शुक्रबार, चैत १६, २०८०

ट्रम्पद्वारा युद्ध सुरु गर्नसक्ने डरले अमेरिकाका उच्च सैनिकको गुप्त रुपमा चीनसित फोन वार्ता

नेपालप्लस संवाददाता२०७८ भदौ ३० गते १५:०६

अमेरिकाका उच्च सैनिक जनरलले ट्रम्पद्वारा युद्ध सुरु गर्नसक्ने डरले गुप्त रुपमा चीनसित फोन वार्ता गरेको अमेरिकामा हालै एक पुस्तकले दाबी गरेको छ ।

एपी न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अन्तिम हप्तामा गरेको कारबाहीबाट डराएर अमेरिकाका शीर्ष सैन्य अधिकारीले दुई पटक आफ्ना चिनियाँ समकक्षीलाई दुई राष्ट्रहरु युद्धमा नजाने भन्दै आश्वासन दिएको प्रकाशोन्मुख पुस्तकले खुलासा गरेको हो ।

संयुक्त चीफ अफ स्टाफ (ज्वाइन्ट चिफ अफ स्टाफ) का अध्यक्ष मार्क मिल्लीले चीनको पीपुल्स लिबरेशन आर्मीका जनरल ली जुओचेङ्गलाई अमेरिका आक्रमणमा नउत्रिने बताएका थिए । उनले एक पटक ३० अक्टोबर २०२० मा कुरा गरेका थिए । त्यो अमेरिकी चुनावको चार दिन पहिले थियो जुन चुनावले ट्रम्पलाई हरायो । उनले दोस्रो फोन ८ जनवरी २०२१ मा फोन गरेका थिए । अमेरिकी क्यापिटलमा विद्रोह भएको दुई दिनपछि भएको थियो ।

वाशिंगटन पोस्टका पत्रकार बब वुडवर्ड र रोबर्ट कोस्टाद्वारा लिखित पुस्तक ‘पेरील अनुसार मिल्लीलाई लीले यदि अमेरिकी हमला भएको स्थितिमा त्यसको मुकाबिला गर्ने चेतावनी दिएका थिए ।

पुस्तकका अनुसार “जनरल ली म तपाइँलाई आश्वस्त पार्न चाहन्छु कि अमेरिकी सरकार स्थिर छ र सबै ठिक हुन गइरहेको छ” मिल्लीले उनलाई पहिलो कलमा भने “हामी आक्रमण गर्न वा तपाइँहरुको बिरुद्ध कुनै सैन्य गतिबिधी, प्रहार संचालन गर्ने छैनौं ।”

“यदि आक्रमण हुने नै भयो भने म तपाईलाइ त्यस अघिनै फोन गर्ने छु । यो अचम्मको कुरो हुने छैन” मिल्लीले भने ।

एएफपीलाई प्राप्त उक्त पुस्तक अर्को हप्ता सार्वजनिक हुने कार्यक्रम रहेको हिजो वाशिटन पोस्टले उल्लेख गरेको हो ।

दोस्रो फोन जनवरी ६ का घटनाहरुको बारेमा चिनियाँ डरलाई शान्त पार्नको लागी थियो । तर पुस्तकले रिपोर्ट गरे अनुसार सैनिक उच्च अधिकारीले आश्वस्त पारेपनि ली सहजै आस्वश्य हुन सकेका थिएनन् । मिल्लीले उनलाई वाचा गरे “हामी १०० प्रतिशत स्थिर अवस्थामा छौं । सबै ठिक छ । तर प्रजातन्त्र कहिले काहिँ ढिलो हुन सक्छ । ”

मिल्लीको विश्वासमा राष्ट्रपतिमा चुनावपछि मानसिक गिरावट आएको थियो । उनीहरुको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जनवरी ८ मा गरेको फोन कलको भनाईमा समान बिचार थियो । सभामुखले त्यस्तो आक्रमणमा जान नहुने बिचार राखेकि थिईन् ।

पेलोसीले यसअघि ट्रम्पलाई सैन्य कारबाही गर्न वा परमाणु प्रक्षेपणको आदेश दिनबाट रोक्न उपलब्ध सावधानी अपनाउन मिल्ली सित कुरा गरेकी थिइन् ।

पुस्तकका अनुसार मिल्लीले एडमिरललाई यूएस इन्डो-प्यासिफिक कमाण्ड, एसिया र प्रशान्त क्षेत्रका लागि जिम्मेवार सैन्य एकाइलाई कल गरेर आगामी सैन्य अभ्यास स्थगित गर्न सिफारिस गरेका थिए । उनले वरिष्ठ अधिकारीहरुलाई यदि ट्रम्पले परमाणु हतियार प्रक्षेपण गर्ने आदेश दिए भने मिल्ली सहभागी हुनुपर्ने र सपथमा भाग लिनुपर्ने भनाई राखेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक