बिहीबार, वैशाख १३, २०८१

कतारका उपप्रधानमन्त्री र राजपरिवारका सल्लाहकारद्वारा तालिबानसित वार्ता

नेपालप्लस संवाददाता २०७८ भदौ २८ गते १८:३४

फोटो साभार- सावाहाप्रेस डटकम

कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री र कतारका राजपरिवार (एमिर अफ कतार, राज्य प्रमुख) का सल्लाहकार सेईख मोहम्मद बिन अहमत अल मोस्नादले अफगानिस्तानमा तालिबानहरुसित वार्ता गरेका छन् । वार्ता हिजो आ इतवार काबुलमा भएको हो । गत १५ अगस्तमा तालिबानको कब्जापछि अफगानिस्तान भ्रमण गरेर तालिबानसित वार्ता गर्ने उनीहरु सबैभन्दा उच्च अधिकारी बनेका छन् ।

तालिबान प्रवक्ता सुहेल शाहीनले आफ्नो ट्विटरमा कतारका बिदेशमन्त्री तथा उपप्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र एमिर अफ कतारका सललहकारले नयाँ अफगान शासनका वरिष्ठ अधिकारीहरुसँग भेटेको उल्लेख गरेका छन् । तर उनले केके विषयमा कुराकानी भयो भन्ने विवरण खुलाइएका छैनन्।

तालिबान समूहले शेख मोहम्मदलाई नयाँ प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुण्डसँग भेटेको तस्बिर सार्वजनिक गरेको छ । पूर्व राष्ट्रपति हमिद कारजाईको साथमा उनको तस्वीरहरु सामाजिक सञ्जालमा फैलिएको छ ।

दोहामा परराष्ट्र मन्त्रालयले नयाँ अफगानिस्तान सरकारका साथै कारजाई र अपदस्थ सरकारका लागि पूर्व मुख्य शान्ति वार्ताकार अब्दुल्ला अब्दुल्लाहसँग भेट गरेको पुष्टि गरेको छ ।

शेख मोहम्मदले अफगानिस्तानका अधिकारीहरुलाई राष्ट्रिय मेलमिलापसहित सबै अफगान पक्षहरुलाई सरकारमा संलग्न गराउन आग्रह गरेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

वार्तापछि जारि गरिएको एक विज्ञप्तिमा “काबुल बिमानस्थलको संचालन, यात्रा र स्वतन्त्रताको सुनिश्चित गर्ने सम्बन्धमा पछिल्लो घटनाक्रमलाई समेटिएको छ” उल्लेख छ ।

एएफपीका अनुसार मन्त्रालयले भनेको छ “दुबै पक्षले आतंकवादी संगठनहरुसँग लड्नको लागी संयुक्त प्रयासको महत्वमा जोड दिनेछन्”।

कतारले लामो समयदेखि अफगानिस्तानमा मध्यस्थकर्ताको रूपमा काम गर्दै आएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको बेलापनि अमेरिका र तालिबान बिच वार्ताको मध्यस्थता गरिदिएको थियो । त्यसपछि राष्ट्रपति अशरफ घानी पदच्युत हुँदा र त्यसपछिपनि अफगान सरकारसँग मध्यस्थता गर्दै आएको छ ।

कतारले अफगानिस्तान छोडेर बाहिर जान लागेका हज्जारौं अफगानीहरुलाईपनि सहयोग गरिरहेको छ । किनकि उनीहरु अन्य राष्ट्रहरु जानु अघि बिभिन्न कागजात मिलाउने र विविध प्रक्रिया पुरा गर्ने क्रममा छन् ।

अफगानिस्तानबारे अघिल्ला लेख, समाचार

संयुक्त अरब इमिरेट्स र पाकिस्तानले अफगानिस्तानमा व्यावसायिक उडान सुचारु गर्ने

अफगानिस्तानबाट २०० अमेरिकीसहित अन्य बिदेशीलाई निस्कन दिन तालिवान सहमत

अमेरिकी सेना हटेलगत्तै अफगानिस्तानमा युरोपेली सेना राख्ने प्रस्ताव

अफगानिस्तानको पन्जशिरमा तालिबान र अफगान प्रतिरोधी लडाकूबिच भिडन्त

अफगानिस्तानमा मानवीय संकट आउने सहायता समूहहरुको चेतावनी

मेरो आदर्श अफगानिस्तान स्विजरल्याण्ड जस्तै देख्ने सपना

अफगानिस्तानबाट उद्दार गरिएका मध्ये एक तालिबानलाई फ्रान्समा जेल सजाय

‘टाढै रहनुमा सुरक्षा छ : राजदूत आचार्य’ अफगानिस्तानमा कति छन् नेपाली ? थाहा छैन

महिला अधिकार कमजोर भन्दै विश्व बैंकद्वारा अफगानिस्तानलाई दिँदै आएको सहायता स्थगित

अफगानिस्तानका सुरक्षाकर्मीहरुबीच गोली हानाहान

तालिबानको त्रासबाट भाग्न खोज्दा काबुल विमानस्थल नजिकै आधा दर्जन बढीको मृत्यु

अमेरिकाले अफगानिस्तानबाट ६० हजार नागरिक उद्दार गर्ने, बल्ल १७,००० बाहिरिए

तालिबानसितको वार्तासँगै अफगानिस्तानका पूर्व राष्ट्रपती कारजाईको पुनरागमन ?

बहु बन्दुकको चेपुवामा अफगानिस्तान : अफगानी भविष्य फेरी अँध्यारोतिरै ?

अफगान संकट- ‘ज्यान जोगाउन पनि पालोमा बस्नुपर्छ’

यि हुन् तालिबानका सर्बोच्च कमाण्डर

को हुन् अफगानिस्तानका संभावित राष्ट्रपती ?

तालिवानद्वारा अमेरिकी र नाटोका पूर्व कर्मचारीको घरघरै खोजि : जर्मनी र अमेरिकाद्वारा एक सातामा १२ हजारबढीको उद्दार

अफगानिस्तानका नेपालीलाई उद्दार गरिदिन बिदेशी दुतावाससित नेपालको आग्रह

अफगानिस्तानमा तिन मध्ये एक जनालाई खानाको अभाव

घानी देश फर्किन इच्क्षुक, तालिवानद्वारा अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट

शान्त छ अफगानिस्तानको राजधानी काबुल

तालिबानले अफगानिस्तानका महिलालाई शिक्षा र काम गर्ने दिने

तालिबानले ‘आममाफी’ घोषणा गर्दै महिलाहरुलाई सरकारमा सामेल हुन आग्रह

अफगानी सरकार र सेनाको हारबाट तालिवाननै चकित !

अफगानिस्तानबाट जर्मन सेनापनि फिर्ता

अफगानी सेनाले तालिबान लखेट्दा स्थानिय बासिन्दा गाउँ छोडेर भाग्दै

अफगानिस्तानको सैन्य अखडाबाट अमेरिकी सेना गुपचुप बाहिर

सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानको हेरात सहरस्थित संयुक्त राष्ट्र संघको भवनमा आक्रमण, प्रहरी गार्डको मृत्यु

अफगानिस्तानमा वालिकाहरुको स्कूलमा बम आक्रमण; ५० को मृत्यु, कम्तिमा १०० घाईते

काट्ने तालिबान र अफगानी सरकारबिच दोहामा शान्ति वार्ता

तपाइँको प्रतिक्रिया