मंगलबार, वैशाख ११, २०८१

नवलपुर कांग्रेस : कांग्रेसलाई एक ढिक्का बनाएर लैजाने मदनभक्त अधिकारीको उद्घोष

नेपालप्लस संवाददाता / नवलपुर२०७८ भदौ ३० गते १५:३९

नेपाली कांग्रेसमा महाधिवेशनको रौनक बढिरहँदा केन्द्रमा मात्र नभएर जिल्लाको नेतृत्वकालागि स्थानिय नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । वडाहरुका धेरै अधिवेशन सकिएपनि जिल्ला अधिवेशनको भने बल्ल रौनक बढ्दैछ । धेरै जिल्लाहरु दर्जनौं गुट र उपगुटहरु सकृय छन । स्थानिय गुट त छँदैछन् केन्द्रिय गुटहरु पनि जिल्ला जिल्लासम्म तन्किएका छन् । यस्ता केन्द्रिय र स्थानिय तहका बिभिन्न गुट उपगुटले जेलिएको मध्ये नवलपुर जिल्ला पनि हो ।

यो जिल्ला नेपाली कांग्रेसकै ईतिहासमा सधैंभरी पकडमा रहन सफल पनि हो । त्यसैले यो जिल्ला प्रती नेपाली कांग्रेसको सरोकार अटुट रुपमा रहेको छ । खास गरेर पंचायत कालमा नेपाली कांग्रेसका माथिल्ला नेताहरुले यसलाई आफ्नो भूमिगत जीवन बिताउने थलो बनाएका थिए । कांग्रेसका धेरै निर्णय वा निर्देशनहरु बिराटनगर पछी यहिंबाट प्रवाह हुने गर्दथे । तर अहिले भने जिल्ला गुट उपगुटले आक्रान्त छ र यसलाई मेटाउने प्रयास केही स्थानिय तहका नेताहरुले गरिरहेका पनि छन् । अधिवेशनमा उम्मेद्वार बन्नेहरुले पनि गुट अन्त्यको विषयलाई आफ्ना एजेण्डामा पारेका छन् ।

त्यसो त, जिल्ला अधिवेशनका लागि सबै उम्मेदारी अझै भैसकेका छैनन् । तर जिल्ला अध्यक्षका लागि आफ्नो उम्मेद्बारी घोषणा गरेका यहाँका एक जना नेता मदनभक्त अधिकारीले आफ्नो पहिलो प्रथामिकता नै कांग्रेसलाई एक बनाएर लैजाने बताए । अधिकारीले दुई दिन अघि जिल्ला अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । जिल्ला अध्यक्षका लागि अन्य प्रत्याशीहरुको उम्मेदवारी अझैसम्म सुनिएको छैन । तर मदनभक्त अधिकारीले अरु जो जसको उम्मेद्बारी परेपनि आफ्नो विजय सुनिष्चित भएको बताए ।

लामो समय देखी नेपाली कांग्रेसमा सकृय रहेर काम गर्दै आएका अधिकारी नेपाली कांग्रेसका केन्द्रिय नेता स्व. सुर्यभक्त अधिकारीका छोरा हुन । उनी अहिले नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षका साथै महासमिती सदस्य र महासमिती प्रतिनिधि हुन ।

जिल्ला अध्यक्ष भइसकेपछी के छन त तपाईंका योजना ? नेपालप्लसको प्रश्नमा उनले भने- केन्द्रको कुरा नगरौं । हाम्रै जिल्लाको कुरा गर्दा पनि नेपाली कांग्रेस तीन तिर फर्केको छ । सबैभन्दा ठुलो काम भनेको यहाँँको कांग्रेसलाई एक ढिक्का बनाउनु छ । अब पनि हामीहरु मिलेर एक भएर हिंड्न सकेनौं भने नवलपुरले आफ्नो ईतिहास जोगाइराख्न सक्दैन।

स्व. सुर्यभक्त अधिकारीको छोरा भएका कारण पनि मदनभक्त अधिकारी प्रती स्वभाविक रुपमा धेरै अपेक्षा छन् । उनको अनुभवले गर्दापनि कार्यकर्ताका ति अपेक्षाहरु सम्बोधन हुन सक्छन् भन्ने अनुमान लगाउनेहरु धेरै छन् ।

विगत एक दशक यता नवलपुरमा नेपाली कांग्रेसको अवस्था बिग्रँदो छ । गैंडाकोट जस्तो कांग्रेसको पकड भएको ठाउँमा गत स्थानिय निर्वाचनमा हार भोग्नु परेको तितो यथार्थ कांग्रेससँग छ । अधीकारी भन्छन्- हामी एक हुने हो भने नवलपुरमा नेपाली कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन । तपाईंहरु ढुक्क हुनुस मेरो बुवा स्व. सुर्यभक्त अधीकारी र तिलक सापकोटाहरुले जोगाएको नवलपुर कांग्रेसको ईतिहास अब मैले सम्हाल्छु ।

त्यसो त जिल्ला सभापतिका लागि अन्य पक्षबाट पनि उम्मेद्बारी आउने निश्चित जस्तै छ । तर मदनभक्त अधीकारीले सबै पक्षलाई मिलाएर आफु अघी बढिरहेको बताउँछन ।

तपाइँको प्रतिक्रिया

फेसबुक