शनिबार, वैशाख ८, २०८१

स्विजरल्याण्डले भाङको बिक्रि शुरु गर्ने

नेपालप्लस संवाददाता२०७८ भदौ ३० गते २२:२९

स्विजरल्याण्डको सबैभन्दा ठूलो शहर जुरिचले अर्को वर्षबाट भाङको उत्पादनहरुलाई खुला गर्ने भएको छ ।

मानिसहरुले फार्मेसी र सामाजिक क्लबहरुबाट भाङका उत्पादनहरु खरिद गर्न सक्ने छन् । भाङको खरिदबिक्रि गैरकानुनीरुपमा ब्यापक भएपछि त्यसलाई नियन्त्रण गर्न खरिदबिक्रिको अनुमति दिन लागेको हो ।

साँढे तीन वर्षको पायलट योजना अनुसार गत वर्ष संसदले कानूनमा परिवर्तन गर्दै अनुमोदित गरेपछि भाङको ब्यापार परिक्षणकारुपमा नियन्त्रित तरिकाले खुला गर्न लागिएको हो ।

यो परिक्षणकाल सफल भएमा यसले शहरहरुलाई भाङको बजारको प्रभाव औषधि र मनोरञ्जनको उपयोगमा वैज्ञानिक अध्ययन सञ्चालन गर्न अनुमति दिने अधिकारीहरुले बताएका छन् ।

‘जुरी क्यान’ नाम राखिएको भाङ नियन्त्रित र जिम्मेवारपूर्ण तरिकाले सन् २०२२ को शरद ऋतुबाट बिक्रिको अनुमति खुला भएसँगै यसको गम्भिर अध्ययनसमेत शुरु गरिने छ । बिक्रिसँगै भाङका बिभिन्न उत्पादनहरु उपलब्ध गराउने छन् ।

भाङमा पाइने बिभिन्न तत्व मध्ये हाल कानाबिडिओल (सिबिडी) र टेट्रहाईड्रोकानाबिनोल (टि एच सी) भन्ने तत्व भएका भाङका फरक फरक उत्पादनलाई बजारमा लगिने छ ।

स्थानीय निर्माताहरुले सार्वजनिक स्वास्थ्य सेवाको संघीय कार्यालयबाट उत्पादन अनुमति, गुणस्तरीय मापदण्ड सुनिश्चित गर्नुपर्ने छ । भाङको उत्पादनहरु उपभोक्ताहरुको स्वास्थ्य, सार्वजनिक सुरक्षा र नावालिगहरुको सुरक्षालाई ध्यान दिएर सीमित गरिने छ ।

यसको परीक्षणलाई जुरिच विश्वविद्यालयको मनोरोग अस्पतालद्वारा पर्यवेक्षण गरिनेछ ।

स्विस इन्फो डट सिएचका अनुसार स्विस जनसंख्याको एक तिहाईले कुनै समय भाङ धुमपान गर्ने गरेको स्वीकार गरेको छ । करिब दुई लाख मानिसले भाङ नियमित धुमपान गर्ने गरेका छन् ।

सन् २००८ मा स्विस मतदाताहरुको लगभग दुई तिहाईले व्यक्तिगत उपभोगको लागी भाङ सेवन गर्न दिन नहुने भन्दै मतदान गरेका थिए ।

भाङ संवन्धि अघिल्ला रिपोर्ट

गाँजा भाङलाई वैधानिक गराउन फ्रान्सेली नेताहरु कसरतमा

भाङको चमत्कार : इन्धन कम खाने, कार्बनडाईअक्साईड घटाउने

तपाइँको प्रतिक्रिया

फेसबुक