शनिबार, असोज २, २०७८

किन खुइलिँदै गयो एनआरएनए नेताहरुको साख ?

ददि सापकोटा२०७८ भदौ ३० गते १७:३६

एनआरएनए नेताहरु दाहिनेबाट क्रमश : देवमान हिराचन, जीवा लामिछाने, डा. उपेन्द्र महतो, भवन भट्ट र डा. शेष घले । फोटो साभार- एनआरएनए ग्लोबल मेडिया फेसबूक पेज

गैर आवाशिय नेपाली संघको निर्वाचनको सलबल चल्दै थियो । सन् २०१५-२०१७ का लागि । त्यहि मेसोमा दोहोरो नागरिकता, एनआरएनएको केन्द्रिय कार्यालय भवनको लफडा र अन्य विषयमा कुरोकानी गर्न संघका संस्थापक डा. उपेन्द्र महतो, जीवा लामिछाने लगायतका वरिष्ठ अभियन्ताहरुको भेट भयो, माओवादी नेता प्रचण्डसित । सामान्य भलाकुसारीपछि एनआरएनए नेताहरुले संस्थाको अभियानबारे सुनाए । ‘सबैलाई मिलाएर लैजाने गरेका छौं । समाबेशी बनाउने गरेका छौं ।’

यस्तै सामान्य कुरा हुँदाहुँदै प्रचण्ड फिस्स हाँस्दै भने ‘तपाईहरु समावेशी कुरा गर्नुहुन्छ । मिलाएर जाने कुरा गर्नुहुन्छ । कांग्रेस, एमाले, पन्चायतका मान्छे लामो समय सरकारमा बसेकाले तिनका आफन्त, नातागोता, कार्यकर्ताको संख्या बिदेशमा बढी छ । अनेक कोटा, भिसा र सुविधामा तिनका मान्छे बिदेश बढी पुगेका छन् । हाम्रो पार्टीका त मान्छे बहुत कम छन् । निर्वाचनमा हाम्रा मान्छेलाई जहिले हराउनुहुन्छ, हाम्रा त कोहिपनि एनआरएनएमा जानै दिनुहुन्न । कसरि मिलाएर जाने, कसरि समाबेशी हुने ?’

‘कुरो हो त नी’ भन्दै एनआरएनएका अब्बलहरुले प्रचण्डलाई सोधे ‘पठाउनुस् न त एक जना । तपाईहरुका तर्फबाट पनि कोहि न कसैलाई कतै समाबेश गरौंला ।’

त्यति भएपछि प्रचण्डले हाल एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीको नाम सिफारिस गरे । निर्वाचन लडेर जित्न सक्ने मत माओवादीको नहुँदानहुँदैपनि उनीहरुले डिबी क्षेत्रीलाई मध्यपूर्व संयोजकमा जिताउन सहयोग गरे । सन् २०१७-२०१९ को  कार्यकालमा निर्वाचन हुँदै गर्दा उनले सचिव बन्ने मौका जुर्‍यो । यतिबेला सम्मपनि समस्या खासै देखिएन । तर सन् २०१९-२०२१ का लागि भएको निर्वाचनमा तिनै डिबी क्षेत्रीले पहिले महासचिवमा उम्मेदवारी घोषणा गरे । पछि फेरि बार्गेनिङ गर्दै उपाध्यक्षको उम्मेदवारी दिए । अन्तिममा लेनदेनमा उम्मेदवारी झिक्ने काम भयो र प्रवक्तामा बसे । यहिंबाट एनआरएनएका धेरै बरिष्ठ अभियन्ताहरु झस्किए ‘ओहो राजनितिक सिफारिसमा कसैलाई एनआरएनएमा अगाडि बढाउँदा पछि संस्थामै अस्वस्थता बढ्ने, हलो अड्काउने काम हुँदो रहेछ ।’

हेर्दा हेर्दै एनआरएनएका अभियन्ताहरुको स्तर, अडान, छबी र साखनै गिर्दै गएको छ । एनआरएनएको १२ वर्षे अभियानमा जुन तह र स्तरका नेताले नेत्रित्व लिए त्यो तहको नेत्रित्वको खडेरी पर्दै गएको देखिन्छ । यो खडेरीमा संस्थागत फाईदा, प्रवाशी नेपालीको हित र नेपालको सम्पन्नताकालागि मलजल खन्याउनुपर्नेमा पार्टी, नेता, दलका ढोका र गुटका खम्बामा लगानी बढ्दै गएको छ ।

