मंगलबार, वैशाख ११, २०८१

गिद्ध सखाप पार्ने गाईवस्तुको अर्को घातक औषधी देखापर्‍यो

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ २८ गते १५:३०

नवलपरासीमा अप्रिल २०२१ मा ६९ गिद्ध मृत फेला परेका थिए । फोटो साभार-नेपाली टाईम्स

एशियाली गिद्धहरुको लागी खतरा पैदा गर्ने गाईवस्तुको नयाँ औषधि पहिचान गरिएको छ ।

अनुसन्धानकर्ताहरुको अध्ययनले गाईवस्तुकालागि प्रयोग गरिने लोकप्रिय औषधि नेमोसुलाईडबारे चिन्ता उठाएपछि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

धेरै एसियाली देशहरुमा गाईवस्तुलाई प्रयोग गरिने डिक्लोफेन नामको औषधीले गर्दा गिद्धहरु लगभग नष्ट भएका थिए । त्यो औषधी दिएका गाइवस्तुको सिनो खाएपछि गिद्ध धेरै मरेर लोप हुने अवस्थामा पुगेका थिए । पछि त्यो औषधीमाथि प्रतिबन्ध लगाइयो र गिद्धको संख्या बढ्न थाल्यो ।

गिद्धको संख्या घट्नासाथ गाईवस्तुको सिनो धेरै समयसम्म रहँदा भुस्याहा कुकुरको संख्या बढ्यो । यस्ता कुकुरको संख्या बढेपछि रेबिजको सुई दिनुपर्ने मानिसको संख्या ह्वात्तै बढ्यो ।

त्यसरि डिक्लोफेन प्रतिबन्ध गरेर जब गिद्धको संख्या बढ्न थाल्यो अहिले फेरि संरक्षणवादीहरुले गाईवस्तुलाई प्रयोग गरिने अर्को औषधि पत्ता लगाएका छन् जुन गिद्धकालागि अर्को खतारा हुने देखिएको छ । मरेका जिवजन्तुको सिनु खाएर सफा गरिदिने यि प्राक्रितिक कर्मचारी गिद्धको अस्तित्वमा अहिले पहिचान गरिएको अर्को औषधीले संकट थपिदिने वातावरणवादीहरुको भनाई छ ।

हालैका दुई अध्ययनले संकेत गरेको छ, निमेसुलाइड नामको औषधी दिइेएका गाईवस्तुको सिनु खाएपछि गिद्धहरु मर्नसक्छन् । निमेसुलाइड यस्तो औषधी हो जुन दिएपछि गाईवस्तुको दुखाई, सुन्निएको, फुल्ने क्रम (एन्टि इल्फ्लामाटोरी) कम गरिदिन्छ । यो औषधिको लोकप्रियता एशियामा पशु चिकित्सा उपचारको रूपमा बढ्दो छ। “यो धेरै चिन्ताजनक अवस्था हो” बम्बई प्राकृतिक ऐतिहासिक समाज (बिएनएचएस) का उप निर्देशक विभू प्रकाश भन्छन् ।

वातावरणीय समूहहरुले हालको नयाँ प्रमाणले सरकारलाई गाईवस्तुमा निमेसुलाइडको प्रयोगमाथि प्रतिबन्ध लगाउन मद्दत पुर्याउने आशा गरेका छन् । उनीहरुले अघिल्लो रिपोर्टमा गाईवस्तुलाई प्रयोग गरिने टोल्फेनामिक एसिड (एन्टि इङ्लामेटोरी) औषधी गिद्धकालागिपनि सुरक्षित भएको बताइसकेका छन् । उनीहरुले निमेसुलाइडको सट्टा टोल्फेनामिक एसिड प्रयोग गर्न बिकल्प दिएका हुन् ।

सन् १९९० को दशकको शुरुमा, दशौं लाख गिद्धहरु भारतमा पाइन्थे । त्यसबाहेक नेपाल, वंगालादेश, भुटान, श्रीलन्का, पाकिस्तानमापनि उत्तिकै पाइन्थ्यो । प्राक्रितिक रुपमा सिनु सफा गर्ने यि प्रक्रितिका कामदारहरूले खुला ठाउँमा फालिएका गाईभैंसी, कुकुर आदि जनावर क्षणभरमै खाएर साफ गरिदिन्थे । त्यसले सिनोबाट फैलिनसक्ने रोग, महामारीलाई रोकिदिन्थ्यो । तर तिनै सिनो खाने गिद्धहरुको संख्या दुर्घटनाग्रस्त भयो । विशेष गरी कमन व्ह्वाईट रम्प्ड भल्चर (जिप्स बेंगालेन्सिस) गिद्धको संख्या नाटकिय रुपमा घट्यो । डाइक्लोफेनिक औषधी खाएर मरेका जिवजन्तुको सिनो खाएपछि मिर्गौलाले काम गर्न छोडेको थियो । त्यो औषधी सामान्यतया दुखाई कम गर्न, ज्वरो घटाउन, सुन्निएको साम्य पार्न गाईवस्तुहरुलाई दिईन्छ ।

डेक्लोफेनिक औषधी प्रभावकारि देखिएकोले पनि गुपचुप बिक्रि गर्न थालिएको हो । यसलाई ‘कप अफ टी’ भनेर चित्रित गरिन्छ । किनभने डेक्लोफेनिक औषधी गाईवस्तुलाई दिएर आफूले एक कप चिया खाईसक्दा त्यो जनावरलाईपनि औषधीले सुधार गरिसक्छ ।

भारतले सन् २००६ मा जनावरमाथि डिक्लोफेनिक प्रयोग गर्न प्रतिबन्ध लगायो । भारतले प्रतिबन्ध लगाएपछि छिमेकी देशलेपनि त्यहि बाटो पछ्याए । डिक्लोफेनिक औषधीमाथि प्रतिबन्ध लगाउनु अघि एशियामा कुनै कुनै गिद्धको संख्यामा ९९ प्रतिशतसम्म घटेको थियो । औषधीमा प्रतिबन्ध लगाएको केहि वर्षमै संख्या स्थिर भयो । गिद्धको संख्या घट्नासाथ गाईवस्तुको सिनो धेरै समयसम्म रहँदा भुस्याहा कुकुरको संख्या बढ्यो । यस्ता कुकुरको संख्या बढेपछि रेबिजको सुई दिनुपर्ने मानिसको संख्या ह्वात्तै बढ्यो ।

डेक्लोफेनिकमाथि प्रतिबन्धले गिद्धमाथिको खतरा हटेकै भने छैन । एन्टि इन्फ्लामेटोरी ड्रग बेच्न पूर्ण प्रतिबन्ध लगाइेएको होइन । किनभने मानव स्वास्थ्यकालागि फार्मेसीहरुले डेक्लोफेनिक औषधी बेच्न कानुनी रुपमा खुला छ । मानव स्वास्थ्यकालागि मात्रै बेचिनुपर्ने औषधी खुद्रा रुपमा औषधी पसलेले बिस्तारै गाईवस्तुकालागि पनि बेच्न थालेका छन् । किनकि यो औषधी प्रभावकारि देखिएकोले पनि गुपचुप बिक्रि गर्न थालिएको हो । डेक्लोफेनिकलाई ‘एक कप चिया (कप अफ टी)’ भनेर चित्रित गरिन्छ । किनभने डेक्लोफेनिक औषधी गाईवस्तुलाई दिएर आफूले एक कप चिया खाई सक्दा त्यो जनावरलाईपनि औषधीले सुधार गरिसक्छ ।

