शुक्रबार, वैशाख १४, २०८१

तालिबानको कब्जापछि यात्रुसहितको पहिलो विमान काबुलमा अवतरण

नेपालप्लस संवाददाता २०७८ भदौ २९ गते १८:५६

तालिबानहरुले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तान सरकारको ध्वजावाहक विमान केहि यात्रु लिएर आज सोमवार राजधानी काबुन ओर्लिएको छ । तालिबानहरुले अफगानिस्तान कब्जा गरेपछि यात्रुहरु लिएर अर्थात् ब्यवशायिक रुपमा पहिलो पटक पाकिस्तान एन्टरनेशल एयरको विमान काबुल ओर्लिएको हो ।

केहि यात्रुहरु लिएर काबुल ओर्लिएको पाकिस्तान एयरलाईनसको विमान केहिबेरपछि यात्रु ओारालेर पाकिस्तान फर्किएको छ ।

फ्रंस २४ न्युजका अनुसार तालिबानहरुले अफगानिस्तान कब्जा गरेपछि करिब एक लाख २० हजार मानिसहरुलाई उद्दार गरेर वा स्वेच्क्षिकरुपमा बाहिर लैजाने क्रममा काबुलको विमानस्थल क्षतिग्रस्त भएको थियो ।

इस्लामाबादबाट पाकिस्तान एन्टरनेशल एयर (पीआईए) उडानमा सवार भएका एएफपी समाचार एजेन्सीका एक पत्रकारले भनेका छन् “विमानमा मानिस एकदम कम थिए । लगभग १० जना थिए होला । सायद यात्रुहरु भन्दा धेरै स्टाफ थिए “।

विमानस्थलका कर्मचारीहरुका अनुसार काबुल ओर्लिएको केहि घण्टापछि करिब ७० जना यात्रु बोकेर विमान पाकिस्तानको राजधानी इस्लामावाद फर्किएको थियो।

इस्लामाबाद तिर गएका यात्रुहरु प्रायः अफगानिस्तानका थिए जसमा विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाको कर्मचारीहरुका आफन्त थिए ।

तपाइँको प्रतिक्रिया