तर सन् २०१७-२०१९ मा के समस्या देखियो भने अध्यक्षका प्रत्याशी भवन भट्टले अलि खुलेरै राजनितिक भेटघाटलाई तिब्र बनाए । राजनितिक भेटघाट यस अघिपनि नभएका त होइनन्, हुन्थे । तर बाहिरै देखिने गरि छरपस्ट हुन थाल्यो । पहिलो पटक अध्यक्ष भैसकेका भट्टमा दोस्रो कालपनि अध्यक्ष हुने चाहना बढेको थियो । चर्चापनि थियो । जब दोस्रो पटक अध्यक्षको उम्मेदवारीको चर्चा चल्यो त्यसपछि सिंगापुरमा उपचार गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने टिकट काटे, सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३) बोइङ विमानको । राती १० बजे भट्ट र उनका साथमा रहेका पत्रकार शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपानेलाई अधिक मद्यपान गरिएको भन्दै सबै प्रक्रिया पूरा गरी विमानमा बसिसकेको अवस्थाबाट फर्काइयो । यद्दपी मद्यपानको आरोपलाई भने दुबैले अस्विकार गर्दै आएका छन् ।

हो यहिंबाट राजनिति अब विमान चढेर नेताका दैलादैलामा पुग्न थालेको खबर विश्वभरका एनआरएनमा पुग्यो । किनभने उनैको पार्टीका नेता, कार्यकर्ता, सरकारि अधिकारी जाँदा हुन् प्रधानमन्त्रीलाई सिंगापुर भेट्न, यदि आवस्यकता हुँदोहो भने । एनआरएनएका अध्यक्ष कुनै पार्टीका तर्फबाट प्रधानमन्त्री बनेकालाई किन बिदेशमै भेट्न जान्छ ? के आवस्यकता थियो ?

यस अघिका एनआरएनए अध्यक्ष कस्ता थिए ? संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो राजनिति र नेताको पछि लागेनन् । बरु नेताहरु उनको पछि लाग्थे । प्रचण्ड प्रधानमन्त्री हुँदा उनले युरोपेली भ्रमणमा डा. महतोलाईनै आर्थिक सल्लाहकारकारुपमा सँगसँगै युरोप हिँडाए । तर महतोले राजनितिक प्रभाव एनआरएनएमा घुसाउन दिएनन् ।

त्यसपछि जापानका ब्यापारी देवमान हिराचन आए । उनलाईपनि भेट्न नेताहरु खबर पठाइरहन्थे । झलक्क हेर्दा जापानी जस्ता लाटा देखिने तर मनका बाठा हिराचन काठमाडौं पुगेपछि नेताका दैला नचहारी फुत्तै उम्किएर अहिलेको गण्डकी प्रदेशतिर लागिहाल्थे ।

अहिलेको अवस्था कस्तो छ भने नेताहरु निर्धक्क भैसके- अब एनआरएनए हाम्रो कान्छी औंलामा आइसक्यो । हामी बिरामी परे विमानको टिकट काटेरै चाकरि गर्न आउँछन् । अब नचाउने हामीले हो । हाम्रो भोटलाई अब आफ्नो स्वार्थमा सटही गर्ने हो ।

आए जीवा लामिछाने । उनलाई झन बढि राजनितिक दबाब आउँथ्यो । कुमार पन्त र कुल आचार्य अध्यक्षको पदमा लड्ने बेला एक पटक कांग्रेसका केहि नेताले जीवा लामिछानेलाई घेरानै हालेर भने ‘तपाई कांग्रेसको मान्छे । कांग्रेस उम्मेदवारलाई जिताउन पर्‍यो ।’ उनले यसबेला ‘एनआरएनएमा राजनिति पस्न दिनुहुन्न । यसले पार्टी र देशलाईनै फाइदा हुन्न, एनआरएनएमा कसले नेता चुन्ने एनआरएन वालालेनै निर्णय गर्छन्, प्लिज मलाई दबाब नदिनुस्’ भन्दै उनी त्यहाँबाट फुत्किए ।

यिनै लामिछानेलाई पछि केपी ओलीको मन्त्रीमण्डलले आर्थिक सल्ल्लाहकारमा नियुक्त गर्‍यो । जन्मजात कांग्रेस हुन् भनेर बुझ्ने वामपन्थीहरुले जान्दाजान्दैपनि लामिछानेलाई आर्थिक सल्लाहकारमा त्योपनि कम्युनिस्ट सरकारले नियुक्त गर्नु कोहि अर्थविद नपाएर होइन । त्यो एनआरएनए र ब्यक्तिको साखले हो ।