कानुनी रुपमा बिक्रि गरिने अन्य औषधीलेपनि गिद्धलाई असर गर्छ । गाईवस्तुमा प्रयोग गरिने आसेक्लोफेन भन्ने औषधीलेपनि गाईवस्तुलाई छिटो काम गर्छ । केटोप्रोफेन भन्ने अर्को औषधी छ त्योपनि गिद्धको लागी विषाक्त छ । यसैको कारण बंगलादेशले फेब्रुअरी महिनामा “गिद्ध सुरक्षित क्षेत्र” लाई बचाउनको लागी यसको प्रयोगमाथि पूर्ण रूपमा प्रतिबन्ध लगायो । व्यापक रूपमा उपलब्ध र छिटो काम गर्ने निमेसुलिड अहिले लोकप्रिय हुँदै गएको छ । शोधकर्ताहरुले सबैभन्दा पहिले सन् २०१६ मा यो औषधिको बारेमा चिन्ता व्यक्त गरेका थिए । किनभने उनीहरुले यो धेरै मृत गिद्धहरुको तन्तुहरुमा पत्ता लगाएका थिए ।

निमेसुलिड प्रयोग गरिएको जनावरको मासु केप भल्चर भन्ने गिद्धलाई दिए । त्यो खाएको ३० घण्टा भित्र ति दुबै गिद्ध मरे । गिद्धको म्रिगौला र आहार टुक्रा पार्ने, जम्मा पार्ने र पिँध्ने अम्लले भरिएको अंग (गट) ले काम गर्न नसकेको वा गलेको देखियो ।

निमेसुलाईड विरुद्धको मुद्दा अब फेरि चर्किँदै छ । जून महिनामा भारतको सलीम अली सेन्टर फर ओर्निथोलोजी एण्ड नेचुरल हिस्ट्रीका इकोटोक्सिकोलोजिस्ट सुब्रमण्यम मुरलीधरनको नेतृत्वमा अनुसन्धानकर्ताहरुले ‘पर्यावरण विज्ञान र प्रदूषण अनुसन्धान’ मा भारतको गुजरात राज्यमा पाइने चारवटा मृत ह्वाईट रम्प्ड भल्चर भनिने गिद्धहरुको तन्तुहरुमा निमसुलाइड पाइएको रिपोर्ट गरेका थिए । तर अन्य औषधि वा कीटनाशक भने फेला पारेनन् । चराहरुको मिर्गौला फेल हुने र घट्ट अर्थात् दाना पचाउने अमिलो रसले भरिएको अंगलाई क्षती पुर्‍याउने तथ्य औंल्याए । “यो रातो झण्डा (खतराको संकेत) हो” अमेरिकाको ट्विन शहरस्थित जुलिया पोन्डर मिनेसोटा विश्वविद्यालयका एक पशु चिकित्सक भन्छन् ।

यो औषधीले गिद्धहरु कसरि मर्छन् भनेर पत्ता लगाउन परिक्षणनै गरियो । विश्वभरिका चरा संरक्षणकालागि काम गर्ने बेलायतस्थित संस्था रोयल सोसाईटी फर द प्रोटेक्सन अफ बर्ड्सका टोबी गालिगनले आफ्ना सहकर्मीहरुकासाथ दक्षिण अफ्रिकामा गाईवस्तुहरुलाई औषधिको सुई लगाइदिए । त्यसपछि ति जनावर काटे । त्यो जनावरको मासु एउटा गिद्धलाई खुवाए । उनीहरुले फेरि निमेसुलिड प्रयोग गरिएको जनावरको मासु केप भल्चर भन्ने गिद्धलाई दिए । त्यो खाएको ३० घण्टा भित्र ति दुबै गिद्ध मरे । गिद्धको म्रिगौला र आहार टुक्रा पार्ने, जम्मा पार्ने र पिँध्ने अम्लले भरिएको अंग (गट) ले काम गर्न नसकेको वा गलेको देखियो ।

त्यो खाएका अन्य दुई गिद्धलाई नियन्त्रणको रुपमा पानी खुवाउँदा ति स्वस्थ देखिए । तर परिक्षण गरिएका चरा फेरि प्राक्रितिक वासस्थानमै फर्किन भने अयोग्य, असक्षम देखिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक