरएनएमा हाम्रा भाईबहिनीहरुलाई जोड्न नसकेको र तिनलाई आकर्षण गर्न नसक्दा भविष्यमा एनआरएनए संस्थानै चल्न नसक्ने बुझाई उनको छ । आफूले जहिलेपनि महिला सहभागिताको विषय उठाउने गरेको उल्लेख गर्दै बिमला सापकोटाले आफ्नो अनुभव सुनाईन् “म कार्यक्रममा जाँदा आफ्नो छोराछोरी र पतीलाईपनि लिएर जान्छु । तर पुरुषहरु जानुभयो भने आफू मात्रै जानुहुन्छ । त्यसैले महिला सहभागिता एकदमै आवस्यक छ, एनआरएनएलाई दिर्घकालिन रुपमा अगाडि बढाउन, फुलाउन र फैलाउन ।”

बिष्णुमाया परियारका अनुसार गत निर्वाचनमा महिलाहरुले कुनै पदमा महिला छन् भने त्यसमा महिलाले उम्मेदवारी नदिने, महिला उठेको पदमा अर्को महिला नउठ्ने समझदारी गरिएको थियो । कम्तिमा महिलाले महिलालाई मत दिएपनि त महिलाको उपस्थिति बलियो हुन्छ भन्ने थियो । उनले भनिन् “तर निर्वाचनमा जाने बेला महिलाहरुलेनै महिलाबिरुद्द उम्मेदवारी दिए । मैले महासचिवमा उम्मेदवारी दिएँ । सर्वसम्मत बनाउन खोजियो । मेरो बिपक्षमा एक जना महिला हुनुहुन्थ्यो । विष्णुजी उठ्ने भए म बिष्णुजिलाई छोड्छु भन्नु भो । तर मेरो बिपक्षमा अर्को बलियो उम्मेदवार नआओस् र अन्तिममा मै दिउँला उम्मेदवारी भन्ने रहेछ । उम्मेदवारी दर्ता गराउने अन्तिम एक दुई मिनेट बाँकि हुँदा उहाँलेनै मेरोबिरुद्द उम्मेदवारी दिनुभयो ।”

बिष्णुमाया परियारको भनाईमा एनआरएनमा महिलाला मूल नेत्रित्वमा आउनै दिँदैनन् । अहिले प्रमुख पाँच पदमा महिला एक जन रबिना थापा मात्रै छन् र उनीपनि महिला कोटा नभएको भए पर्ने थिईनन् ।

एनआरएनए भनेको हराएको पहाड हो । त्यो पत्ता लागेको छ । हराभरा छ । तर त्यसलाई लुछालुछ गरेर मरुभूमी बनाएर नलैजाउँ । यस्तै अवस्था रहे मरुभूमी हुनसक्छ ।

पुरुषभन्दा महिला सक्षम छन् र पनि तिनको गन्ति हुन्न । प्रमुख पाँच पदमा महिला नभै केहि गर्न सकिन्न । उनको भनाईमा महिलामा एकता छैन । कुनै एक महिलाले काम गरे अगाडि बढ्न दिँदैनन् । महिलालाई गन्दै गनिँदैन । महिला सक्षम हुँदापनि नेत्रित्वमा जान दिइन्न । प्रमुख पाँच पदमा महिला पुग्न गाह्रो छ । किनकि पुरुषले साथ दिँदैनन् ।

त्यसको अर्को कारण के हो भने महिलामा एकता छैन । कुनै एक महिलाले राम्रो काम गरेपनि प्रशंसा हुन्न । बरु ईर्श्या गरिन्छ । महिलाको बिचमा एकता छैन ।

बिष्णुमायाको बिचारमा महिलाहरुले महिला मुद्दा लिएर किन नजाने ? किन राजनितिक पार्टीको झोला बोक्ने ? “जबसम्म राजनितिक पार्टीको प्रभाव हुन्छ यो एनआरएन हुन्न, यो त राजनितिक पार्टी भैहाल्यो नी । हामी महिला एक भएर जाउँ । हारे पनि महिलाको भोटले हारौं न किन राजनितिक भोटले हार्ने भन्ने लाग्छ” उनले स्पष्ट पार्न खोजिन् ।

परियार पैसा खर्च गरेर निर्वाचन जित्ने प्रथाको बिरुद्द छन् । महिला सक्षम भएमा पैसा खर्च नगरि जित्न सकिन्छ भन्ने उनको विश्वास छ । “जसले पैसा खर्च गरेको छ उसलाई भोटनै नदिउँ” उनले आग्रह गरिन् । यो अनलाईन भोटिङले गर्दा पैसा खर्च गरेर निर्वाचन जित्ने कुरालाई निरुत्साहित पार्ने उनको विश्वास छ । “मतदातालाई होटेल बुक गरिदिने, जाँडरक्सी खुवाएर प्रभाव पार्ने कुरा कम हुन्छ होला” उनी भन्छिन् ।

गैर आवासिय नेपाली संघ ओसियानिया क्षेत्रकी महिला संयोजक जानकी रिमाल पौडेलको अनुभवमा क्षेत्रिय र आइसिसी तहको बैठकमा महिलाहरुको सहभागिता कम हुने गरेको पाइएको थियो । बैठकमा कम उपस्थित हुने भएरपनि पुरुष साथीहरुसित प्रतिस्पर्धी कम भएको हुनसक्छ । महिलाहरु पदमा लडेर आउन चाहने स्थितिपनि कम छ । महिलाका काम, घरायसी जिम्मेवारी, चाख, आफ्नै परिवारका सदस्यनै लागेको आधि कारणले गर्दा त्यसो भएको हो ।

महिलालाई उठाउने, सर्वसम्मत बनाउँ भन्ने र अन्तिममा नाटक गरेर पुरुषहरुले अर्को उम्मेदवार उठाउने गर्छन् । तर महिलाले यस्तो नाटक जान्दैनन् । महिलालाई यसरि चिप्ल्याउने काम गरिन्छ ।

एनआरएनएमा राजनिति धेरै हुने गरेकालेपनि आफ्ना वालवालिकाहरु एनआरएनएमा सहभागि हुन नचाहेको जानकी रिमालकोपनि अनुभव छ । किनभने यता हुर्केका नयाँ पिढीलाई राजनिति मन पर्दैन ।

तर जानकि रिमाल एनआरएनए प्रति निराश भने छैनन् । उनी भन्छिन् “एनआरएनए भनेको हराएको पहाड हो । त्यो पत्ता लागेको छ । हराभरा छ । तर त्यसलाई लुछालुछ गरेर मरुभूमी बनाएर नलैजाउँ । यस्तै अवस्था रहे मरुभूमी हुनसक्छ ।”

अहिले महिलाका तर्फबाट रबिना थापाले आफ्नो उम्मेदवारी अनौपचारिक रुपमै भएपनि घोषणा गरेकि छन् । के छ त रबिना थापाका पक्षमा महिलाको अभियान ?

रिमालले भनिन् “रबिना थापालाई सबै मिलाएर जिताउनुपर्छ पर्छ । तर उहाँको टिमको बनावट कस्तो चाहनुभएको हो ? के छ उहाँको निर्वाचनको मोडेल ? उहाँले आव्हान गर्नुभएको छ । तर अहिले नै उहाँका बारेमा समेत नकारात्मक कुरालाई फैलाइरहेको पाइन्छ समाजमा । त्यसैले महिलालाई धेरै गाह्रो छ नेत्रित्वमा पुग्न ।” ।”

महिला उमेदवारलाई किन कम्तिमापनि महिलाका तर्फबाट सर्वसम्मत बनाउन सकिन्न ? विमला सापकोटाको अनुभवमा महिलालाई उठाउने, सर्वसम्मत बनाउँ भन्ने र अन्तिममा नाटक गरेर पुरुषहरुले अर्को उम्मेदवार उठाउने गरिन्छ । “तर महिलाले यस्तो नाटक जान्दैनन् । महिलालाई यसरि चिप्ल्याउने काम गरिन्छ । महिलालाई अगाडि बढाउने भन्ने र अन्तिममा मनोबलनै गिराउने गरेर खुट्टा तान्ने गरिन्छ” सापकोटाले सुनाईन “मैले युवा संयोजकमा उम्मेदवारी दिएलगत्तै मलाईपनि मेरो फेसबूकमा कति नराम्रोसित लेखिदिएका छन् । तर हामी महिला उहाँहरुले जति थिच्न खोज्नुहुन्छ उति उफ्रिने भकुण्डो जस्तो हुनुपर्‍यो । तर महिलाले महिलालाईनै साथ दिँदैनन् । मैलेपनि महसुस गरेको कुरा हो ।”

केन्द्रिय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेकि विमलाको भनाई छ “महिला र युवा भनेको सानो विरुवा हो । यसलाई मलजल गर्नुपर्छ । त्यसकोलागि आरक्षण गर्नुपर्छ । कम्तिमा केहि समय हुर्किने बढ्ने बेलासम्म आरक्षण दिनुपर्‍यो नी !

अब हुने केन्द्रिय निर्वाचनमा ५४ जनामा १६ जना महिलाको उपस्थिति हुनैपर्छ । तर अग्रसरताले गर्दापनि ५० प्रतिशत महिला हुने संरचना बन्ला जस्तो नलागेको सोच जानकी रिमालको छ । ३३ प्रतिशत हुनैपर्छ भनिएको छ । नेपालको कानुन अनुसारपनि । त्यो १६ जना बाहेक अन्य पदमापनि महिलाले उम्मेदवारी दिन सक्छन् ।

हाल अन्तर्राष्ट्रिय समन्वयन समितिको पदाधिकारी पदहरूमा कम्तिमा ३० प्रतिशत महिलाको कोटा सुरक्षित गर्न सफल भएको र यो बढ्दै जानेमा आफू ढुक्क रहेको उनले बताईन् ।

बिष्णुमाया परियारपनि विमलाका तर्कमा सहमती गर्छिन् । उनको भनाईमा अर्काको भोट काट्नुपर्‍यो तिमी उठ भनेपछि उफ्रिने भकुण्डोजस्तो हुनुभएन, आफ्नै लागि उफ्रिनसक्ने भकुण्डो बन्न सक्नुपर्छ । कुनै पदमा बसिसकेपछि त्यसको जिम्मेवारी, कर्तब्य पुरा गर्न सक्नुपर्छ र नसक्ने अवस्थामा तयारि गर्नुपर्छ भन्ने स्पष्ठ धारणा उनको छ । “समय छ । संस्थालाई कुनै योगदान दिनसक्नेले मात्रै पद लिनुपर्छ। र त्यो क्षमता र चाख भएका महिलालाई सहयोग गर्नुपर्छ । महिलाको भोट नआएर महिलाले हार्न नपरोस” उनले भनिन् ।

केन्द्रिय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेकि विमलाको भनाई छ “महिला र युवा भनेको सानो विरुवा हो । यसलाई मलजल गर्नुपर्छ । त्यसकोलागि आरक्षण गर्नुपर्छ । कम्तिमा केहि समय हुर्किने बढ्ने बेलासम्म आरक्षण दिनुपर्‍यो नी ! एकदिन ति सक्षम भएपछि आफैं लड्छन्” बिमलाले सुनाईन् ।

विष्णुमाया परियार त एन आर एन एको केन्द्रिय अध्यक्ष पदमापनि एउटा पद महिलाको लागि हुनुपर्ने अडान राख्छिन् । एक जना पुरुष अध्यक्ष र अर्को महिला अध्यक्ष । यसलाई महिलालेनै एजेण्डाका रुपमा अगाडि सार्नुपर्ने भनाई उनको छ । भनिन् ” एनआरएनएको केन्द्रिय अध्यक्ष पदमा एक जना महिलापनि हुनै पर्छ । यसकोलागि अब लड्नुपर्छ । अमेरिका जस्तो देशमापनि आरक्षणको ब्यवस्था छ । त्यसैले एनआरएनएमापनि महिला अध्यक्ष हुनुपर्छ भनेर लागौं ।”

एनआरएनएमा महिला नेत्रित्वबारे बहस कार्यक्रम हेर्ने भए फेसबुक पेजमा रहेको तलको लिंक कपी पेस्ट गरेर हेर्न सक्नुहुन्छ

https://www.facebook.com/Nepalplus/videos/1056984168373213/

तपाइँको प्रतिक्रिया

फेसबुक