डा. शेष घले अध्यक्ष भएपछि केहिले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निकट भएको आरोप त लगाउँछन् । तर उनले राजनितिक नेतालाई संस्थामाथिनै हस्तक्षेप गर्नेसम्मको ठाउँ दिएको कतै देखिन्न । किनभने यि डा. घलेपनि आफ्नो कामकालागि बाहेक खासै नेताहरुसित झुम्मिने स्वभावका थिएनन् ।

सन् २०१९-२०२१ को कार्यकालमा जब कुमार पन्त र कुल आचार्य अध्यक्ष पदमा भिडे तब राजनिति नेताको कोठा, दैला र पार्टीको कार्यालयबाट ओर्लिएर सडकमै पुग्यो । अध्यक्षका प्रत्याशी दुबैले सिधै राजनितिक भाषण त गरेनन् सायद । तर कांग्रेस र वामपन्थीको झण्डा र नारासहित अबिर घसेका दुई पक्ष सडकमै ओर्लिए । हाकाहाकी पार्टीका कार्यक्रम गरेर ‘हाम्रो पार्टीको फलानो’ भन्दै राजनितिक भेल सकेसम्म मच्चाईयो । यसले एनआरएनएलाई त दुषित बनायोनै, प्रवाशमा रहेका नेपालीहरुलाईनै लज्जाबोध बनायो । यहिंबाट प्रवाशी नेपालीहरुले भन्न थाले ‘अब यो संस्था प्रवाशी नेपालीको रहेन । पार्टी कार्यकर्ताको बन्यो । नेपालका नेता र पार्टीहरुको नाट्यशालामा बदलियो । यिनले हामी प्रवाशीको नामनै बेचे ।’

डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र डा. शेष घले अध्यक्ष हुँदा एनआरएनएका अभियन्ताहरु को कुन बिचारका हुन्, कुन राजनितिक आस्था बोकेका हुन् भन्ने अड्कल, अनुमान र लखसम्म काट्न त सकिन्थ्यो । तर पार्टीकै कार्यक्रममा उपस्थित भएको थाह हुन्थेन ।

अहिलेको अवस्था झनै फेरिएको छ । अध्यक्षको उम्मेदवारी तीन जनाले सार्वजनिक गरिसकेका छन्, डा. बद्रि केसी, कुल आचार्य र रबिना थापा । आफ्नो उम्मेदवारी घोषणा गरेलगत्तै डा. बद्रि केसीले माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेतृ (हाल नेकपा समाजवादी) रामकुमारी झाँक्रीसित भेटघाट गरेको तस्विरनै निसंकोच सार्वजनिक गरिदिए । भन्नलाई ‘बद्रि केसी एनआरएनएको उपाध्यक्ष भएकाले सरकार र पार्टी, सरकारका महत्वपूर्ण ब्यक्तिसित भेटघाट हुनु सामान्य हो’ भनिएपनि यो सामान्य थिएन, होइन । किनभने उपाध्यक्षमा पदासिन उनले एनआरएनएको निर्णय अनुसार सरकारी तहको कुनै काम भए संस्थाकै तर्फबाट भेटघाट गर्नुपर्थ्यो । त्यसको एजेण्डा सार्वजनिक गर्नुपर्थ्यो, अग्रिम रुपमै । र एनआरएनका अन्य पदाधिकारीपनि त सामेल हुनुपर्थ्यो । त्यसैले उम्मेदवारी घोषणा गरिसकेपछिको यो भेट नितान्त चुनावकालागि राजनितिक थियो ।

कुल आचार्यकालागि त नेपाली कांग्रेसका बिदेश विभाग प्रमुख पुर्ण बहादुर खड्काले पार्टीको आधिकारिक सर्कुलरनै जारि गरिसकेका छन्, कांग्रेस उम्मेदवारलाई जिताउन सबै नेपाली जनसम्पर्क समितिलाई निर्देशन दिँदै । गोप्यरुपमा पहिले यस्ता सर्कुलर अन्य पार्टीका आएका हुन् तर यस्तरि खुलेर आउने गरेका थिएनन् ।

हाललाई अनौपचारिक रुपमै आएपनि अध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेकि रबिना थापाको पार्टीगत भेटघाट भने खुल्नेगरि देखिएको छैन । यद्दपी उनका पक्षका केहि स्थानिय नेता पार्टी कार्यालय धाएको अपुस्ट खबरभने बाहिरिएका छन् ।

डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र डा. शेष घले अध्यक्ष हुँदा एनआरएनएका अभियन्ताहरु को कुन बिचारका हुन्, कुन राजनितिक आस्था बोकेका हुन् भन्ने अड्कल, अनुमान र लखसम्म काट्न त सकिन्थ्यो । तर पार्टीकै कार्यक्रममा उपस्थित भएको थाह हुन्थेन । पार्टीका जनवर्गिय संगठनका कार्यक्रममा भाग लिएकोपनि सुनिँदैनथ्यो । त्यसको कारण केपनि हो भने यिनमा ब्यक्तित्व थियो । अडान थियो । ब्यवशायिक चर्चा र प्रसिद्दिपनि थियो । समाजलाई केलाउन सक्ने शैक्षिक स्तर र लामो समयको साख थियो । प्रवाशको नेपाली समुदायमा यिप्रति एक खालको आकर्षणपनि थियो । यि अडानमा बस्ने मानिस हुन् र यिनलाई दलाउन, गलाउन, होच्याउन र जिहजुर गर्ने बनाउन सकिन्न भन्ने थियो । त्यसैले यिनका पछि नेता खोज्दै लाग्थे ।

यस अघिका एनआरएनए अध्यक्ष कस्ता थिए ? संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो राजनिति र नेताको पछि लागेनन् । बरु नेताहरु उनको पछि लाग्थे । प्रचण्ड प्रधानमन्त्री हुँदा उनले युरोपेली भ्रमणमा डा. महतोलाईनै आर्थिक सल्लाहकारकारुपमा सँगसँगै युरोप हिँडाए । तर महतोले राजनितिक प्रभाव एनआरएनएमा घुसाउन दिएनन् ।

अहिलेको अवस्था कस्तो छ भने नेताहरु निर्धक्क भैसके- अब एनआरएनए हाम्रो कान्छी औंलामा आइसक्यो । हामी बिरामी परे विमानको टिकट काटेरै चाकरि गर्न आउँछन् । अब नचाउने हामीले हो । हाम्रो भोटलाई अब आफ्नो स्वार्थमा सटही गर्ने हो । अर्थात् एनआरएनएका नेताले अब हाम्रोमा घण्टि बजाउँदै भेट माग्नुपर्छ ।

माथि चर्चा भएका चार अध्यक्षहरु उठ्दा सबैलाई सबै खाले बिचार, समुह र खासमा प्रवाशी नेपाली (एनआरएन) ले मत दिए । प्रवाशी नेपाली र नेपालको हित गर्छन् भन्ने विश्वासले । तर अहिलेको अवस्था फरक भएको छ ‘फलानो हाम्रो पार्टीको’ । अहिलेका उम्मेदवारहरु हेर्दा मानिसहरुले फटाफट भनिरहेका छन् -कुल आचार्य कांग्रेसका उम्मेदवार, बद्रि केसी वामपन्थीका उम्मेदवार । मध्यपूर्वबाट डिबी क्षेत्रीलाई आधिकारिक बनाउने कि आर के शर्मालाई वा बेल्जियमका लोक दहाललाई उम्मेदवार बनाउने अब नेकपा माओवादीले निर्णय गर्छ । नेकपा एमाले, नेकपा समाजवादीको हालत उस्तै छ । सहजै भन्न सकिन्छ ‘कुन उम्मेदवार कुन पार्टीको हो ।’

यसरि हेर्दा हेर्दै एनआरएनएका अभियन्ताहरुको स्तर, अडान, छबी र साखनै गिर्दै गएको छ । एनआरएनएको १२ वर्षे अभियानमा जुन तह र स्तरका नेताले नेत्रित्व लिए त्यो तहको नेत्रित्वको खडेरी पर्दै गएको देखिन्छ । यो खडेरीमा संस्थागत फाईदा, प्रवाशी नेपालीको हित र नेपालको सम्पन्नताकालागि मलजल खन्याउनुपर्नेमा पार्टी, नेता, दलका ढोका र गुटका खम्बामा लगानी बढ्दै गएको छ । एनआरएनएको साख घसार्दै लगेर पार्टी कार्यालय, नेताका दैला र राजनितिक झण्डका छायाँमा पुर्‍याइएको छ । यसले एनआरएनएको साख १२ वर्ष अघिको कल्पनासिल स्वाद मात्रै चखाउँछ वास्तविक स्वाद दिइरहेको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक